तरुण खबर
१७ श्रावण २०७८, आईतवार १०:२०
काठमाडौं । अमेरिककामा पछिल्लो २४ घण्टा (३१, जुलाई) मा ५ लाख ९१० जनाको नमुना परीक्षण गर्दा ५० हजार ६५२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ३०, जुलाईमा १० लाख ८० हजार ५६३ जनाको नमुना परीक्षण गर्दा १ लाख १ हजार ९८ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (३१, जुलाई) मा कोरोना भाइरसको संक्रमणबाट २४० जनाको मृत्यु भएको छ । ३०, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट ४२९ जनाको मृत्यु भएको थियो ।
अमेरिकामा साउन १७ गते आइतबार बिहान ७.३० बजेसम्ममा ३ करोड ५७ लाख ४३ हजार ७७८ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये आइतबार बिहान ७.३० बजेसम्ममा २ करोड ९६ लाख ६६ हजार ११७ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार साउन १७ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५४ लाख ४८ हजार ३४७ जना छन् ।
नेपाली समय अनुसार साउन १७ गते आइतबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ५२ करोड ९६ लाख ७९ हजार ८२० जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १९ करोड ८२ लाख ३० हजार ५३९ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब १९ करोड ८२ लाख ३० हजार ५३९ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट साउन १७ गते आइतबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख २९ हजार ३१४ जनाको मृत्यु भैसकेको छ ।
साउन १७ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १९ करोड ८५ लाख २ हजार १०६ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ लाख ३२ हजार २९० जना छन् ।


