भिडियोसहित व्यक्तित्व प्रतियोगिता हुने

भिडियोसहित व्यक्तित्व प्रतियोगिता हुने तरुण खबर १८ श्रावण २०७८, सोमबार ०९:१६
भिडियोसहित व्यक्तित्व प्रतियोगिता हुने

काठमाडौं । २०७८, साउन २२ गतेदेखी २७ गतेसम्म अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा लियो क्लब अफ काठमाडौं र लायन्स क्लब अफ काठमाडौं न्यू सिटिको संयुक्त आयोजना तथा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्, रोटर्याक्ट क्लब अफ पशुपती नेपाल ल क्याम्पसको सह–आयोजना, लियो जिल्ला परिषद् ए–१, ए–२, बी–२ र थट फर फुडको सहयोग, लायन्स क्लब अफ काठमाडौं न्यू स्मार्ट सिटि र लायन्स क्लब अफ काठमाडौं हाम्रो कोटेश्वर सिटिको संयुक्त सहकार्यमा राष्ट्रव्यापी भर्चुअल वक्तित्वकला प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगिताको लागि प्रतियोगीले साउन २१ गते बेलुका १२ बजेसम्ममा नाम दर्ता गराउन आह्व गरेको छ । उत्कृष्ट पाँच प्रतियोगीलाई नगद, तथा प्रमाणपत्र एवं अन्य थुप्रै आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताका बिभिन्न चार चरणमा बाडिएको छ, जसमा शुरुको छनौट चरण पार गरेपछी प्रतियोगी इन्टरमिडिएट चरणमा प्रवेश गर्नेछन् । त्यसपछि मात्र सेमिफाइनल हुनेछ । प्रतियोगितामा भाग लिनका लागि प्रतियोगीले ३ मिनेटको भिडियो आयोजकले तोकेको विषयमा नेपाली या अङ्ग्रेजी कुनै पनि भाषामा भिडियो बनाएर आयोजकलाई पठाउनुपर्नेछ ।

यस प्रतियोगिताको प्रायोजकमा गौतम इन्टरनेशनल म्यानपावर सर्भिसेज प्रा.लि., ट्रेनिङ पार्टनर सक्सेस सोसाइटी इन्टरनेसनल, हस्पिटालिटी पार्टनर होटल याम्बु, डिजिटल पार्टनर द कृयटोपेडिया, नलेज पार्टनर इडियु संजाल डट कम, कम्युनिटि पार्टनरमा सेयरिङ अपर्चुनिटी, गृन रेन्जर्स अर्थ, कबड्डी डट कम र मिराइ ग्लोबल एजुकेसन एन्ड भिसा सर्भिसेज नेपाल रहेका छन् ।