इरजरायलले प्यास्टिनीमाथि गरेझै इरानमाथि हमला गर्ला ?

इरजरायलले प्यास्टिनीमाथि गरेझै इरानमाथि हमला गर्ला ? तरुण खबर १८ श्रावण २०७८, सोमबार ०९:२७
इरजरायलले प्यास्टिनीमाथि गरेझै इरानमाथि हमला गर्ला ?

काठमाडौं । इजरायली ट्याङ्करमा भएको हमलामा इरानको हात रहेको विश्वास गरेका बेलायत र अमेरिकाले बताएका छन् । बेलायत र अमेरिकाले ओमानी तटमा रहेको इजरेलद्वारा सञ्चालित एउटा तेल ट्याङ्करमा दुईजनाको ज्यन जानेगरी भएको हमलामा इरानको हात रहेको आफूहरूलाई विश्वास लागेको बताएका हुन् । इजरायलले प्यालेष्टिनी जनतामाथि जसरी हमला गरेको थियो, त्यसरी नै इरानमाथि जाइलाग्ला कि नलाग्ला भन्ने विश्वका लागि प्रतिक्षाको विषय बनेको छ । इरानमाथि जाई लाग्नु भनेको कुनै कुनै रुपमा चीनलाई युद्धमा तान्नु हो भन्ने बुझेको छ विश्वले ।

उनीहरूले घटना अन्तर्राष्ट्रिय कानुन विपरीत भएको भन्दै त्यसको जवाफ दिइने बताएका छन् । इरानले भने उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । इजरेलको स्वामित्वको कम्पनीले सञ्चालन गरिरहेको एमभी मर्सर स्ट्रिट नामक उक्त ट्याङ्करमा बिहीवार ओमानी तटमा आक्रमण भएको थियो । त्यसक्रममा एकजना ब्रिटिश र एकजना रुमेनियाली नागरिक मारिएका थिए । इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले उक्त घटनामा आफ्नो चिरकालीन शत्रु इरानको हात रहेको “प्रमाण“ रहेको बताएपछि अमेरिका र बेलयतको यस्तो वक्तव्य आएको हो । बेनेटले चेतावनी दिँदै हामीलाई थाहा छ इरानलाई कसरी हाम्रै हिसाबले सन्देश पठाउनुपर्छ– उनले भनेका छन् ।

इरानले इजरायली ट्याङ्करमाथि हमला गरेको बेलाय र अमेरिकाको विश्वास

तेहरानले चाहिँ “आधारहीन आरोप“ भन्दै उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ । उक्त ट्याङ्करमा भएको हमला इजरायल र इरानबीचको अघोषित छद्म युद्धको पछिल्लो तनाव बढाउने घटनाका रूपमा देखापरेको छ । गत मार्चदेखि इजरायल र इरानद्वारा सञ्चालित कैयौँ पानी जहाजहरूमा आक्रमण भएका छन् । ती घटनाहरूलाई एक अर्काले जस्ताको त्यस्तै जवाफ दिने उद्देश्यले गरेको जस्तो देखिन्छ । तर मानिसहरूको ज्यान भने कमै गएको देखिएको छ । इरानले पनि इजरेलले आफ्नो परमाणु केन्द्र र आफ्ना वैज्ञानिकलाई निसाना बनाएको आरोप लगाउँदै आएको छ ।

एउटा वक्तव्यमा ब्रिटेनका विदेशमन्त्री डोमिनिक राबले इरानले उक्त ट्याङ्करमा आक्रमण गर्न एउटा वा त्यसभन्दा बढी ड्रोनको प्रयोग गरेको हुनसक्ने लन्डनको विश्वास रहेको बताएका छन् । उनले त्यसलाई नियोजित, निसानामा पारेर गरिएको र एउटा स्पष्ट रूपमा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेका छन् । इरानले त्यस्ता आक्रमण अन्त्य गर्नैपर्छ र पानी जहाजहरूलाई स्वतन्त्र रूपमा आवतजावत गर्न दिनुपर्छ– उनले भनेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले वासिङ्टन पनि इरानले उक्त घटना गराएकोमा विश्वस्त रहेको बताएका छन् ।

उनले त्यसको “उचित जवाफ दिइने“ बताएका विभिन्न सञ्चार माध्यम उल्लेख गरेका छन् । इरानले भने सबै आरोपहरूलाई अस्वीकार गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ताले इजरायलले असुरक्षा, आतङ्क र हिंसा सिर्जना गरेको बताए । उनले भने, इजरेलले यस्ता आधारहीन आरोपहरूलाई रोक्नैपर्छ ।