तरुण खबर
१९ श्रावण २०७८, मंगलवार ०९:११
साउदी अरब । गैरआवासिय नेपाली संघ साउदी अरबको राष्ट्रिय समन्वय परिषदको आठौँ महाधिबेशनमा चरम् धाधली भएको उम्मेद्वारले आरोप लगाएका छन् । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबले आफ्नै विधान र जारी निर्देशिका एवं समय तालिका समेतको उल्लंघन गरेको आरोप उम्मेदवारले लगाएका हुन ।
विधान विपरित कार्यसमितिले अधिवेशन प्रतिनिधिहरु छनौट गरेको, निर्वाचनको तालिका विपरित निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेको, निर्बाचन कार्य तालिका तथा आचार संहिता अनुरुप बुंदा नम्बर ४ अनुसार मतदाताहरुको अन्तिम सूची प्रकाशन गर्ने मिति ९ जुलाई तोकिएको तर निर्बाचन समितिले २६ जुलाईमा मात्र सूची सार्बजनिक गरेकोआरोप लगाएका छन् । त्यसैगरी विधानको धारा १४ को उपधारा ३ मा प्रत्येक २० जना पञ्जीकृत सदस्य बराबर १ जनाको अनुपातमा महाधिबेशन प्रतिनिधि चयन गरिने भएपनि सो वमोजिम नभएको उल्लेख छ ।
निर्वाचन समितिले जारी गरेको सूचनाको खण्ड क वमोजिम एनसिसि र आईसिसिका पूर्व पदाधिकारीहरुको नामावली प्रकाशन नगरेको, संस्थामा महत्वपूर्ण योगदान गरेका आग्रजहरु प्रतिनिधिको रुपमा चयन नगरी दुई महिना अघि बनेका सदस्यहरुलाई मनोमानी ढंगले प्रतिनिधिमा राखेर अग्रजहरुको भावनामा खेलवाड गरेकोभनि श्रेष्ठले संस्थाको निर्वाचनमा असन्तुष्टी पोखेका थिए ।
एनसीसी र मातहतका समितिहरूको समेत निर्वाचनमा गम्भीर अनियमितता भएको जनाएका छन् । २०२१–२०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी प्रस्तुत गरेका रोशन श्रेष्ठले जानकारी दिए अनुसार गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको निर्वाचन समितिका संयोजक जोन अर्याल, सदस्य नारायण पासवान र रमेश भण्डारी रहेको समितिबाट भएका सबै अनियमितताहरूको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न गराउन जोडदार माग गरिएको जानकारी उनले दिएका छन् ।
नेपाली काँग्रेसको भातृसंगठन जनसम्पर्क समिति र संघिय लोकतान्त्रिक राष्ट्रिय मंचको भातृसंगठन संघिय लिम्बुवान सामाजिक मञ्च साउदीले समेत प्रेश बिज्ञप्ती प्रकाशित गरी निर्वाचनमा अनियमितता भएको तर्फ ध्यानाकर्षण गराएको छन् । निर्वाचन समिति, संघको राष्ट्रिय समन्वय परिषद साउदी अरब र गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितीलाई जानकारी गराउदा समेत सुनवाइ नभएको साउदी अरबबाट लिम्बुवान सामाजिक मञ्च सल्लाहाकार श्रीलिम्बुले जानकारी दिएका छन् ।
अध्यक्षको उमेदवार रहेका रोशन श्रेष्ठले आफुले पटक पटक निर्वाचन समिती र राष्ट्रिय समन्वय समितीलाई ध्यानाकर्षण गराउदा समेत सुन्वाइ नभएकोप्रति दुःख व्यक्त गरेका छन् । उनले आपूm विगत ८ वर्षदेखि निरन्तर सकृय भई कार्यसमितिमा उपाध्यक्ष र आठौं अधिवेशनको अध्यक्षको प्रत्यासी रहेको र एनआरएनए एनसीसी साउदी अरेबियाको आठौं महाधिवेशनमा अध्यक्षको प्रत्यासी भएको हैसियतले स्वतन्त्र निर्वाचन गराउन अग्रह गरेको बताएका छन् । उनले भनेका छन्– उम्मेद्वार भएको हैसियतले आफुले निर्वाचन समिति, वर्तमान कार्यसमितिका अध्यक्ष, आईसिसिका वहालवाला अग्रज पदाधिकारीहरुको समेत ध्यानाकर्षण गराउनु कर्तव्य ठानेको छु ।
उनले संस्थाका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष बद्री केसी, संस्थाका प्रबक्ता लगायतलाई यस बिषयमा पत्र पठाउदा समेत कुनै किसिमको सुनवाई नभएको भन्दै उनले माथि देखिकै सेटिङ्गमा निर्वाचनमा चरम धाधली भएको आरोप लगाएका छन् । गैर आवासिय नेपालीहरुको छातासंगठनको रुपमा रहेर विश्वभरका नेपालीहरुको सारथी बन्दै गरेको एनआरएनए संस्थाले यसरी दम्भ र घमण्डले निर्वाचन गर्नुले संस्थाप्रति आम नेपालीमा बितृष्णा पैदाहुने उनको ठहर छ ।


