ऐना हेरी हेरी म्युजिक भिडियो सार्वजनिक

ऐना हेरी हेरी म्युजिक भिडियो सार्वजनिक तरुण खबर १९ श्रावण २०७८, मंगलवार ०९:२५
ऐना हेरी हेरी म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । ‘ऐना हेरी हेरी’ गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा पुष्पन प्रधान र एलिना चौहानको युगल गायन रहेको छ । भीम बिसीले संगीतवद्द गरेको यस गीतमा पत्रकार शिवराज योगीको शब्द रहेको छ । विश्व अधिकारीको गीतमा संगीत संयोजन रहेको छ । वियोगान्त कथामा तयार पारिएको यस गीतको म्युजिक भिडियोमा नजिकिदै गएको तिज र कोरोनाको प्रकोपबीच रहेको अप्ठ्यारो अवस्थालाई झल्काइएको छ ।

भिडियोमा आकाश कार्की र अनु काफ्लेलाई फिचर्ड गरिएको छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा सुवोल थापाको कोरियोग्राफी छ । भिडियोको सम्पादन प्रविण भट्टले गरेका हुन् । सविता अधिकारी निर्मात्री रहेको यस भिडियोलाई गम्भिर विष्टको निर्देशनमा तयार पारिएको हो। निर्मात्री अधिकारी खेलाडी र मोडल समेत हुन् । हाल जापानमा रहेकी निर्मात्री अधिकारीले आफ्नो पहिलो प्रोजेक्टलाई हेरेर प्रतिक्रिया दिन सबै दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेकी छिन् ।