निधिले मागे दोरो-याएर देउवाको समर्थन

निधिले मागे दोरो-याएर देउवाको समर्थन तरुण खबर २० श्रावण २०७८, बुधबार ०९:०६
निधिले मागे दोरो-याएर देउवाको समर्थन

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिमा अपूmलाई समर्थन गर्न उपसभापति विमलेन्द्र निधिले पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन् । उनले भनेका छन्– मैले पहिले पनि भनेको छु, अहिले पनि भन्छु, सभापतिमा मैले तयारी अघि बढाएको छु, मलाई समर्थन गरिदिनुस् । चाँडै सम्पर्क कार्यालय पनि खोल्दै छु । त्यसमा तपाईं पनि आइदिनुस्,’ निधिले सभापति देउवासँग आग्रह गरेका छन् । जवाफमा देउवाले आफूलाई अन्तिमपटक सहयोग गर्न आग्रह गरेका थिए । देउवाले भनेका थिए– तपाईं उठ्ने होइन, म उठ्छु । यो मेरो अन्तिमपटक हो । यसपटक तपाईंले मलाई अन्तिमपटक सहयोग गर्नुस् । त्यसपछि १५औँ महाधिवेशनमा तपाईं नै सभापतिको उम्मेदवार हो– देउवाले भनेका थिए ।

उपसभापति निधि मंगलबार अन्य पार्टीबाट आएका सर्लाहीका कार्यकर्ताको समायोजनाका सन्दर्भमा कुरा गर्न गएका थिए । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिको संयोजनामा बनेको समायोजन समितिले सर्लाहीका अन्य पार्टीबाट भित्रिएकालाई सदस्य दिने प्रतिबद्धता जनाए पनि दिन सकिरहेका छैनन् । रामचन्द्र पौडेल समूहले असहमति जनाएकाले यो विवाद मिल्न सकिरहेको छैन स्रोतले भन्यो । नेपाली काँग्रेसका सभापति शेरबहदुर देउवा, उपसभापति निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरुमा अर्जुन नरसिंह केसी, गगन थापालगायतका नेताहरुले सर्लाहीका विभिन्न सभाहरुमा पुगेर क्रियाशील सदस्यता दिने प्रतिबद्धता जनाएको थिए, मञ्चमै अन्य पार्टीबाट काँग्रेस भित्रिएकाहरुलाई साधारण सदस्यता दिएका पनि थिए ।

तर पौडेल समूहका केन्द्रीय सदस्य दीपक गिरी र दिलेन्द्रप्रसाद बडुले एक जनालाई पनि सदस्ता दिन नहुँने अडान लिएपछि प्रतिबद्धताले काम गर्न सकिरहेको छैन । समायोज समितिको हिजो अस्ति सोमबार बस्ने भनिएको बैठक स्थगित गरिएको थियो । अर्को बैठक बस्न सकिरहेको छैन ।

यसअघि पहिलो पटक २०७७ साउन अन्तिमा साता पार्टी उपसभापति निधिले सभापति देउवासँग आपूmलाई पार्टी सभापतिमा सघाई दिन आग्रह गरेका थिए ।