स्थापनाको ७५ वर्षपछि काँग्रेसको वैधानिकतामाथि प्रश्न ?

स्थापनाको ७५ वर्षपछि काँग्रेसको वैधानिकतामाथि प्रश्न ? तरुण खबर २२ श्रावण २०७८, शुक्रबार ०९:१२
स्थापनाको ७५ वर्षपछि काँग्रेसको वैधानिकतामाथि प्रश्न ?

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशन नहुने निश्चितप्रायः भएको छ । १४औं महाधिवेशन हुने–नहुनेबीचमै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको वैधानिकतामाथि प्रश्न उठाएका छन् । आगामी भदौ २३ गतेसम्म पनि १४औँ महाधिवेशन गर्न नसके अहिलेको केन्द्रीय समितिको वैधानिकता समाप्त हुने बताएका हुन् । पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको पौडेल समूहको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पौडेलले यस्तो बताएका हुन् । २००३ साल माघमा स्थापना भएको नेपाली काँग्रेसको ७५ वर्ष वैधानिकताको प्रश्न उठाइएको छ ।

पौडेलले भनेका छन्– अहिले नै हुँदैन भन्न मिल्दैन, ट्राइ त गर्नु प¥यो नि । निर्वाचन समितिले प्रक्रिया छोट्याएर पनि गर्न सक्छ । पौडेलले सञ्चारकर्मीसँग भने– मुख्य कुरा क्रियाशीलको विवाद हो अहिलेसम्म टुंगिन सक्या छैन । अहिले हाम्रो तहमा आएको छ । सभापति प्रधानमन्त्री हुनुहुन्छ । एकछिन मिटिङ बसेपछि जानुपर्ने हुन्छ पौडेलले भनेका थिए– विशेष महाधिवेशन त कुनै उपाय नभएपछि भन्या हो । भदौ २३ सम्म नयाँ कार्यसमिति आएन् भने यसको वैधानिकता सकिन्छ, पार्टीको वैधानिकता नै सकिन्छ ।

उनले महाधिवेशन कार्यतालिका छिटो सार्वजनिक गर्न पनि नेतृत्वलाई दबाब दिने विषयमा छलफल भएको पनि बताए । नेपालको संविधानमा दल दर्ता खारेजीको कुनै प्रावधान नै छैन । यो वैधानिकताको कुराभन्दा पनि सभापति र केन्द्रीय समितिको नैतिकताको प्रश्न हो निर्वाचन समितिका पूर्व संयोजक राधेश्याम अधिकारी भनाई सार्वजनिक भएको छ ।

नेपालको संविधानमा दल दर्ता खारेजीको कुनै प्रावधान नै छैन । यो वैधानिकताको कुराभन्दा पनि सभापति र केन्द्रीय समितिको नैतिकताको प्रश्न हो निर्वाचन समितिका पूर्व संयोजक एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी भनाई सार्वजनिक भएको छ ।

वरिष्ठ नेता पौडेलको चेतावनीपछि संस्थापन पक्ष केही डराएको छ । संस्थापन पक्ष निकट एक केन्द्रीय सदस्यले भने– केन्द्रीय समितिको बैठकमै समस्य आउँने देखियो । यस्तै, नेपाली कांग्रेसको १४औं महाधिवेशन सुनिश्चित गर्न ४२ जना युवा नेताहरूले ध्यानाकर्षण पत्र बुझाएका छन् । नेता रञ्जित कर्ण, मनोजमणि आचार्य, सुवासकुमार पोखरेल, श्रीराम लामिछाने, दीपक भट्टराई, रिता खनाल र प्रतिमा गौतमसहित ४२ जनाले हस्ताक्षरसहित महाधिवेशन सुनिश्चित गर्न माग गरेका छन् ।

नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सबल काँग्रेस निर्माणका लागि युवा अभियानले ध्यानाकर्षण पत्र बुझाएको हो । मुख्यसचिव पौडेलमार्फत् सभापति शेरबहादुर देउवालाई उनीहरूले ध्यानाकर्षण पत्र पठाएका हुन् ।

भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने भने पनि महाधिवेशन अनिश्चित बनेको उनीहरूको भनाइ छ । उनीहरूले ३ बुँदामा सभापति देउवालाई ध्यानाकर्षण गराएका छन् । बारा, सप्तरीलगायतमा क्रियाशील सदस्यता टुंग्याउन पनि उनीहरूले माग गरेका छन् । बाराका नेता तथा कार्यकर्ता पार्टी कार्यालयमा २५ दिनदेखि धर्नामा छन् ।

विधानअनुसार न्यायपूर्ण ढंगले क्रियाशील दिन उनीहरूको माग छ । साथै वडा तहबाट नै सिफारिसका आधारमा क्रियाशील दिन उनीहरूको माग छ । साथै नेविसंघ, नेपाल तरूण दललगायत भातृ तथा शुभेच्छुक संघसंस्थालाई पूर्णता दिन पनि माग गरिएको नेविसंघ महामन्त्री दीपक भट्टराईले विभिन्न सञ्चार माध्यमलाई बताएका छन् ।