काभ्रेको रोशी गाउँपालिकाको पर्यटकीय विशेषता र सम्भावना

काभ्रेको रोशी गाउँपालिकाको पर्यटकीय विशेषता र सम्भावना तरुण खबर २२ श्रावण २०७८, शुक्रबार ०९:२०
काभ्रेको रोशी गाउँपालिकाको पर्यटकीय विशेषता र सम्भावना

परशु घिमिरे

काठमाडौं । काभ्रेको रोशी गाउँपालिकाले तत्कालका लागि तीनधारे झर्नालाई ५ करोड रुपैयाँ निकासा गराई ठेक्का सम्झौता गरेको छ । तीनधारे जाने सडक सुधारका लागि मन्त्रालयबाट १ करोड ५८ लाख दिएको छ भने गाउँपालिकाले उतिनै रकम राख्ने रोशी गाउँपालिकाका अध्यक्ष डीबी लामाले जानकारी दिएका छन् ।

तीनधारे झरनालाई केन्द्रबिन्दुमा राखेर वरपरका अतुलनीय प्राकृतिक उपहारहरूलाई समेत समेटेर तीनधारे एकीकृत विकास समितिमार्फत काम अघि बढाउन सकिने विषयमा पालिकाले अध्ययन गरिरहेको बताइन्छ । यी क्षेत्रमा मोटर गुड्ने सडक नलगी कुनै निश्चित गन्तव्यबाट पैदलमार्ग बनाउनु आवश्यक छ । तर सडकमार्गका बजेट समेत छुट्याइएको छ । दुईदेखि तीन दिनको प्याकेज कार्यक्रम बनाई पर्यटकलाई आकर्षित गर्न सकिने देखिन्छ । झर्ना कति उचाइबाट झर्छ, यसको लम्बाइचौडाइ कति छ भन्ने विषयमा समेत यकिन तथ्यांक राख्न आवश्यक रहेको स्थानिएको भनाइछ । उपयुक्त पद मार्गको ठाउँ ठाउँमा विश्राम र खानपिनको सुविधा, झरना वा उपयुक्त गन्तव्य नजिकै क्याम्प फायरसहित रात बिताउने सुविधाजस्ता विषयलाई पनि योजनामा समेट्नुपर्छ उनीहरुको भनाई छ ।

योग र ध्यानमा रमाउने स्वदेशी वा विदेशीहरूका लागि आवश्यक वातावरणसहितको सुविधामा ध्यान दिन जरुरी छ ।

प्राकृतिक वातावरण र बोटबिरुवामा दक्खल नपर्ने गरी विकास समितिमार्फत नै योजना बनाएर त्यस क्षेत्रका गाउँलेहरू लाभान्वित हुन सक्ने योजना बनाउने गरी गाउँपालिका अघि बढेको छ । त्यस्तै, वडा नम्बर ६ मा पर्ने गढी र १२ मा पर्ने घ्याङडाँडा प्राकृतिक रूपमा गाउँपालिकाका वरदान हुन् । २४ सय मिटरको उचाइमा रहेको गढीमा मानव निर्मित संरचना संरक्षणको अभावमा छ । घ्याङ लेकमा परम्परादेखि लाग्ने गरेको जात्रा पनि केही समयदेखि रोकिएको छ । बनावटका हिसाबले इलामको कन्यामलाई बिर्साउने यो क्षेत्रमा रहेको दुई सय हेक्टर सार्वजनिक जग्गा र जंगल समेटेर पर्यटनको नयाँ गन्तव्य बनाउन सकिन्छ ।

रामायणकालमा सीताको पवित्र पाइला परेको चिह्न अंकित ढुंगा, महाभारतको लडाइँमा सेनाहरू चढी आएका हात्तीलाई पानी खुवाउने र आहल राख्ने हात्तीआल, कुनै कालखण्डमा पुच्छ«ेतारा खसेर डाँडाको टुप्पोमा बनेको पानी पोखरी, १२ वर्षमा मात्र फुल्ने अनौठो जातिको पूmल, अनि पूmल फुलेको वर्ष मात्र निस्कने प्राकृतिक धारा । यी र यस्ता अनेकौं मिथक र यथार्थ हो– काभ्रेको रोशी गाउँपालिका ।

महाभारतकालीन युद्धका अनेकन गाथा समेटेको काभ्रेको रोशी गाउँपालिकामा दानव र दैत्यको अस्तित्वलाई स्थापित गर्ने अनेकौं प्राकृतिक संरचना विद्यमान छन् । सामाजिक चेतनालाई विभेदले थिचेका बेला विभिन्न आठ जातका लागि निर्माण गरिएको आठवटा ऐतिहासिक कुवा (वडा नम्बर १२), बसाहको अति प्राचीन भव्य ढुंगेप्रतिमा, तामाको धाउ पखाल्ने गुफाजस्ता अनेकन यथार्थ र दन्त्यकथाबीचको संघारमा छ रोशी ।

आधुनिक नेपालको संरचनापछि निकै ठूलो र विस्तारित रोशी पर्यटन, इतिहास र खोजका लागि नौलो र रहस्यमय गन्तव्य बन्न सक्ने सम्भावना प्रबल देखिन्छ । एउटा नचलाइएको र नछोइएको इतिहास हो रोशी । स्थानीय बूढापाका र लामाहरूको दाबीलाई मान्ने हो भने रोशीको सोझो सम्बन्ध महाभारतकाल र त्यसभन्दा अघिको रामायणकालसम्म पुग्छ ।

पत्याउनै गाह्रो हुने गरी महाभारत लेकको शिरमा रहेको ताराखसे लेक (पोखरी), वरपर मानव निर्मित ढुंगे संरचनाले रोशीको ऐतिहासिकतालाई व्यापक खोजबाट उजागर गरिनुपर्ने महसुस गराउँछ । यहाँ मानव निर्मित ढुंगाको गाह्रो अहिले पनि सजिलै देख्न सकिन्छ । यो ठाउँ कुनै प्राचीन वा अति प्राचीन किल्ला वा दरबारको भग्नावशेष हो वा बटुवाहरूका लागि बनाइएको संरचना यसै भनेर ठोकुवा गर्न सकिने अवस्था छैन । महाभारत शृंखलाले ढपक्क ढाकेको सम्पूर्ण क्षेत्र रोशीका लागि पर्यटनको अथाह सम्भावनाले भरिपूर्ण छ । दीर्घकालीन रणनीतिका लागि विस्तृत सर्वेक्षण जरुरी छ । तर तत्कालका लागि सामान्य पहलबाट विकसित गर्न सकिने केही क्षेत्रहरूका बारेमा मात्र यहाँ चर्चा गरिएको छ ।

डम्फुपार्क: डम्फु जीवन्त संग्रहालय
मध्यकालीन संरचनासहितको तामाङ जातिलाई केन्द्रित गरेर जीवन्त संग्रहालयको अवधारणा अघि सारेर रोशी गाउँपालिकाले बजेट समेत विनियोजन गरिसकेको छ । यो खुला संग्रहालयमा मध्यकालीन शैलीमा निर्मित (आधुनिक प्रविधिसहित) घरहरू, धार्मिक स्थलहरू, रहनसहनको जीवन्त प्रदर्शनीलगायतका विषयहरू समेट्ने योजना वडा अध्यक्ष मिलन लामाले बताएका छन् । जीवन्त संग्रहालयका लागि तालिमसहितका वास्तविक कलाकारहरू (परिवार नै) संलग्न गराउन सके उत्कृष्ट परिणाम दिन सकिन्छ । खाना बनाउने, रक्सी पार्ने, जाँड राख्ने, अन्न कुट्ने, पिस्ने घट्टलगायतका गतिविधि सातै दिनसम्म चल्ने गरी संग्रहालयको अवधारण बनाउने योजनामा पनि छलफल भइरहेको उनले जानकारी दिएका छन् । यो संग्रहालयमा तामाङको परम्परागत भोजनसहित होमस्टेका अवधारणाअनुरूप सफा र उच्च मापदण्डका कोठा (हेर्दा परम्परागत) बनाउन आवश्यक रहेको उनको भनाई छ । डम्फु पार्कको वर्तमान क्षेत्रलाई बढाएर यो स्थानमा (झरना, ताल, मधुरो संगीतसहितको) व्यवस्था गर्न सकिन्छ । संग्रहालय परिसरमै पर्ने गरी तामाङको विगतका समृद्धि झल्काउने सबै वस्तु वा संरचना तयार गरिनुपर्छ । व्यवस्थित पशुपालनलाई पनि यस संग्रहालयले समेट्ने योजना छ रोशी गाउँपालिका अध्यक्ष डीबी लामाले बताएका छन् । यो संग्रहालय संस्कृति र आधुनिकताबीचको प्mयुजनका रूपमा रहन आवश्यक रहेको उनको भनाई छ ।

र, यसका साथै मगर वा हायु समुदायलाई लक्षित गरेर होमस्टेका रूपमा सम्बन्धित क्षेत्रमै संग्रहालयकै अवधारणाअनुरूप कार्य गर्न आवश्यक रहेको महसुस गाउँपालिकाले गरेको छ ।

स्थानीय सरकारको मुख्य जिम्मेवारी भनेको आफ्नो ठाउँको कला संस्कृति बचाउनु पनि हो । तामाङ जातिको ठूलो बाहुल्य भएको गाउँपालिका हो यो । त्यसैले तामाङ कला संस्कृति जोगाउन गाउँपालिकाले गरेको प्रयासमध्ये एक हो डम्फुपार्क । वडा नम्बर ११ अन्तर्गत कालढुंगा (मंगलटार नजिक रोशी किनार) मा डम्फुपार्क निर्माणका लागि करिब ३५ रोपनी जग्गा पालिकालाई प्राप्त भएको छ । तामाङ जातिको कला संस्कृति तथा संस्कार झल्कने डम्फुपार्क अहिलेसम्म भुटानमा मात्रै बनेको छ । नेपालमा यो पहिलो हुनेछ । यसका लागि छिमेकी पालिका तिमालले पनि सहयोग गर्ने संकेत देखाएको छ । डीपीआर तयार भइसकेको छ । नेपाल आउने हरेक विदेशी पर्यटकलाई डम्फुपार्क पु¥याउन सकियो भने ठूलो उपलव्धि हुनेछ ।

ताराखसे लेक संरक्षण योजना
समुन्द्र सतहबाट करीब २७ मिटर उचाइमा रहेको महाभारतको जंगलस्थित ताराखसे लेक केन्द्र विन्दुमा राखिएको छ भने हात्तीआल, सीतापाइला, मानव निर्मित ऐतिहासिक संरचना र हिमाल दृश्यावलोकन क्षेत्र पर्यटनको सम्भावित ठाउँहरु हुन । ताराखसे लेक क्षेत्र आफैंमा प्राकृतिक दृश्यावलोकनका लागि उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने स्थान हो । तर ताराखसे लेक नजिकैबाट लगिएको मोटरबाटो, सीतापाइला हँुदै हात्तीआललाई बीचबाट चिरेर बनाइएको विकासको विकृत नमुनालाई रोशी गाउँपालिकाले सच्याउन जरुरी छ । स्थानीयहरूको आस्था र विश्वास जोडिएको यो स्थानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिनु पर्छ । ताराखसे लेकसँगै जोडिएको परम्परागत पदमार्गलाई पुनस्र्थापना गर्न पनि जरुरी छ । साथै, ताराखसे लेकदेखि हात्तीआलमाथि रहेको नापी विभागले राखेको स्तम्भ र पाँच पाण्डव डाँडालाई समेत पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । ताराखसे लेक आसपासबाट देखिने हिमालय शृंखलालाई आम्दानीको स्रोत बनाउन आवश्यक छ ।

यहाँबाट देखिने हिमालहरू दृश्यावलोकन आफैंमा उत्कृष्ट पर्यटकीय प्याकेज हो । साथै, पहाड, तराई र हिमाल देखिने स्थानका रूपमा यो ठाउँ प्रसिद्ध छ । महाभारत जंगलमा रहेको ताराखसे लेकको विषयमा एउटा किंवदन्ती छ । कुनै समय ताराको एक टुक्रा खसेर ठूलो खाल्डो बनेको र पछि पानी पर्दा जम्मा भएको पानीले पोखरी बनेको स्थानीयहरूको भनाइ छ । महाभारत जंगलको शिरमै (करिब २८०० मिटरको उचाइ) पानीको पोखरी र संरक्षण नगरिएको अवस्थामा महादेवको मन्दिर देख्न सकिन्छ । हरेक साउने संक्रान्तिमा महादेवको मन्दिरमा मेला लाग्छ । साबिकको गोकुले, घर्तीछापलगायतका गाविसका बासिन्दाको आउजाउ गर्ने प्रमुख बाटो ताराखसे लेक, हात्तीआलमै पर्छ ।
कुनै बेला हात्ती आएर आहाल बसेको हुनाले यो पोखरीको नाम हात्तीआहाल रहेको किंवदन्ती छ । केही वर्षदेखि मान्छे हिँड्ने पुरानोे गोरेटो बाटोलाई मोटर चल्ने बनाइएको छ । ताराखसे लेक आसपासबाट भक्तपुरको नगरकोटबाट देखिनेलगायत अन्य अनगिन्ती हिमालहरू देख्न सकिन्छ । वडा नम्बर ३ को बेंसी शिखर हो भने महाभारतको जंगलसँग जोडिएको निगाले यो वडाको अन्तिम बस्ती हो ।

हात्तीआल र पाण्डवडाँडा
ताराखसे लेकबाट करिब चार किलोमिटरको कच्ची सडक पार गरेपछि हात्तीआल पुगिन्छ । हात्तीआल पुग्नुभन्दा अगाडि सीतापाइले ढुंगा देख्न सकिन्छ । सडकको बीचमा बसेको ठूलो ढुंगोमा पाइला आकारको आधा माना चामल अट्ने पैताला आकारको खोबिल्टो सजिलै देख्न सकिन्छ । महाभारत युद्धकालमा पाण्डवहरूका सेनाले हात्तीलाई पानी खुवाउने, आहाल बसाउने गरेकाले यो ठाउँलाई हात्तीआल भनिएको हो ।

तीनधारे झरना एकीकृत विकास समिति

केन्द्रबिन्दुमा तीनधारे झरना राखिए अन्य झर्ना (छहरा) अन्तरसिंगे र महभीर झरना, धाउ पखाल्ने गुफा, तामाको पहाड, वनझाँक्रीको गुफा, महाभारतसमक्ष हारेको प्रतिरूप मानिने पहाड, प्राकृतिक हेलिप्याडजस्ता अनौंठा दृष्यबलोक छुटाउँनै हुदैन । रोशी गाउँपालिकाले तत्कालका लागि तीनधारे झर्नालाई केन्द्रबिन्दुमा राखेर वरपरका अतुलनीय प्राकृतिक उपहारहरूलाई समेत समेटेर तीनधारे एकीकृत विकास समितिमार्फत काम अघि बढाउन सकिने विषयमा अध्ययन गरिरहेको छ । यी क्षेत्रमा मोटर गुड्ने सडक नलगी कुनै निश्चित गन्तव्यबाट पैदलमार्ग बनाउनु आवश्यक छ । दुईदेखि तीन दिनको प्याकेज कार्यक्रम बनाई पर्यटकलाई आकर्षित गर्न सकिने देखिन्छ । झर्ना कति उचाइबाट झर्छ, यसको लम्बाइचौडाइ कति छ भन्ने विषयमा समेत यकिन तथ्यांक राख्न आवश्यक छ । उपयुक्त पद मार्गको ठाउँ ठाउँमा विश्राम र खानपिनको सुविधा, झरना वा उपयुक्त गन्तव्य नजिकै क्याम्प फायरसहित रात बिताउने सुविधाजस्ता विषयलाई पनि योजनामा समेट्नुपर्छ ।

योग र ध्यानमा रमाउने स्वदेशी वा विदेशीहरूका लागि आवश्यक वातावरणसहितको सुविधामा ध्यान दिन जरुरी छ । प्राकृतिक वातावरण र बोटबिरुवामा दक्खल नपर्ने गरी विकास समितिमार्फत नै योजना बनाएर त्यस क्षेत्रका गाउँलेहरू लाभान्वित हुन सक्ने योजना बनाउने गरी गाउँपालिका अघि बढेको छ । त्यस्तै, वडा नम्बर ६ मा पर्ने गढी र १२ मा पर्ने घ्याङडाँडा प्राकृतिक रूपमा गाउँपालिकाका वरदान हुन् । २४ सय मिटरको उचाइमा रहेको गढीमा मानव निर्मित संरचना संरक्षणको अभावमा छ । घ्याङ लेकमा परम्परादेखि लाग्ने गरेको जात्रा पनि केही समयदेखि रोकिएको छ । बनावटका हिसाबले इलामको कन्यामलाई बिर्साउने यो क्षेत्रमा रहेको दुई सय हेक्टर सार्वजनिक जग्गा र जंगल समेटेर पर्यटनको नयाँ गन्तव्य बनाउन सकिन्छ ।