तरुण खबर
२२ श्रावण २०७८, शुक्रबार ०९:२३
अमेरिकामा २४ घण्टामा १ लाख २० हजार ९४५ जना संक्रमित
काठमाडौं । अमेरिककामा पछिल्लो २४ घण्टा (५, अगष्ट) मा ११ लाख ७ हजार ७१३ जनाको नमुना परीक्षण गर्दा १ लाख २० हजार ९४५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ४, अगष्टमा ११ लाख ४९ हजार ९३१ जनाकोनमुना परीक्षण गर्दा १ लाख १४ हजार ९७८ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (५, अगष्ट) मा कोरोना भाइरसको संक्रमणबाट ५५९ जनाको मृत्यु भएको छ । ४, अगष्टमा कोरोना भाइरसको संक्रमणबाट ६५६ जनाको मृत्यु भएको थियो ।
अमेरिकामा साउन २२ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा ३ करोड ६३ लाख १ हजार ७४४ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये शुक्रबार बिहान ७.३० बजेसम्ममा २ करोड ९८ लाख ५ हजार ५९३ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार साउन २२ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५८ लाख ६४ हजार २७२ जना छन् ।
नेपाली समय अनुसार साउन २२ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ५४ करोड १४ लाख ८२ हजार ९६२ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब २१ करोड ३३ हजार ६८१ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब २१ करोड ३३ हजार ६८१ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट साउन २२ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख ३१ हजार ८७९ जनाको मृत्यु भैसकेको छ ।
साउन २२ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या २० करोड १६ लाख ४४ हजार ११२ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ लाख ७९ हजार ३८१ जना छन् ।


