भदौभित्रै काँग्रेसको १४औं महाधिवेसन गर्न जिल्ला सभापतिहरुको दवाव

भदौभित्रै काँग्रेसको १४औं महाधिवेसन गर्न जिल्ला सभापतिहरुको दवाव तरुण खबर २७ श्रावण २०७८, बुधबार ११:४४
भदौभित्रै काँग्रेसको १४औं महाधिवेसन गर्न जिल्ला सभापतिहरुको दवाव

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशन आगामी भदौमा नहुँने निश्चित प्रायः भएको छ । तै पनि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निर्धारित समयमा १४औं महाधिवेन गर्न दवाव दिइरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको मनसाय २०७८, मंसिरमा गर्ने रहेको छ भने पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले त्यसमा असहमति जनाएका छन् ।

उनले २०७८, भदौभित्रै १४औं महाधिवेशन गर्नै पर्ने बाध्यता रहेको बताउँदै आएका छन् । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले साउन २५ र २६ गते अर्थात काठमाडौँमा सोमबार र मंगलबार भएको भेलामा सहभागी जिल्ला सभापतिहरुले तोकिएको मिति भदौ १६–१९ गते महाधिवेशन जसरी पनि सम्पन्न गर्नुपर्ने माग राखेका हुन् ।

भेलाले क्रियाशील सदस्यहरुको छनौटसम्बन्धी विवाद तुरुन्त समाधान गर्न पनि पार्टी नेतृत्वलाई आग्रह गरेको छ । नेपाली काँग्रेसमा नयाँ थप र समायोजन गरेर ८ लाख ५२ हजारभन्दा बढी क्रियाशील सदस्य पुगेका छन्, जसमा नयाँ चार लाख ४३ हजार ६७८ र नवीकरण गरिएका ४ लाख ९ हजार ३३ जना छन् ।

गत असारभित्रै क्रियाशील विवाद टुंग्याउँन रमेश लेखक संयोजक रहेको समितिले साउन १२ गते मंगलबार मात्र क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो लगाउन गठित समितिले प्रतिवेदन बुझाएको थियो । क्रियाशील सदस्यता सम्बन्धी तत्काल विवाद समाधान नहुने भए विवाद रहेका स्थानमा १३औं महाधिवेशनको क्रियाशील सदस्यलाई आधार मानेर विवादको निकाश दिन पनि सभापतिहरुको भेलाले पार्टी नेतृत्वलाई आग्रह गरेको छ ।

तेस्रो पटक चुनाव लड्न नपाउँने जिल्ला सभापतिमा
पार्टीको विधान अनुसार जिल्ला सभापतिमा दोहोरिन नपाउनेमा ७७ जिल्लामध्ये २५ जिल्लाका सभापतिहरु मात्र रहेका छन् । इलामका हिमालय कर्माचार्य, झापाका उद्धव थापा, तेह्रथुमका गोविन्द ढुंगाना, भोजपुरका नन्दमणि राई, मोरङका डिकबहादुर लिम्बु, सुनसरीका राजीव कोइराला, उदयपुरका विदुर बस्नेत, सप्तरिका दिनेश यादव, ललितपुरका मदन अमात्य, नुवाकोटका जगदिश्वर नरसिंह केसी, गोरखाका हरिबहादुर घले, मनाङका टेकबहादुर गुरुङ, रुपन्देहीका अब्दुल रज्जाक, कपिलवस्तुका सुरेन्द्रराज आचार्य, रोल्पाका अमरसिंह पुन, सल्यानका गणेश चन्द, दाङका कीर्तिबहादुर खड्का, कालिकोटका हर्षबहादुर बम, जाजरकोटका दीपकजंग शाह, दैलेखका कृष्णकुमार बीसी, बर्दियाका सञ्जय गौतम, बाजुराका कविराज पण्डित, अछामका भरतबहादुर स्वाँर, कैलालीका नरनारायण शाह (मनु) र डडेल्धुरा जिल्लाका सभापति कर्णबहादुर मल्लले नेपाली काँग्रेसको पुनः तेहे¥याएर सभपतिमा चुनाव लड्न पाउने छैनन् । उनीहरु यसअघि दोस्रो कार्यकाल नेपाली काँग्रेसको जिल्ला सभापति भैसकेका छन् । केन्द्रीय सभापतिका लागि भने यो प्रावधान राखिएको छैन ।