तरुण खबर
३० श्रावण २०७८, शनिबार १०:५९
काठमाडौं । संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (१३, अगष्ट) मा २१ लाख ५८३ जनाको नमुना परीक्षण गर्दा ३८ हजार ७७५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । १२, अगष्टमा २३ लाख १३ हजार ६८९ जनाको नमुना परीक्षण गर्दा ४० हजार ७८ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (१३, अगष्ट) मा कोरोना भाइरसको संक्रमणबाट ४७७ जनाको निधन भएको छ । १२, अगष्टमा कोरोना भाइरसको संक्रमणबाट ५८३ जनाको निधन भएको थियो ।
नेपाली समय अनुसार साउन ३० गते शनिबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड २१ लाख ५५ हजार ८२७ जना छन् । २०७८, साउन ३० गतेसम्ममा भारतले ४८ करोड ९४ लाख ७० हजार ७७९ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, साउन ३० गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड १३ लाख ३० हजार ५०७ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ९४ हजार ५५८ जना छन् । पछिल्लो २४ घण्टा (शुक्रबार) मा ४१ हजार ७०९ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । २०७८, साउन ३० गते शनिबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ३० हजार ७६२ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।


