गौशालामा पुगेर वागमती प्रदेशका मन्त्री रामेश्व फुयाँलद्वारा श्रमदान

गौशालामा पुगेर वागमती प्रदेशका मन्त्री रामेश्व फुयाँलद्वारा श्रमदान तरुण खबर ३१ श्रावण २०७८, आईतवार ०८:५४
गौशालामा पुगेर वागमती प्रदेशका मन्त्री रामेश्व फुयाँलद्वारा श्रमदान

काठमाडौं । वाग्मती प्रदेशका भौतिक तथा पूर्वाधार बिकास मन्त्री रामेश्वर फुँयालले हिजो साउन ३० गते असहाय गाईबाछा संरक्षण स्थलमा केही समय श्रमदान सहित गौशालामा झण्डोत्तोलन गरेका छन् । उनले आफू जत्तिकै अग्लो पिपलको बोट रोपेका थिए । उपत्यकामा अलपत्र अवस्थामा रहेका असहाय गाईबाछाहरु उद्धारपछि आश्रयस्थलमा ल्याएर उनीहरुको छाना, खाना, उपचार र मायाको ब्यवस्था मिलाईएको स्थलमा हाल १ सय ५३ वटा गाईबाछाहरुले आश्रय लिइरहेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा रहेको पशुपति क्षेत्र विकास कोषको यो जग्गामा अभियानले सडकमा खुला छाडिएका गाईबाच्छालाई राखेको हो । हिजो शनिबार वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल आफैँ एक बोरा पीठो बोकेर पुगेका थिए ।

२६ महिना अघि प्रारम्भ भएको यस अभियानका क्रममा उपत्यकाभित्र अलपत्र परेका असहाय गाईबाछाको उद्धार गरि उनीहरुको खाना, छाना, उपचार र मायाको लागि उचित प्रवन्ध मिलाइदै आएको छ । विसं २०७५ जेठ १ गते मानव अधिकार, सामाजिक न्याय, वाग्मती सफाइलगायत अभियानमा लागेका उत्तम पुडासैनीले सो अभियान सुरुआत गरेका हुन् ।

सिमिति श्रोत र साधनका बावजुद अभियानले उपत्यकालाई असहाय गाईबाछा मुक्त क्षेत्रका रुपमा अनुबाद गर्ने लक्ष्यलाई निरन्तर अघि बढाइरहेको छ । उपत्यकामा हुने अत्यधिक सवारी दुर्घटनालाई न्यूनिकरण गर्न यस अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको बताइन्छ ।

राष्ट्रिय जनावरप्रतिको अन्याय र क्रुरताको अन्त्य गर्दै उनीहरुको उचित स्याहार र जीबन रक्षाको अधिकारका लागि यस संस्थाले भूमिका निर्वाह गर्दै आएको छ ।

श्रम सहित राष्ट्रिय झण्डा स्थापना कार्यक्रममा आफ्नो धारणा राखेका मन्त्री फुँयालले असहाय गाईबाछा संरक्षण जस्तो जटिल कार्यमा संलग्न सबैप्रति आभार प्रकट गर्दै देश बनाउन श्रम नै गनुपर्छ, कुराले हुँदैन भनेका थिए । सो अवसरमा उनले प्रदेश सरकारका तर्फबाट असहाय गाईबाछाको उद्धारका लागि एकथान एम्बुलेन्स उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका कानूनी सल्लाहकार बिदुर ढुंगाना, वडा नम्बर ८ का वडा सदस्य अष्टलाल श्रेष्ठ लगायतको सहभागिता थियो ।