तरुण खबर
३१ श्रावण २०७८, आईतवार ०९:२३
काठमाडौं । नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ । शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले सञ्चाकर्मीलाई जानकारी दिएका छन् । साउन ३० गतेको निर्णय अनुसार वडा तहको भदौ १८ गते, गाउँ, नगरपालिकाको अधिवेशन भदौ २७ गते, प्रदेश स्तरको क्षेत्रिय अधिवेशन असोज १ गते, प्रतिनिधि स्तरको क्षेत्रिय अधिवेशन र एक मात्र क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, जिल्ला अधिवेशन असोज १० गते, सातै वटै प्रदेशको अधिवेशन कार्तिक १०, ११ र १२ गते हुने भएको छ ।
त्यस्तै, केन्द्रीय महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म हुने भएको छ । यसअघि भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशनको मिति तोकेको हो । तर १४औं महाधिवेशन गर्नेमै आशंका गर्न थालिएको छ ।
केन्द्रीय समिति बैठकको निर्णय अनुसार अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ, जुन कुरा गर्न सजिलो छदै छैन । त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका तय गरिएको छ । त्यस्तै, नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले अन्य दलबाट नेपाली काँग्रेसमा आएका राजनीतिक दल समायोजन समितिका संयोजकले प्रश्तुत गरेको प्रतिवेदनलाई केन्द्रीय समितिको बैठकले पारित गर्दै धन्यवाद दिइएको जारी विज्ञप्तिमा उल्लेख छ ।
क्रियाशील सदस्यता, निर्वाचन निर्देशिका जस्ता अधुरा काम सहमतिमा टुंग्याउँदै भदौ २ गतेभित्र सम्बन्धित सभापतिलाई बुझाउँन बैठकले निर्देशन दिएको छ । म्याद समाप्त भएका पार्टीका अवद्ध भ्रातृ संघहरु नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल आदिवासी जनजाती संघ, नेपाल दलित संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको ६ महिना थपिएको नेपाली काँग्रेसको बैठकपछि आएको विज्ञप्तिमा छ ।
महाधिवेशनको नयाँ कार्यतालिका
क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने २०७८–५–२, निर्वाचन निर्देशिका बुझाउने २०७८–५–२, वडा अधिवेशन २०७८–५ – १८, गाउँ–नगरपालिका २०७८–५– २७, प्रदेश क्षेत्र क–ख २०७८–६–१, संघीय निर्वाचन क्षेत्र २०७८–६–५, जिल्ला २०७८–६–१०, प्रदेश २०७८–७–१० देखि १२, केन्द्रीय २०७८–८– ९ देखि १३,


