बौद्ध–जोरपाटीमा प्रहरीद्वारा फुटपाथ खाली गर्ने अभियान

बौद्ध–जोरपाटीमा प्रहरीद्वारा फुटपाथ खाली गर्ने अभियान तरुण खबर १ भाद्र २०७८, मंगलवार ०९:१७
बौद्ध–जोरपाटीमा प्रहरीद्वारा फुटपाथ खाली गर्ने अभियान

काठमाडौं । काठमाडौं महानगरीय प्रहरी बृत बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेको नेतृत्वमा दुई साता लामो बृहत जागरण अभियान सञ्चालन भइरहेको छ । काठमाडौं महानगर र गोकर्णेश्वर नगरपालिकाको मुख्य सडक क्षेत्र चुच्चेपाटी–बौद्ध पीपलबोट–कपनसम्म र गोकर्णेश्वर नगपालिकाको पूर्व जोरपाटी–नारायणटार, दक्षिणढोका–साँखु क्षेत्रका मुख्य सडकको वरिपरि सडक किनारा, फुटपाथमा हुने अव्यवस्थित र जथाभाबी पार्किङलाई व्यवस्थित बनाउने उद्देश्यले जागरण अभियान सञ्चालन गरिएको हो ।

अभियानमा गोकर्णेश्वर नगरपालिका, महानगरीय प्रहरी बृत बौद्ध र महानगरीय ट्राफिक प्रहरी बृत बौद्धको सहभागिता रहेको छ । यति वृहत क्षेत्रमा कार्यरत महानगरीय ट्राफिक प्रहरी बृत्तमा जम्मा २२ जना ट्राफिकहरु रहेका छन् । एक हिसावले भन्ने हो भने हात्तिको मुखमा जिराको उदाहरण दिन सकिन्छ ।

जागरण अभियानमा महानगरीय प्रहरी बृत बौद्धको प्रमुख ढुण्डीराज न्यौपाने, महानगरीय ट्राफिक प्रहरी बृत बौद्धका प्रमुख सुरज बहादुर खड्का, प्रहरी निरीक्षक विशाल तामाङ, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नारायण सुवेदी, सामाजिक अभियान्ता कृष्णबहादु तामाङको सहभागीता रहेको थियो । यस क्षेत्रको मुख्य सडकमा घण्टौंसम्म जथाभावी सवारीसाधन पार्किङ गर्ने, सडक वरिपरिका फुटपाथमा ठेलागाडा राखेर सवारीसाधन अवगमनमा पूर्ण रुपमा अवरोध हुनेगरी व्यापार गर्ने, सटारवालाहरुले पनि फुटपाथमा हिँड्ने पैदलयात्रीहरुलाई हिँड्नै अवरोध हुनेगरि फुटपाथमा सामान राखेर व्यापार गर्न थालेपछि यस क्षेत्रको मुख्य सडक र फुटपाथलाई व्यवस्थित गर्ने उद्देश्यले जागरण अभियान सञ्चालन भएको हो सामाजिक अभियान्ता कृष्णबाहदु तामाङले जानकारी दिए । यस अघि साउन २८ गतेदेखि नै महानगरीय प्रहरी बृत बौद्धले माइकिङ गरि अभियान सञ्चालन गरेको थियो । महानगरीय प्रहरी बृत बौद्धको यस अभियान देखेर यस क्षेत्रको स्थानीय समुदाय खुशी हुँदै धन्यवाद प्रकट गरिरहेका छन् ।