तरुण खबर
६ भाद्र २०७८, आईतवार ०९:२५
काठमाडौं । संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२१, अगष्ट) मा १८ लाख ७६ हजार ४५६ जनाको नमुना परीक्षण गर्दा ३१ हजार ४३ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । २०, अगष्टमा ४१ लाख ९६ हजार ४२१ जनाको परीक्षण गर्दा ३४ हजार २९६ जना मात्र कोरोना भाइरसका संक्रमित थपिएका थिए ।
पछिल्लो २४ घण्टा (२१, अगष्ट) मा कोरोना भाइरसको संक्रमणबाट ४०१ जनाको निधन भएको छ ।२०, अगष्टमा कोरोना भाइरसको संक्रमणबाट ३६७ जनाको निधन भएको थियो ।
नेपाली समय अनुसार भदौ ६ गते आइतबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड २४ लाख २३ हजार ५४९ जना छन् । २०७८, भदौ ६ गतेसम्ममा भारतले ५० करोड ४५ लाख ७६ हजार १५८ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, भदौ ६ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड १६ लाख २९ हजार जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ ।
भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ६० हजार १५० जना छन् । पछिल्लो २४ घण्टा (शनिबार) मा ३६ हजार २५४ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । २०७८, भदौ ६ गते आइतबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ३४ हजार ३९९ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।


