एनआरएन सिंगिङ आइडलमा छानिएका १५ उत्कृष्ट प्रतियोगी

एनआरएन सिंगिङ आइडलमा छानिएका १५ उत्कृष्ट प्रतियोगी तरुण खबर ७ भाद्र २०७८, सोमबार ०९:२६
एनआरएन सिंगिङ आइडलमा छानिएका १५ उत्कृष्ट प्रतियोगी

दोहा । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वकाविभिन्न देशबाट भागलिएकामध्ये उत्कृष्ट १५जनाको छनौट भएका छन् । ‘नेपालीकला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेसन सिजन–१को गाला राउन्डको दोस्रो चरणबाट उत्कृष्ट १५जना छनौट भएकाहुन् ।

शुक्रबार सम्पन्नगाला राउन्डको तेस्रो चरणबाट उत्कृष्ट १५ जनाको छनौट गरिएको छ । ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू गायक उदय सोताङ र विजयलामा तथा गायिका प्राश्ना शाक्य र सुनिता दुलालको ६० अंक र ४० प्रतिशत दर्शकको भोटमार्फत् प्राप्त ४० अंकबाट १५ जना उत्कृष्ट प्रतिस्पर्धी छानिएका छन् । १५ जना उत्कृष्ट प्रतिस्पर्धीहरूमा युवराज गुरुङ (क्यानडा), बीबी मल्ल ठकुरी (कुबेत), नरेन्द्र मल्ल (कतार), सन्देश गुरुङ (अमेरिका), गोविन्द गुरुङ (कतार), आकाश न्यौपाने (जापान), कविता आरबिएम (युएई), सुरेन घताङ ‘शिव’ (कोरिया) रहेका छन् ।

त्यसैगरी, कपिल पाइजा पुन मगर (आयरल्याण्ड), सागर विश्व सेञ्चुरी (कुबेत), रामचन्द्र राई (कतार), कृष्ण खबास (युएई), प्रतिक सिडब्ल्यूए परियार (बहराइन), सतिश थापा (कतार) र रेशु स्याङ्दान (बहराइन) उत्कृष्ट २० मा परेका छन् । एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार निर्णायकको मत र भोटिङमार्फत् प्रतिस्पर्धीहरूलाई अघिल्लो चरणका लागि अघि बढाइएको बताएका छन् । एनआरएनए मध्यपूर्व युवा संयोजक राज रेग्मीको अध्यक्षतामा शुक्रबार सम्पन्नगाला राउन्डको तेस्रो चरणमा २० जना प्रतिस्पर्धीले प्रस्तुति दिएका थिए ।

गैरआवासीय नेपाली संघको काठमाडौंस्थित मुख्यालयमा औपचारिक कार्यक्रम गरेरै डिजिटल अडिसनका लागि छानिएका प्रतिस्पर्धीको घोषणा गर्ने तय भए पनि कोरोना प्रकोपलाई दृष्टिगत गरी भर्चुअलमार्फत् गरिएको रेग्मीले बताएका छन् ।

रेग्मीका अनुसार ग्लोबल एनआरएन सिंगिङ आइडलमा निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत् ४० प्रतिशत अंक प्राप्त गर्ने छन् । सोही आधारमा प्रतिस्पर्धी अघिल्लो चरणमा प्रवेश गर्ने छन् । ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ ।

‘दोस्रो पुस्ता नै संगीतको भविष्य’
गैरआवासीय नेपाली संघ एनआरएनए आइसिसीका सल्लाहकार एवं पूर्व उपाध्यक्ष कुल आचार्यले नेपाल ग्लोबल एनआरएन सिंगिङ आइडलले विश्वभरि रहेका दोस्रो पुस्ताका नेपाली युवाको संगीत प्रति लाग्न प्रेरणा दिएको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि आचार्यले गीत गाएर आफ्नो सम्बोधनको शुरु गर्दै नेपाली कला र संगीतलाई विश्वभरिका नेपालीले अझै परिस्कृत ढंगले अघि बढाउनु पर्ने बताएका थिए । ‘नेपाली संगीतको सुनौलो भविष्यको सम्भावनाको खोजी ग्लोबल एनआरएन सिंगिङ आइडलले गरिरहेको छ, गैरआवासीय नेपालीहरूको दोस्रो पुस्ताले नै नेपाली संगीतलाई अघि बढाउनुपर्छ, हामीले गर्ने सहयोग सधैं सम्पूर्ण रुपमा हुनेछ– आचार्यले भने । गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक प्रवीण गुरुङले देशबाहिर रहेका नेपाली युवा संगीतकर्मीहरूलाई ग्लोबल एनआरएन सिंगिङ आइडलले नवीनउर्जा प्रदान गरेको बताएका छन् ।