तरुण खबर
७ भाद्र २०७८, सोमबार ०९:३२
काठमाडौं । स्थानीय तह निर्वाचन, २०७४ नेपालको ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकामा तीन चरणमा निर्वाचन भएको थियो । २०७४ बैशाख ३१, २०७४ असार १४ र २०७४ असोज २ मा भएको निर्वाचन सम्पन्न भएको हो । २० वर्ष र नेपालको संविधान २०७२ लागू भए पश्चात सम्पन्न भएको यो पहिलो स्थानीय तहको निर्वाचन थियो । स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) सबैभन्दा धेरै २९४ मेयर, ३३१ जना उपमेयर, २,५६० वार्डअध्यक्ष सहित सदस्य गरी १० हजार ९१२ जना जितेर ठूलो दल बनेको थियो ।
अब एमाले विभजनतर्पm गएकाले ठूलो दल बन्न सक्ने अबस्था छैन । नेपाली काँग्रेस दोस्रो ठूलो दल बनेको थियो । नेपाली काँग्रेसले २६६ जना मेयर, २२३ जना उपमेयर, वार्डअध्यक्ष २,२८६ वार्डअध्यक्ष सहित सदस्यहरु गरी ८ हजार ६७९ जना निर्वाचित भएका थिए । जनताको विश्वास गुमाउँदै गएको माओवादी केन्द्रले मेयर, उपमेयर, वार्डअध्यक्ष सहित सदस्यहरु गरी ४ हजार १२३ जना निर्वाचित भएका थिए । माओवादी केन्द्रबाट १०६ मेयर, १११ उपमेयर, वार्डअध्यक्ष १ हजार १०२ जना सहित ४ हजार १२३ जना मात्र जितेको थियो । सबैभन्दा कम नेकपा (माक्र्सवादी–लेनिनवादी) ले ३ सीट मात्र जितेको छ ।
यसैगरी, स्थानीय निकायमा एउटा अध्यक्ष÷मेयर र एउटा उपाध्यक्ष÷उपमेयर रहने व्यवस्था गरिएको थियो । यस बाहेक स्थानीय निकायलाई वडामा विभाजन गरिएको थियो, जसमा एउटा वडा अध्यक्ष र ४ सदस्य रहने व्यवस्था गरिएको थियो र अहिले पनि त्यो व्यवस्था कायमै छ । ४ सदस्यहरूमध्ये अनिवार्य रूपमा २ महिला हुनुपर्ने उल्लेख छ । सम्पूर्ण पदहरूको अवधि ५ वर्षको लागि तोकिएको छ । प्रत्यक्ष रूपमा निर्वाचन व्यवस्था भएको हुनाले सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार विजय घोषित गरिने छ ।
संबिधानत स्थानीय निकायको निर्वाचन हुन आठ महिना मात्र बाँकी छ । यतिखेर कम्युनिष्टहरूको एउटा समूहसँग नेपाली काँग्रेसले सत्ता साझेदारी गर्नु परिरहेको छ । जसको जनसमुदायमा कुनै संगठन छैन, जनसमूदायको विश्वास पनि टुट्दै गएको छ र हैसियत पनि छैन । तिनै कम्युनिष्टहरु सत्तामा मात्र होइन, स्थानीय तहको निर्वाचनदेखि संघीय निर्वाचनसम्म चुनावी गठबन्धन गर्नु पर्छ भनेर अहिलेदेखि नै भन्न थालेका छन् । नेपाली काँग्रेसले अब आउने कुनै पनि चुनावमा कम्युनिष्टहरुसँग चुनावी गठबन्धन गर्नु भनेको आफ्नो चिहान आफैँ खन्नु जस्तै हो एकथरी नेताहरु भन्न थालेका छन् ।
माओवादी केन्द्रले राजनीति रुपमा गम्भिर धोका दिदा पनि नेताहरु केही नरम देखिएका छन् । अन्य देशभरिको सबै ठाउँमा नेपाली काँग्रेसले कम्युनिष्टहरुसँग चुनावी गठबन्धन गरेपनि रामेछापमा चाहिँ चुनावी गठबन्धन गर्नु हुँदैन । किनकी हामी रामेछापेलीहरु सधैको निम्ति कम्युनिष्टहरुबाट मुक्ति प्राप्त गर्न चाहन्छन् । किनकी रामेछापका कम्युनिष्टहरु विकास निर्माणको हरेक काममा कमिसन खाने, निजामती कर्मचारी र प्रहरी प्रशासनहरुको सरुवा–बढुवा गरिदिन्छु भन्दै कमिसन खाने, निर्वाचित जनप्रतिनिधिहरु पनि २० प्रतिशत कमिशन नदिइ काम नै नगर्ने, काम गर्नु परे आफ्नै पार्टीका कार्यकर्ताहरूसँग पनि २० प्रतिशत कमिसन लिएर मात्र काम गर्ने गरेको सुनिन्छ ।
रामेछापमा ६ वटा गाउँपालिका छन् भने दुई वटा मात्र नगरपालिका छ । त्यसमध्ये नेपाली काँग्रेसले एक मात्र रामेछाप नगरपालिकामा निर्वाचन जितेको छ । नगरको मेयर नरबहादुर थापा मगर छन् भने उपमेयर सिर्जना खड्का छिन् । जवकि रामेछाप जिल्लामा २०५९ को निर्वाचनमा ८० प्रतिशतभन्दा बढी सिट नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।
रामेछाप जिल्लामा दुई वटा पालिकामा माओवादी केन्द्रले सोनापति गाउँपालिका र दोरम्बा शैलुङ गाउँपालिका जितेको छ भने पाँच वटा मेयर सहित बहुमत नेकपा एमालेले जितेको छ । एमालेले उमाकुण्ड गाउँपालिकामा मेयर जिते पनि नेपाली काँग्रसबाट उपमेयरमा उर्मिला कार्कीले चुनाव जितेकी छन् । नेकपा एमालेले टिकट दिदा जातिए सन्तुलन मिलाउँने, सामाजिक रुपमा जनतासँग घुलमिल भएको र राजनीतिक प्रभाव हेरेर टिकट दिने गरेरकाले चुनाव जित्ने गरेको बताइन्छ । उसले अहिले जितेका पालिकाहरुमा मन्थली नगरपालिका, खाँडदेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, लिखुँ–तामाकोशी र उमाकुण्ड गाउँपालिका रहेका छन् ।
त्यसैले रामेछापका कम्युनिष्टहरु अधिकांश जनताका शत्रु हुन्, कोरोना भाइरस जस्तै हुन्, संक्रामक ढंगले पैmलन सक्छन् यीनीहरुबाट । त्यसैले यिनिहरुबाट मुक्त हुन रामेछापका जनताहरुले चाहना राखेका छन् ।
कम्युनिष्टहरुले रामेछापको निर्दोष जनतामाथि गरेको भ्रष्टा राजनीतिको कारण रामेछापको जनताहरु वाक्क भएका छन् । कम्युनिष्टहरु एक भएको अवस्थामा पनि नेपाली काँग्रेसले ८ वटा स्थानीय तहमध्ये ५ वटामा सजिलोसँग चुनाव जित्न सक्ने अवस्था छ । एक मात्र प्रतिनिधि सभा र दुईवटा प्रदेश सभा भएको सबै निर्वाचन क्षेत्र नेपाली काँग्रेसले सजिलोसँग जित्न सकिने अवस्था छ ।
यदि रामेछापका कम्युनिष्टहरु नेपाली काँग्रेससँग चुनावी गठबन्धन गर्न चाहन्छन् भने नेपाली काँग्रेसमा प्रवेश गरे भैहाल्छ । २०७४ सालको स्थानीय निर्वाचनदेखि अहिलेसम्म रामेछापको हजारौ कम्युनिष्टहरु नेपाली काँग्रेसमा प्रवेश गरिसकेका छन् । चुनावी गठबन्धन गर्नु भन्दा तपाईहरु नै काँग्रेस प्रवेश गर्नुमा नै तपाईंहरुको पनि हितमा हुने छ । किनकि देश विगारेको आरोप खेप्नु पर्ने छैन नि ।


