तरुण खबर
११ भाद्र २०७८, शुक्रबार ०८:५९
काठमाडौं । अमेरिककामा पछिल्लो २४ घण्टा (२६, अगष्ट) मा १९ लाख १० हजार ९४० जनाको परीक्षण गर्दा १ लाख ६९ हजार ९५३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २५, अगष्टमा ३२ लाख ६१ हजार ३१० जनाको नमुना परीक्षण गर्दा १ लाख ७८ हजार ६१४ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (२६, अगष्ट) मा कोरोना भाइरसको संक्रमणबाट १ हजार २१५ जनाको मृत्यु भएको छ । २५, अगष्टमा कोरोना भाइरसको संक्रमणबाट एक हजार ३८६ जनाको मृत्यु भएको थियो ।
२०७८, भदौ ११ गते शुत्रबार बिहान ७.०० बजेसम्ममा ३ करोड ९३ लाख ४२ हजार १५३ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये शुक्रबार बिहान ७.०० बजेसम्ममा ३ करोड ७ लाख ३२ हजार १२० जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार भदौ ११ गते विहान ७.०० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७९ लाख ५८ हजार ७७ जना छन् ।
नेपाली समय अनुसार भदौ ११ गते शुक्रबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले ५७ करोड ५५ लाख ४० हजार २२६ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब २४ करोड ४० लाख ९० हजार ९४५ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब २४ करोड ४० लाख ९० हजार ९४५ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट भदौ ११ गते शुक्रबार बिहान ७.०० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख ५१ हजार ९५६ जनाको मृत्यु भैसकेको छ ।
भदौ ११ गते बिहान ७.०० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या २१ करोड ५४ लाख ७७ हजार २४२ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ लाख ८८ हजार ५७० जना छन् ।


