अफगानिस्तानको हवाई अड्डामा बम विस्फोट हुँदा ६० भन्दा बढीको ज्यान गयो

अफगानिस्तानको हवाई अड्डामा बम विस्फोट हुँदा ६० भन्दा बढीको ज्यान गयो तरुण खबर ११ भाद्र २०७८, शुक्रबार ०९:२५
अफगानिस्तानको हवाई अड्डामा बम विस्फोट हुँदा ६० भन्दा बढीको ज्यान गयो

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गए पनि अमेरिकाले गरिरहेको हवाई उद्धारकार्य जारी नै रहने अमेरिकी राष्ट्रपति जो बाइडनले जानकारी दिएका छन् ।

हामीले यो मिसन सम्पन्न गर्नै पर्छ र हामी गर्नेछौँ अमेरिकी राष्ट्रपति बाइडनले भनेका छन् । उनले अपराधीहरूलाई खोजेरै छाड्ने वाचा पनि गरे । अगस्ट १५ तारिकमा तालिबानले आफ्नो नियन्त्रणमा लिएको काबुलबाट हालसम्म एक लाखभन्दा बढी नागरिकलाई अन्यत्रै लगिएको छ । तर अगस्ट ३१ तारिखमा अमेरिकी फौज फर्कनु अघि नै त्यहाँबाट बाहिरिनका लागि कैयौँ अफगानहरू विमानस्थल पुगिरहेका छन् । राष्ट्रपति बाइडनले मिसन सम्पन्न गर्ने वाचा गर्दै भने– हामी आतङ्कवादीहरूसँग डराउने छैनौं ।

बिहीवार आक्रमण हुँदा अफगानिस्तानमा साँझको झन्डै ६ बजेको थियो । शुरुमा विमानस्थलको एउटा प्रवेशद्वारमा आक्रमण गरिएको थियो, जहाँ अमेरिकी र ब्रिटिश सेनाले मानिसहरूलाई विमानस्थल जानका लागि आवश्यक प्रक्रियाहरू पूरा गर्दै थिए । त्यसको केही समय पछि गोली चलेको आवाज आयो । केही मिनेटको अन्तरालमा ब्रिटिस अधिकारीहरूले प्रयोग गरेको एउटा होटेलमा पनि विस्फोटन भयो । अमेरिका र यूकेले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइएसआइएस–केले आत्मघाती हमला गर्नसक्ने भन्दै पहिले नै चेतावनी दिएको भए पनि उद्धारका लागि आएका विमानमा स्थान पाउने आशामा विमानस्थल आसपासको क्षेत्रमा ठूलो भिड जम्मा भएको थियो । उक्त जिहादी समूहले हमलाको जिम्मेवारी लिएको छ । अमेरिकी राष्ट्रपति बाइडनले भने– हामी माफ गर्ने छैनौँ । हामीले बिर्सने छैनौँ । हामी तिमीहरूलाई खोजेरै छाड्ने छौँ र सजाय दिने छौँ ।

विस्फोटमा थुप्रै तालिबान सुरक्षा गार्डहरू पनि घाइते भएको बताइएको छ । हमला हुनसक्ने भन्दै क्यानडासहित कैयौँ युरोपेली मुलुकले काबुल विमानस्थलबाट गर्दै आएको उद्धार कार्य रोकेकै दिन विस्फोटको घटना भएको हो । अफगानिस्तानको काबुल अन्तराष्ट्रिय हवाई अड्डाको बाहिर बम विस्फोट हुँदा १३ जना अमेरिकी सैनिक एक चिकित्सक सहित ६० जनाको मृत्यु भएको छ । अमेरिकाले घटनाबारे सञ्चारकर्मीहरुलाई जानकारी दिदै दर्जनौं अमेरिकी सेना घाइते भएको बताइएको छ । रुसी विदेश मन्त्रालयका अनुसार कावुल अन्तराष्ट्रिय हवाई अड्डामा दुई वटा आत्मघाती बम विस्फोट गराउँदै बन्दूकधारीहरुले गोली चलाएका थिए ।

अफगानिस्तानमा अस्पताल संचालन गरिरहेका इटलीको एक संस्थाले जानकारी दिए अनुसार हवाई कार्यालय बाहिर भएको घटनामा ६० जनाभन्दा बढी घाइते भएका छन् । यस्ता घाइते पनि थिए जो अस्पताल पु¥याउँन नपाउँदै १० जनाभन्दा बढीको मृत्यु भएको थियो । संयुक्त राष्ट्र महासचिव एन्तोनि गुतारेस, ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन बम विस्फोट र आतंककारी हमलाको विरोध गर्दै आ–आप्mना नगरिकको उद्धारमा तत्कालै लाग्न अनुरोध गरेका छन् ।

अमेरिकी अधिकारीका अनुसार बम विस्फोट गराएर नागरिकलाई आतंकित पार्ने काम इस्लामिक स्टेट समूहको हात रहेको जानकारी आएको छ, इस्लामिक स्टेट समूह तालिबानको चरमपन्थी समूह हो ।