सिम्रौनगढ नगरपालिकाको विकासमा मेरो दृष्टिकोण

सिम्रौनगढ नगरपालिकाको विकासमा मेरो दृष्टिकोण तरुण खबर १२ भाद्र २०७८, शनिबार १०:२६
सिम्रौनगढ नगरपालिकाको विकासमा मेरो दृष्टिकोण

विजयशंकर यादव

सिम्रौनगढ नगपालिकाको बारेमा उल्लेख गरिएन भने नेपालको इतिहास अधुरो हुने कुरामा कसैको पनि फरक मत छैन । सिम्रौनगढका बारेमा अहिलेसम्म स्वदेशी तथा विदेशी पुरातत्वविद्द्वारा धेरै अनुसन्धान भएका छन् । यी अनुसन्धानहरुले सिम्रौनगढ कुनै बेला दक्षिण एशियाका सम्मुन्नत राज्यहरुमध्येको एक राज्य तिरहुतको राजधानी रहेको प्रमाणित भैसकेको छ । तर उत्खनन् हुँन बाँकी नै रहेकाले तत्कालिन राजधानी सिम्रौनगढका राजाहरुले राखेका आधिकारिक अभिलेख फेला पर्न सकेका छैनन् । तर उनीहरुका पालमा बनेका पोखरी, मूर्ती, कंकालिनी मन्दिर, रानीवास दरवारलगायतका समाग्रीहरु अहिले पनि साक्षीको रुपमा रहेका छन् ।

सिम्रौनगढको बारेमा सुनिएका किंवदन्ती तथा साहित्यकार, पत्रकार, अन्वेषक, पर्यटन व्यवसायीहरुद्वारा पछिल्लो समयमा मिडियामा लेख तथा समाचार आउन थालेका छन् । यसैलाई सँगालोको रुपमा सिम्रौनगढ नगरपालिकाद्वारा प्रकाशन गर्ने गरी एउटै दस्ताभेजमा उल्लेख गर्ने कोशिसका गरिएको छ । सिम्रौनगढ नदेखेका तथा नजानेकाहरुका लागि सूचनाको स्रोत होस् र सिम्रौनगढ बारेमा जानकारी राख्ने स्थानीय तथा घुम्न आउने अतिथीहरुद्वारा थप सुझावको अपेक्षा साथ सिम्रौनगढ नगरपालिकाद्वारा करिब तीन वर्षअघि सिम्रौनगढ प्रकाशन गरिएको थियो । र, अहिले पुनः फरक ढंगले प्रकाशन गर्न लागिएको छ ।

संघीय राजधानी काठमाडौं उपत्यकाको दरवार स्क्वाएर जस्तै सिम्रौनगढ दरबार स्क्वायर पनि विश्वसम्पदा सूचिमा सामेल होस् भन्ने मेरो चाहना छ । हामी यसलाई सुन्दर पर्यटकीय स्थलका रुपमा विकास गर्न चाहन्छौं ।

सदीयौं पुरानो तथा अत्यान्त संमृद्ध इतिहास हुँदाहुँदै पनि सिम्रौनगढ ओझेलमा परेको छ । नेपालमा सिम्रौनगढ जतिको गौरव गर्न लायक ऐतिहासिक स्थलहरु निकै थोरै छन् । तैपनि सिम्रौनगढ ओझेलमा परेको छ । बत्तिमुनी अँधेरो भनेको यही हो । अथाह संभावना हुँदाहुँदै पनि सिम्रौनगढ किन पछि प¥यो ? भन्ने प्रश्नको उत्तर जटिल छैन । विकासका मुख्य पूर्वाधार भनेको शिक्षा र सडक सुविधा हो तर यो सुविधाबाट लामो समयसम्म सिम्रौनगढ बञ्चित रहेको कुरा जाहेर नै छ ।

सिम्रौनगढको ऐतिहासिकताको उजागर गर्ने, राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा यसको गौरवमय इतिहासको प्रचार गर्ने हामी स्थानीयबासीले नै हो । बाहिरबाट आएर कसैले गरिदिँदैन भन्ने कुरामा सर्वप्रथम हामी स्पष्ट हुनु जरुरी छ । १३औं शताब्दिमा गयासुद्धिन नामक मुस्लिम सेनाहरुले आक्रमण गरी सिम्रौनगढलाई ध्वस्त बनाएका थिए । उनीहरुले सिम्रौनगढको ऐतिहासिकतालाई माटोमै मिलाउने काम गरे । केही शाताब्दी पछि सिम्रौनगढ क्षेत्र सेन राज्य अन्तर्गत गाभियो । सेन राजाहरुले केही शताब्दी शासन गर्दा पनि सिम्रौनगढको पहिचान उजागर गराउने प्रयास भएको देखिएन । पृथ्वीनारायण शाहको नेतृत्वमा भएको एकीकरणका क्रममा तत्कालिन सेन राज्यको उत्तरी भेग नेपालको सीमा क्षेत्र अन्तरगत प¥यो । तर नेपाल एकीकरण पछि पनि लामो समयसम्म सिम्रौनगढको ऐतिहासिकता खोज्ने प्रयास गरिएन । एकै चोटी विक्रम संवत् १९३५ मा तत्कालिन श्री ३ जंगबहादुर राणका छोरा जगतजंगले सिम्रौनगढमा रानीबास दरवार बनाए । केही मन्दीरहरुको जिर्णोद्वार गरे । त्यस पछि मात्रै सिम्रौनगढको ऐतिहासिकतबारे पहिचान भएको हो । तर यो ऐतिहासिकता झल्काउने गरी यस क्षेत्रको नामकारण गर्ने प्रयास भने कहिल्यै भएन । २०१५ सालमा जननिर्वाचित सांसद हुँदा तत्कालिन प्रधानमन्त्री वीपी कोइरालासँग मेरा पिताजी सांसद भागवतप्रसाद यादवले बारा जिल्लाको नाम सिम्रौनगढ जिल्ला राख्न प्रस्ताव गर्नु भएको रहेछ । वीपी सहमत पनि हुनु भएको रहेछ तर २०१७ सालको काण्ड पछि त्यो प्रस्ताव ओझेलमा प¥यो । मुलुकलाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्ने बेला नारायणी अञ्चलको सट्टा सिम्रौनगढ राख्न अथवा तत्कालिन बारा जिल्लाको नाम सिम्रौनगढ राख्न आँफूले ठूलो प्रयास गरेको मेरा पिताजी भागवतप्रसाद यादवले हामीलाई सुनाउनु भएको मलाई अहिले पनि सम्झना छ ।

सिम्रौनगढमा जम्मा ३ वटा माध्यामिक विद्यालय र एउटा कलेज मात्र छ । जनसंख्याको अनुपातमा यो संख्या ज्यादै थोरै हो । तर (आधारभूत) प्रावि तथा निमावि तहसम्म निजी विद्यालयहरु भने फष्टाएका छन् । सरकारी विद्यालयमा शिक्षकहरुको अभाव छ ।

नयाँ संविधान जारी भएपछि राज्यको पुनसंरचना गर्ने क्रममा स्थानीय तहको अवधारणा आयो । अधिकार सम्पन्न स्थानीयतह निर्माण गर्ने क्रममा सिम्रौनगढको ऐतिहासिकता झल्कने गरी नामाकरण गर्ने मामिलामा मलगायत धेरै नेताहरुको मिहेनत परेको छ । मुलतः स्थानिय जनताको योगदानको कदर गएिको मैले ठानेको छु । सिम्रौनगढको पहिचानलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने एजेण्डा मैले चुनावका क्रममा अघि सारेँको थिएँ । नगरबासीले मलाई चुनावमा जिताउनु भयो, त्यसप्रति सधै म क्रृणि छु । यतिवेला म त्यो दायित्व निर्वाह गर्ने क्रममै छु ।

वास्तवमा सिम्रौनगढको विकास तथा संवृद्धि मेरा स्वर्गवासी पिता भागवतप्रसाद यादवको सपना थियो । पिताजीको त्यो सपनामा मैले आफ्ना पनि केही सपना थपेको छु । सपनालाई विपनामा उतार्ने सानो जमर्को पनि हो यो प्रकाशन । मेरो सपना छ अबको १० वर्ष भित्र सिम्रौनगढ शैक्षिक, यातायात, स्वास्थ्य, कृषी, पर्यटन, भौतिक पूर्वाधारका दृष्टिकोणले मूलूककै अब्वल ठहरियोस् ।

सिम्रौनगढमा जम्मा ३ वटा माध्यामिक विद्यालय र एउटा कलेज मात्र छ । जनसंख्याको अनुपातमा यो संख्या ज्यादै थोरै हो । तर ( आधारभूत) प्रावि तथा निमावि तहसम्म निजी विद्यालयहरु भने फष्टाएका छन् । सरकारी विद्यालयमा शिक्षकहरुको अभाव छ । निश्चित प्राविधिक तथा प्राज्ञिक विषय बाहेक उच्च शिक्षाका लागि सिम्रौनगढबासी बाहिर जान नपरोस्, अन्य ठाउँका विद्यार्थी पनि सिम्रौनगढ आउन भन्ने मेरो चाहना छ ।

जटिल रोग बाहेक स्वास्थ्य उपचारका लागि सिम्रौनगढबासी बाहिर जान नपरोस्, अन्य ठाउँबाट समेत स्वास्थ्य लाभग्राहीहरु सिम्रौनगढ आउन् । नगरपालिका भित्र जम्मा १२ देखि १४ किलोमिटर पक्की (ढलान) सडक र ३० किलोमिटरभन्दा बढी ग्राभेल सडक छ । मेरो कार्यकालभित्र सबै सडक पक्की बनाउने योजनाका साथ म अघि बढेको छु । वीरगञ्ज, कलैया, सिमरामा रोजगारी गर्ने सिम्रौनगढबासीहरु बेलुका बस्न आफ्नै घरमा आउनसक्ने गरी स्तरीय सडक यातायातको व्यवस्था होस् भन्ने ढंगबाट कामलाई तिब्रता दिइएको छ ।

संघीय राजधानी काठमाडौं उपत्यकाको दरवार स्क्वाएर जस्तै सिम्रौनगढ दरबार स्क्वायर पनि विश्वसम्पदा सूचिमा सामेल होस् भन्ने मेरो चाहना छ । हामी यसलाई सुन्दर पर्यटकीय स्थलका रुपमा विकास गर्न चाहन्छौं । नेपाल आउने पर्यटकहरु सिम्रौनगढ अवलोकन नगरी नफर्किउन् । मुलुकका हरेक विद्यार्थीहरु एक पटक सिम्रौनगढ अवलोकन गर्न आउने अवस्था बनोस् र पर्यटकीय होटल तथा रिसोर्टहरु सिम्रौनगढमा खुलुन् भन्ने चाहन्छु । विभिन्न गोष्ठि तथा सेमिनारका लागि सिम्रौनगढ क्षेत्र प्रदेश २ को पहिलो रोजाई बनोस् भन्ने हामी सबैको चाहना छ ।

मेरो सपना छ अबको १० वर्ष भित्र सिम्रौनगढ शैक्षिक, यातायात, स्वास्थ्य, कृषी, पर्यटन, भौतिक पूर्वाधारका दृष्टिकोणले मूलूककै अब्वल ठहरियोस् ।

सिम्रौनगढ कृषि प्रधान नगरपालिका हो । तर सँगसँगै पर्यटकीय संभावना समेत प्रचुर छ । कृषि प्रधानबाट पर्यटकीय प्रधान नगरपालिका बनाउन सक्यौं भने मात्रै पनि सिम्रौनगढबासीको आर्थिक अवस्थामा धेरै ठूलो सुधार आउन सक्छ । इतिहासको कुनै कालखण्डमा सिम्रौनगढ क्षेत्र पर्यटकीय प्रधान थियो । पर्यटकीय सम्पदाको दृष्टिकोणले सिम्रौनगढ धेरै धनी छ । तर प्रचार–प्रसार हुन सकेको छैन । पर्यटकीय सम्पदाको उचित संरक्षण तथा संवर्धन हुन सकेको छैन । उदाहरणका लागि रातिको समय झरोखर पोखरीको डिलबाट हेर्दा करिव ८ किलोमटिर पर रहेको भारतीय बजार घोडासहनमा रेल कुँदेको देखिने गरेको मैले बुढापाकाहरुबाट सुनेको छु । तर अहिले पोखरीको डिल धेरै होचो भइसकेकोले नगरपालिकाले पर्खाल तथा तारवार लगाएर संरक्षण गरिसकेको छ । साथै पोखरीको डिलमा भ्यु टावर निर्माण गर्ने तयारी पनि नगरपालिकाले गरेको छ । भरखरै पोखरीको डिलमा नगरपालिकाले साधारण सभाहल सहितको दुईतले पक्की भवन निर्माण सम्पन्न गरिसकेको छ । दिवंगत नेता भागवत यादवको संझाना स्वरुप उक्त स्थानमा पूर्णकदको शालिक तथा पार्क निर्माण गर्ने कामको थालनी नगरपालिकाले गरिसकेको छ । पोखरीको डिलमा लगाइएका आँपका रुख अधिकंश बुढा भएर ढलिसकेका छन् । रुख नभएको स्थानमा भुक्षय सुरु भएका कारण पोखरी पुरिन सक्ने संभावना बढेको छ । बेलैमा यसको रोकथामका लागि पुनः नयाँ विरुवा रोपेर आँपको बगैंचा निर्माण गर्ने योजना नगरपालिकाले अघि सारेका छ । यस वर्ष मात्रै १ हजार वटा आँपका विरुवा रोपिएका छन् ।

यसैगरी कंकाली मन्दीरभन्दा दक्षिण पूर्वमा ७ विगाह क्षेत्रफलको सुन्दर पोखरी छ । जसलाई इसरा पोखरी भनिन्छ । डिल समेत पोखरी परिसरको क्षेत्रफल ४५ विगाहको छ । तर पानीले ओगटेको ७ विगाह बाहेक अरु जग्गाको समुचित सदुपयोग हुन सकेको छैन । संरक्षणको अभावमा यहाँका कतिपय पूरातात्विक महत्वका अति दुर्लभ मूर्तीहरु काठमाडौंको छाउनी स्थित राष्ट्रिय संग्राहलयमा राखिएको छ । कतिपय मुर्तीहरु यही एउटा भवनमा ताला लगाएर राखिएको छ । ती मूर्तिहरु साविककै ठाउँमा पुनस्र्थापना गर्न सक्ने गरी मन्दीर निर्माण गर्ने तथा सुरक्षा प्रदान गर्ने व्यवस्था भयो भने मात्रै विदेशी पर्यटकहरुलाई सिम्रौनगढमा आकर्षित गराउन सकिन्छ । यथाशिघ्र मन्दीरहरु निर्माण गरी यी मूर्तिहरुलाई मन्दीरमा राख्ने र पूजा–आजाको व्यवस्था गर्ने तयारी नगरपालिकाले गरेको छ ।

यतिबेला आन्तरिक तथा वाह्य पर्यटकका लागि सिम्रौनगढ क्षेत्रको मुख्य आकर्षणको केन्द्र भनेकै रानिवास मन्दिर (दरवार) हो । सिम्रौनगढ बजारबाट एक किलोमिटर पश्चिममा रहेको यो मन्दिर तथा दरवार तत्कालिन श्री ३ जंगबहादुर राणाका छोरा जगतजंग राणाले विसं १९३५मा निर्माण गरेका हुन् । वीरगन्जबाट ३८ किलोमिटर पूर्व तथा कलैयाबाट २२ किलोमिटर दक्षिण पूर्व तथा गौरबाट करिव २२ किलोमिटर पश्चिममा रहेको रानीवास मन्दिर (दरवार) भारतीय सिमानाबाट २ किलोमिटर उत्तरमा पर्छ । सिम्रौनगढ क्षेत्रको उत्खनन् बाँकी नै रहेका कारण पुरातात्विक सम्पदा यति नै छन् भनेर एकीन गर्न सकिने अवस्था छैन । जति पत्ता लागेका छन्, तिनिहरु नै सिम्रौनगढको पर्यटकीय संभावनाका लागि काफी छन् । उदाहरणका लागि सिम्रौनगढ नगरपालिका वडा नं ४ मा पुरातात्विक महत्वका दुई वटा सम्पदा छन् । जसमध्ये एउटा सम्पदालाई सिम्रौनगढका राजाको ढुंगाको बाकस भन्ने गरिन्छ । जमिनको सतह भन्दा करिव चार फिट तल बाकस आकारको कालोबुट्टेदार पत्थर छ । करिव ४ फिट लम्बाई र दुई फिट चौढाइ रहेको यो बुट्टेदार पत्थरको आयतन कति छ ? भन्ने एकीन गरिएको छैन । नेपालबाट मात्रै होइन भारतबाट पनि शैक्षिक भ्रमणमा विद्यार्थीहरु आउने क्रम बढेको थियो, कोरोना भाइरसको संक्रमणका कारण स्थगित भएको छ । पर्यटकहरु बासबस्ने होटल तथा लजको अभाव छ । यसका लागि नगरपालिकाले ठोस अवधारणा ल्याउने तयारी गरेको छ । यसर्थ लगानी सम्मेलनको तयारी नगरपालिकाले गरिरहेको छ ।
(विजयशंकर यादव सिम्रौनगढ नगरपालिकाका मेयर हुन् ।)