तालिवानमाथि पूर्व सरकारमा रहेकाहरुलाई समेट्न अमेरिकीहरुको दवाव

तालिवानमाथि पूर्व सरकारमा रहेकाहरुलाई समेट्न अमेरिकीहरुको दवाव तरुण खबर १२ भाद्र २०७८, शनिबार १०:२९
तालिवानमाथि पूर्व सरकारमा रहेकाहरुलाई समेट्न अमेरिकीहरुको दवाव

काठमाडौं । काबुलको हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थलनजिकै बिहीवार दुईवटा शक्तिशाली बम विस्फोट भएकोमा ११० जनाभन्दा बढीको ज्यान गएको छ । आक्रमणको जिम्मा ’आईएसआईएस–के’ समूहले लिएको छ । पूरा नाम इस्लामिक स्टेट खोरासन प्रोभिन्स भएको सो समूह अफगानिस्तान र पाकिस्तानमा सक्रिय चर्चित आईएस समूहको क्षेत्रीय सहयोगी हो । अफगानिस्तानमा रहेका विद्रोही समूहमध्ये यो सबैभन्दा अतिवादी र हिंसात्मक समूह हो । इराक र सिरियामा आईएस सबैभन्दा शक्तिशाली रहेको बेला सन् २०१५ को जनवरीमा यसको गठन गरिएको थियो ।

यता, नेपाल फर्किन काबुल विमानस्थलमा जम्मा भएका ४२ जना नेपाली नागरिकहरू बिहीवार साँझ आत्मघाती विस्फोटन भएपछि सुरक्षित स्थानमा बसिरहेको दिल्ली दूतावासका अधिकारीहरूले जानकारी दिएका छन् । आफगानिस्तान पनि हेर्ने नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका एक अधिकारीले एक–दुई दिनभित्रै ती नेपाली नागरिकहरूको समूहलाई स्वदेश फर्काउन विभिन्न स्तरमा कूटनीतिक पहल भइरहेको जानकारी दिएका छन् ।

तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तानबाट बाहिरिन अफगान र विदेशी नागरिकहरू विमानस्थलमा भिड गरिरहेको समयमा भएका ती घटनामा कम्तीमा ११० जनाको ज्यान गयो भने १५० जना घाइते भएका छन् । अमेरिकी रक्षा मन्त्रालयले आक्रमणमा १३ अमेरिकी सैनिकको मृत्यु भएको पुष्टि गरेको छ । पश्चिमा सरकारले काबुलमा आक्रमण हुनसक्ने चेतावनी दिएको केही घण्टामा ती घटना भएका हुन् । पहिलो विस्फोटन स्थानीय समयानुसार बेलुकी ६ बजे ब्यारन होटलनजिकै र विमानस्थलको घेराबाहिर भएको थियो ।

बिहीबार बेलुका भएको सो विस्फोटमा परी ज्यान गुमाउनेको संख्या हालसम्म ११० पुगेको छ । ज्यान गुमाउनेहरूमा २८ जना तालिवानी, १३ जना अमेरिकी सेनाले सो हमलामा परी मारिएका छन् ।

बिहीबार काबुल विमानस्थलनजिक बम विस्फोट भएपछि सरकार गठनबारे भइरहेको प्रगति बाहिर ल्याइएको हो । तालिवानका अनुसार अमेरिकाले अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कर्जाई र राष्ट्रिय पुनर्मिलन उच्च परिषद्का प्रमुख अब्दुल्लाह अब्दुल्लाहलगायतका पूर्वसरकारका केही मानिसलाई नयाँ बन्ने सरकारमा समावेश गर्न दबाब दिइरहेको छ । बिहीबार बेलुका भएको सो विस्फोटमा परी ज्यान गुमाउनेको संख्या हालसम्म ११० पुगेको छ ।

ज्यान गुमाउनेहरूमा २८ जना तालिवानी, १३ जना अमेरिकी सेनाले सो हमलामा परी मारिएका छन् । आफूहरू अमेरिकासँग सन् २०२० मा गरेको सम्झौताअनुसार आतंकवादी क्रियाकलापका लागि अफगानी भूमि प्रयोग गर्न नदिने सर्तमा अडिग रहेको पनि तालिवानले प्रस्ट पारेको छ । महिलाहरूलाई पहिलेको सरकारमा जस्तै सरकारका विभिन्न अंगहरूमा, विशेषगरी स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्न अनुमति दिने पनि बताएको छ । तालिवानले भ्रष्टाचारविरुद्ध लड्न स्थानीय तहमा विशेष अदालतको पनि व्यवस्था गर्ने बताएको अलजजिरा न्यूजमा छ ।

बम विस्फोट भएको घटना नजिक रहेको होटल ब्रिटिश अधिकारीहरूले ब्रिटेन जान चाहने अफगान नागरिकहरूको कागजपत्र हेर्न प्रयोग गरिरहेका छन् । पहिलो बम विस्फोटन भएपछि बन्दुकबाट गोली चलाइएको र त्यसपछि विमानस्थलको एउटा प्रमुख प्रवेशद्वारनजिकै दोस्रो विस्फोटन भएको थियो । समाचारहरूका अनुसार दोस्रो विस्फोट फोहोर पानी बग्ने ढलनजिकै भएको थियो, जहाँ अफगान नागरिकहरू कुरिरहेका थिए । विस्फोटका कारण केही मानिसहरू ढलको पानीमा पुगेका थिए ।

अमेरिकी अधिकारीका अनुसार कम्तीमा एक आक्रमणकारीले विस्फोटक पदार्थ भिरेका थिए । आबी गेटमा हालै अमेरिकी र ब्रिटिश सेनाले पहरा दिन शुरु गरेका थिए बीबीसीको न्यूजमा छ । कसैले एक आक्रमणकारीले भिडमा गोली चलाएको बताए पनि समाचारमा तालिबान सुरक्षाकर्मीले हावामा गोली चलाएको बताइएको छ । आक्रमणमा मारिने अमेरिकी र तालिबानसहित अफगान नागरिकको कुल संख्या पुष्टि भइसकेको छैन् । त्यो अझै बढिरहेको छ ।

अमेरिकी रक्षा मन्त्रालयले १३ सैनिक मारिएको र १५ जना घाइते भएको बताएको छ । आक्रमणपछि हजारौँ मानिसहरूलाई अफगानिस्तानबाहिर लग्ने उद्धार अभियानलाई असर पार्ने बताइएको छ । आक्रमणअघि नै जर्मनी, नेदरल्यान्ड्ड र क्यानडा लगायतका केही देशले अब थप उडान गर्न नसक्ने बताएका थिए । सो विमानस्थलमा छ वर्षदेखि सुरक्षा प्रदान गर्न खटिएको टर्कीको सेना पनि फर्किने घोषणा गरेको छ ।