विश्वभरमा संक्रमणबाट ४५ लाख ७ हजार ८४० भन्दा बढीको मृत्यु

विश्वभरमा संक्रमणबाट ४५ लाख ७ हजार ८४० भन्दा बढीको मृत्यु तरुण खबर १३ भाद्र २०७८, आईतवार ०९:००
विश्वभरमा संक्रमणबाट ४५ लाख ७ हजार ८४० भन्दा बढीको मृत्यु

काठमाडौं । अमेरिककामा पछिल्लो २४ घण्टा (२८, अगष्ट) मा १० लाख १०२ जनाको नमुना परीक्षण गर्दा ७२ हजार ७८५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २७, अगष्टमा १९ लाख ३३ हजार २८३ जनाको नमुना परीक्षण गर्दा १ लाख ९० हजार ५३६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् थिए । पछिल्लो २४ घण्टा (२८, अगष्ट) मा कोरोना भाइरसको संक्रमणबाट ६४८ जनाको मृत्यु भएको छ । २७, अगष्टमा कोरोना भाइरसको संक्रमणबाट १ हजार ३०४ जनाको मृत्यु भएको थियो ।

२०७८, भदौ १३ गते आइतबार बिहान ७.०० बजेसम्ममा ३ करोड ९६ लाख १७ हजार ४१७ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये आइतबार बिहान ७.०० बजेसम्ममा ३ करोड ८ लाख १२ हजार २४२ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार भदौ १३ गते विहान ७.०० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ८१ लाख ५० हजार ७९३ जना छन् ।

नेपाली समय अनुसार भदौ १३ गते आइतबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले ५७ करोड ८४ लाख ७३ हजार ६११ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब २४ करोड ७० लाख २४ हजार ३३० जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब २४ करोड ७० लाख २४ हजार ३३० जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट भदौ १३ गते आइतबार बिहान ७.०० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख ५४ हजार ३८१ जनाको मृत्यु भैसकेको ।

भदौ १३ गते बिहान ७.०० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या २१ करोड ६७ लाख ४७ हजार ९३४ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ लाख ७ हजार ८४० जना छन् ।