तरुण खबर
१४ भाद्र २०७८, सोमबार ०९:०३
काठमाडौं । भारतमा ६३ करोड ९ लाख नगरिकले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । २०७८, भदौ १३ गते साँझसम्ममा भारतले ५१ करोड ८६ लाख ४२ हजार ९२९ जनाको कोरोना भाइरसको नमुना परीक्षण गर्दा ३ करोड २७ लाख ३७ हजार ५६९ जना कुल संक्रमित भएका छन् । कुल संक्रमितमध्ये ३ करोड १९ लाख १५ हजार ९६९ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ
संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२९, अगष्ट) मा १७ लाख ५५ हजार ३२७ जनाको नमुना परीक्षण गर्दा ४३ हजार ३८१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २८, अगष्टमा १९ लाख ३३ हजार २९३ जनाको नमुना परीक्षण गर्दा ४५ हजार ५८ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (२९, अगष्ट) मा कोरोना भाइरसको संक्रमणबाट ५२७ जनाको निधन भएको छ । २८, अगष्टमा कोरोना भाइरसको संक्रमणबाट ४५७ जनाको निधन भएको थियो ।
नेपाली समय अनुसार भदौ १४ गते सोमबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड २७ लाख ३७ हजार ५६९ जना छन् । २०७८, भदौ १४ गतेसम्ममा भारतले ५१ करोड ८६ लाख ४२ हजार ९२९ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, भदौ १४ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड १९ लाख १५ हजार ९६९ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ ।
भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ८३ हजार २१३ जना छन् । पछिल्लो २४ घण्टा (आइतबार) मा ३४ हजार ८४१ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । २०७८, भदौ १४ गते सोमबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ३८ हजार ३८७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।


