बीपी कोइराला: राष्ट्रिय विभूति बनाउँने काँग्रेसलाई अबसर

बीपी कोइराला: राष्ट्रिय विभूति बनाउँने काँग्रेसलाई अबसर परशु घिमिरे १४ भाद्र २०७८, सोमबार ०९:०७
बीपी कोइराला: राष्ट्रिय विभूति बनाउँने काँग्रेसलाई अबसर

विश्वका सबै भन्दा पुराना १० वटा देशको सूचिमा नेपालको समेत नाम भएको कुरा वेदका मर्मज्ञहरु बताउँछन् । तर बेदलाई इतिहास तथा अभिलेखका रुपमा नभएर पौराणिक ग्रन्थका रुपमा लिइएका कारण आधिकारिक मान्न सकिने अवस्था छैन । मल्लकालको मध्य समयतिर नेपाल विश्वको १० वटा शभ्य तथा सम्पन्न देशहरुको सूचिमा रहेको इतिहासविद्हरुको भनाई छ । यो भनाईलाई विश्वास गर्न सकिने यथेष्ट प्रमाणहरु काठमाडौं उपत्याकामा साक्षी छन् । मल्लकालमा काठमाडौं उपत्याकामा जे जस्ता भौतिक संरचना निर्माण भएका छन् त्यो कालखण्डसम्म विश्वका थोरै मुलुकमा मात्रै यस्ता भौतिक संरचना निर्माण भएको पाइन्छ ।

हज्जारौं वर्षको इतिहास बोकेको नेपाल ३ सय ५० वर्ष अघिसम्म पनि विश्वका १० वटा सभ्य र सम्पन्न मुलुकको सूचिमा रहेको थियो तर नेपाल आज विश्वका सबै भन्दा कमजोर र अबिकसित मुलुकहरुको सूचिमा दर्ज भएको छ । किन, कसरी र कहिले देखि नेपाल यो खराव हालतमा पुग्यो ? भन्ने प्रश्नको उत्तर खोज्दा विभिन्नथरीले विभिन्न थरीलाई आरोप प्रत्यारोप लगाउने गर्दछन् । जहिलेदेखि मल्ल राजाहरुले नेपाललाई अंश लगाएर टुक्रा टुक्रा बनाए तहिलेदेखि नै नेपालको खराब हालत सुरु भएको आरोप शाह बंशीय राजाका समर्थकहरुले लगाउने गरेका छन् । यता मल्लराजाका समर्थकहरुले भने जहिलेदेखि शाह राजाहरु नेपालको गद्दीमा बसे तहिले देखि नेपालको खराव हालत शुरु भएको आरोप लगाउने गरेका छन् । वस्तावमा सत्य तथ्य के हो ? भन्ने खोजी इतहासविद्हरुले गर्नु जरुरी छ । मल्ल राजाहरुले काठमाडौं उपत्याकालाई तीन वटा राज्यमा विभाजित गरेपछि पनि धेरै भौतिक संरचनाहरु निर्माण भएका छन् । अधिकांश भौतिक संरचनाहरु कान्तिपुर, पाटन र भादगाउँ (येँ, यल र खोप) बीचको प्रतिस्पर्धाका उपज थिए । मल्ल राजाहरुले आफ्नो मोेजमस्ती भन्दा पनि विकासका पूर्वाधार निर्माणमा राज्यको कोष खर्च गरेको देखिन्छ । उनीहरुको मुख्य कमजोरी सैन्य क्षमताको विकास गर्नेतर्फ ध्यान नजानु हो । सेना पाल्दा राज्यको ढुकुटी विकास निर्माणमा खर्च गर्न नसकिने दृष्टिकोण मल्ल राजाहरुको देखिन्छ ।

पृथ्वीनाराण शाहको तस्वीरसँगै बीपी कोइराला र भानुभक्त आचार्यको पनि तस्वीर राख्दा सुनमा सुगन्ध हुन्छ भन्ने कुरा नेपाली सेनाले अझै बुझेको देखिन्न । किनकि उहाँहरु तीनै जना राष्ट्रिय विभूति हुनुहुन्छ । किनकी पंचायतकालमा बीपीलाई अराष्ट्रिय तत्व घोषणा गरिएको अभिलेख नेपाली सेनाले अझै नसच्याएका कुरा बाहिर आएको छ ।

यता गण्डकी क्षेत्रतिरका शाह राजाहरुले भने सैनिक संरचनामा बढी ध्यान दिएको देखिन्छ । गण्डकी क्षेत्रका शाह राजाहरुले विकास निर्माणका संरचनामा ध्यान दिएको पाइँदैन । गोर्खा , लमजुङ, काश्की क्षेत्रमा शाह राजाहरुद्वारा निर्माण गरिएका भौतिक संरचना छँदै छैनन् भने पनि हुन्छ । आँफू बस्ने दरबारका रुपमा निर्माण गरिएको टहरो टाइपको सानो घर बाहेक गण्डकी क्षेत्रका शाह राजाहरुले निर्माण गरेका भौतिक संरचनाहरु देख्न सकिन्न । गरेको भए पो देखिनु । तत्कालिन गोर्खा राज्यको दरवार परिसरमा रहेको एउटा चौतारो, जसलाई राम शाहको चौतारो भनिन्छ । उक्त चौतारो पनि राज्यको कोषबाट नभएर झागल गुरुङले श्रमदानबाट बनाइ दिएका थिए । राजाको कर्तव्य विकास निर्माण हो भन्ने चेतना गण्डकी प्रदेशका शाह राजाहरुमा पलाउन बाँकी रहँदै गोर्खाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकीकरण अभियान सुरु भयो । पृथ्वीनारायण शाहले आफ्नो जीवनकाल भरी एकीकरण बाहेक अरुतिर ध्यान दिन सकेनन् । राज्यको कोष एकीकरणकै लागि खर्च हुनु स्वभाविक थियो । तर काठमाडौं उपत्याकाका तीन राज्य (तत्कालिन नेपालको केन्द्र तथा सरहद) हात लागे पछि भने राजाको कर्तव्य भनेको विकास निर्माण पनि हो भन्ने पर्याप्त चेतना पृथ्वीनारायण शाहमा आएको देखिन्छ । उनको दिव्योपदेशमा यो कुरा छर्लंग देखिन्छ ।

दिव्योपदेश भनेको पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्तिम अवस्थामा आफ्ना उत्तराधिकारीका लागि दिएको मार्गदर्शन हो । तर दुर्भाग्यवस पृथ्वीनारायण शाहका उत्तराधिकारीहरुले या त दिव्योपदेशलाई धोती लगाइ दिए, या त दिव्योपदेशमा उल्लेखित मार्गदर्शनहरुलाई उनीहरुको दिमागले विश्लेषण गर्न सकेन । इतिहास हेर्दा पृथ्वीनारयाण शाहका नाती रणबहादुर शाहको पालासम्म राज्य बिस्तारमै समय तथा स्रोत साधन खर्च भएको पाइन्छ । राणबहादुर शाहको जीवनको उत्तरार्धदेखि त्रिुभुवन शाहको जीवनको उतरार्धसम्म राजाहरुलाई खोपीमै मोजमस्तीको अबसर जुराएर अर्कैले शासन गरेको पाइन्छ । यस अवधीमा भीमसेन थापादेखि मोहनशमशेरसम्मले शासन गरे, उही शैलीमा शासन गरे । यी शासकहरुले आफ्नो निजी प्रयोजनका लागि ठूला–ठूला दरबार तथा भौतिक संरचना निर्माण गरेको पाइन्छ । उनीहरुले नेपाल एकीकरणको मर्मलाई समेत विर्सेको देखिन्छ । किनभने २००७ सालसम्म पनि नेपाल भनेर काठमाडौं उपत्याकालाई मात्रै चिनिन्थ्यो । उपत्याका बाहिरबाट ‘नेपाल’ प्रवेश गर्दा भीषा चाहिन्थ्यो उपत्याका बाहिरका रैतीहरुको पहिचान नेपालीका रुपमा थिएन । उपत्याकाका रैतीहरुलाई मात्रै नेपाली भनिन्थ्यो । नेपाल संयुक्त राष्ट्र संघको सदस्य थिएन । नेपाली भाषालाई गोर्खा भाषा भनिन्थ्यो ।

पृथ्वी नारायण शाहको नेतृत्वमा एकीकरणको कदम अघि नबढेको भए सायद नेपाल भन्ने देश नरहन पनि सक्थ्यो । यसै गरी २००७ सालमा क्रान्ति नभएको भए नेपालको हालत तिब्बत, कश्मीर तथा सिक्किमको जस्तो हुन्थ्यो, नभए भुटानको जस्तो त पक्कै हुन्थ्यो ।

नढाँटीकन भन्नु पर्दा मेचीदेखि महाकाली र हिमालदेखि तराई–मधेससम्मका सबै जनताले आँफू नेपाली हुँ, हाम्रो देश नेपाल हो भन्ने यर्थाथता अवगत गराएको २००७ सालको जनक्रान्तिले नै हो । भूगोलको एकीकरण गरिसक्दा नसक्दै पृथ्वीनारायण शाहको निधन भयो । सामिजिक एकीकरणको काम अघि बढाउन त्यसपछिका शासक लामो समयसम्म चुके । यही सन्दर्भमा नेपाली कांग्रेसको उदय भयो । जसरी पृथ्वीनारायण शाहको कदम इतिहासको माग थियो, त्यसरी नै नेपाली काँग्रेसको उदय तथा २००७ सालको जनक्रान्ति पनि इतिहासको माग थियो । अर्थात २००७ सालको जनक्रान्ति नेपाल एकीकरणकै निरन्तरता थियो । निसन्देह नेपाली कांग्रेसको स्थापना तथा २००७ सालको जनक्रान्तिका डिजाइनर तथ अगुवा बीपी कोइराला नै हुन् । वास्तवमा पृथ्वीनारायण शाह र बीपी कोइराला एक अर्काका परिपुरक हुन् । पृथ्वी नारायण शाहको नेतृत्वमा एकीकरणको कदम अघि नबढेको भए सायद नेपाल भन्ने देश नरहन पनि सक्थ्यो । यसै गरी २००७ सालमा क्रान्ति नभएको भए नेपालको हालत तिब्बत, कश्मीर तथा सिक्किमको जस्तो हुन्थ्यो, नभए भुटानको जस्तो त पक्कै हुन्थ्यो ।

पृथ्वनारायण शाहको हुर्मत लिएर वीपीको मात्रै प्रशंसा गर्नु, बीपीको हुर्मत लिएर पृथ्वीनारायण शाहको मात्रै प्रशंसा गर्नु कि त अबुझ पनि हो, कि त कुनै षड्यन्त्र हो । तर मुलुक यही षड्यन्त्रको शिकार भइरहेको छ । राजा महेन्द्रलाई शिखण्डी बनाएर शुरु गरिएको यो षड्यन्त्र यतिबेला डा. बाबुराम भट्टराई, पुष्पकमल दाहाल प्रचण्ड हुँदै मधेशीदल तथा लिम्बुवानका नाममा अघि बढाइएको छ । नेपाली सेना पनि यो मामिलामा चुकेको होकि जस्तो देखिएको छ । आफ्ना व्यारेकहरुमा पृथ्वीनारयाण शाहको तस्वीरलाई निरन्तरता दिएर नेपाली सेनाले स्तुत्य काम गरेको छ । किनकी पृथ्वीनारायण शाह पूर्वराजा मात्रै नभएर नेपालका निर्माता पनि हुन् । पृथ्वीनाराण शाहको तस्वीरसँगै बीपी कोइराला र भानुभक्त आचार्यको पनि तस्वीर राख्दा सुनमा सुगन्ध हुन्छ भन्ने कुरा नेपाली सेनाले अझै बुझेको देखिन्न । किनकि उहाँहरु तीनै जना राष्ट्रिय विभूति हुनुहुन्छ । किनकी पंचायतकालमा बीपीलाई अराष्ट्रिय तत्व घोषणा गरिएको अभिलेख नेपाली सेनाले अझै नसच्याएका कुरा बाहिर आएको छ ।

त्रिभुवनको जीवन त राणाहरुको खोपीबाट मुक्त हुने क्रममै वित्यो । त्रिभुवनका छोरा महेन्द्रले भने मज्जाले शासन चलाउने मौका पाए । बास्तवमा १० जना शाह बंशीय राजाहरु मध्ये एकीकृत नेपालमा निर्धक्क भएर शासन सत्ता संचालन गरेको महेन्द्र शाहले मात्रै हो । महेन्द्रले आफ्ना पुर्खा पृथ्वीनारायण शाहको दिव्योपदेशलाई मात्रै मार्गदर्शनका रुपमा लिन सकेको भए नेपालले हरेक क्षेत्रमा ठूलो फड्को मार्नसक्ने अवस्था थियो । तर उनी दिव्योपदेशको ठिक उल्टो दिशामा गए ।

पृथ्वीनारयाण शाहले आफ्ना बालसखा विराज बखेतीलाई काजी (कार्यकारी प्रमुख) नबनाएर कालु पाण्डेलाई किन काजी बनाइएको हो ? भन्ने उदाहरण दिँदै दिव्योपदेशमा स्पष्ट भनेका छन्– ‘जनताबीच जो लोकप्रिय छ, उसैलाई काजी बनाउनु ।’ तर महेन्द्रले करिव दुई तिहाई बहुमतका साथ जननिर्वाचित सरकारलाई अपदस्थ गरेर शासन सत्ता आफ्नो हातमा लिए ।

उदाहरणका लागि पृथ्वीनारयाण शाहले आफ्ना बालसखा विराज बखेतीलाई काजी (कार्यकारी प्रमुख) नबनाएर कालु पाण्डेलाई किन काजी बनाइएको हो ? भन्ने उदाहरण दिँदै दिव्योपदेशमा स्पष्ट भनेका छन् –‘ जनताबीच जो लोकप्रिय छ, उसैलाई काजी बनाउनु ।’ तर महेन्द्रले करिव दुई तिहाई बहुमतका साथ जननिर्वाचित सरकारलाई अपदस्थ गरेर शासन सत्ता आफ्नो हातमा लिए । जनताले नचिनेका सुर्यबहादुर थापा र तुलसी गिरिलाई आलोपालो मनोनित प्रधानमन्त्री बनाउने सिलसिला सुरु गरे । जननिर्वाचित प्रधानमन्त्री बीपीलाई जेलमा सडाएर कहिले थापा र कहिले गिरि अघि सार्नु भनेको पृथ्वीनारायण शाहको दिव्योपदेशको घोर उल्लंघन थियो । यसैगरी कतिपय भनाईको शाब्दिक अर्थ लगाउँदा उल्टो परिणम निस्कन्छ । उदाहरणका लागि किर्तीपुरेहरुले गोर्खालीसँग लडाँइ हारेपछिको प्रसंगलाई लिन सकिन्छ । अवेय किल्ला किर्तीपुरलाई गोर्खालीले कब्जा गरेपछि किर्तीपुरेहरुको इज्यत गयो । इज्यत जानुलाई नाक काटिनु भनिन्छ । तर अंग्रेज इतिहासकारले नाक काटिनुको लाक्षणिक अर्थ बुझेन् । उनले शाब्दिक अर्थ निकाल्दै अंग्रेजीमा ‘नोजकट’ लेखिदिए । त्यसैका आधारमा अहिलेसम्म पनि कतिपयले पृथ्वीनारायण शाहलाई चंगेज खाँ जस्तै क्रुर शासक भन्ने गरेका छन् । यसै गरी राजा महेन्द्रले पनि दिव्योपदेशमा उल्लेखित ‘प्रजा मोटा भया दरबार बलियो हुन्छ’ भन्ने बाक्यको लाक्षणिक अर्थ बुझेनन् । यसको लाक्षणिक अर्थ हो– ‘जनता अधिकार सम्पन्न भए भने राज संस्था दिगो हुन्छ ।’ तर महेन्द्रले उल्टो बुझ्दै जनताका अधिकार खोसे, जसको परिणामले राज संस्था फालियो । बास्तवमा राजसंस्था उन्मुलनको शिलन्यास २०१७ साल पुस १ गते महेन्द्रले गरेका हुन् । ज्ञानेन्द्रले त २०५९ असाज १८ गते गणतन्त्रको उद्घाटन गरेका मात्रै हुन् ।

पृथ्वीनारायण शाह नेपालका एकिकरण कर्ता नभएर बिस्तार कर्ता मात्रै हुन् भन्ने मान्यता स्थापित गराउने ठूलो प्रपञ्च मुलुकमा भइरहेको छ । यो प्रपञ्चमा पश्चिमा मुलुक, तथा छिमेकी मुलुक लाग्नुको आफ्नै स्वार्थ छ । यो स्वार्थ स्वभाविक पनि हो । किनकी पृथ्वीनारयण शाहले इशाई पादरीलाई लखेटेकोमा पश्चिमा मुलुकहरु बदला लिन चाहन्छन् । छिमेकी मुलुक भारत त के चाहन्छ ? स्पष्ट नै छ । तर राजावादीहरु तथा नेपाली सेना अझै भ्रम मुक्त हुन नसकेको हो कि ? भन्ने देखिन्छ । किनकी एकीकरण सहमतिका आधारमा हुन्छ, बिस्तार बलपूर्वक हुन्छ । तर पृथ्वीनारयण शाहले बलपुर्वक कदम चालेको सन्देश सेना तथा राजावादीको गतिविधिले पनि दिएको छ । जबकी पृथ्वीनारायण शाहले बलपुर्वक नभएर सहमतिका आधारमा आधुनिक नेपाल निर्माण गरेका हुने भन्ने येथेष्ट प्रमाण र आधारहरु छन् । यी आधारलाई ओझेलमा पारेर बलपूर्वक आधुनिक नेपाल निर्माण गरिएको हो भन्ने सन्देश प्रवाह नहोस् ।

पहिलो कुरा त गर्खा बाट गोर्खा भएको हो । गर्खा भनेको कसैको अधिनमा नभएको सानो भूभाग हो । शाह बंशीय राजाहरुमा दैवी शक्ति छ भन्ने प्रचारका लागि गोरखनाथको प्रसंग जोडियो । लडाँइका क्रममा शत्रुपक्षलाई मनोवैज्ञानिक रुपमा परास्त गर्नका लागि त्यतिबेलाको युगमा यो प्रसंग जोड्नु नाजायज थिएन । तर पृथ्वीनारयाण शाहका उत्तराधिकारीहरुले आँफूलाई तानाशाह बनाउन पनि यही अस्त्र प्रयोग गरे । तर शाह राजाहरुमा दैवी शक्ति रहेनछ भन्ने कुरा अब प्रमाणित भइसक्यो । गोरखनाथको कुरा अब आन्दर्भीक भइसकेको छ । भारतीय सत्तारुढ पार्टी विजेपीको विस्तारबादी नीतिलाई बल पु-याउनु बाहेक गोखनाथको यो प्रसंगले अब कुनै काम दिँदैन ।

दोस्रो कुरा गर्खा आफैमा जम्मा १२ हजार घरधुरी भएको , उव्जाउ जमिन नभएको गरिव र अत्यान्त सानो राज्य थियो । एउटा हात्ति दाइजोका लागि समेत पृथ्वीनारायण शाह त्यतिविधि लालयित थिए । गरिवीबाट मुक्तिका लागि चालिएको पहिलो पाइला सफल भएपछि दोस्रो, तेस्रो पाइला चाल्दै जाने क्रममा आधुनिक नेपाल निर्माण भयो । परिणाम राम्रै आयो । सुरुवाती उद्देस्य जे भए पनि परिणम राम्रै निस्केका कारण पृथ्वीनारयण शाहको कदर गर्नै पर्छ । तर कदर गर्ने क्रममा धोती फुस्कन्छकी भन्ने ख्याल गर्नु जरुरी छ । घाउको खाटा कोट्यायो भने झिँगा भन्किने संभावना बढ्छ । अब पनि यर्थाथ कुरा चपाएर पृथ्वीनारायण शाहको देवत्वकरण गर्न खोज्नु भनेको घाउको खाटा कोट्याउनु जस्तै हो । यस्ता कदमले पृथ्वीनारयाण शाहलाई राक्षसीकारण गर्नेहरुलाई बल पुग्ने मात्रै हो । पृथ्वीनारायण शाहको देवत्वकरण गरेर राजतन्त्र फर्काउन सकिन्छ कि ? भन्ने कल्पना अब राजावादीहरुले नगरुन ।