तरुण खबर
१४ भाद्र २०७८, सोमबार ०९:१०
काठमाडौं । क्रियाशी सदस्यको विवाद सकिएपछि अबको ४ दिनमा अर्थात २०७८ भदौ १८ गते वडा अधिवेशन हुने भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रश्ताव थियो– भदौ २२ गते वडा अधिवेशन गरौं । तर सभापति शेरबहादुर देउवाले ठाडै इनकार गर्दै बाहिर मैले (देउवा) महाधिवेशन गराएको रेकर्ड छैन भन्दै हिड्ने, भित्र यस्तो प्रश्ताव राख्ने ? वडा अधिवेशन निर्धारित मितिमै हुन्छ भनेका थिए देउवाले । त्यस्तै, पालिकाको अधिवेशन भदौ २७ गते, प्रदेश क्षेत्र क र खको अधिवेशन असोज १ गते, संघिय निर्बाचित अधिबेसन असोज ५ गते र जिल्ला अधिवेशन असोज १० गते हुने भएको छ ।
१४औं महाधिवेशन प्रारम्भ भएको मानिने नेपाली काँग्रेसका शिर्ष नेताहरुको विश्वास छ । नेपाली काँग्रेसको १४औं महाधिवेशन आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म हुनेछ । पार्टीको जिल्ला नेतृत्वका लागि सभापतिको उम्मेदवार बन्न दुईथरी नीति बनाइएको व्यापक विरोध भएको छ । काँग्रेसको विधानमा जिल्ला सभापति बन्न तोकिएको व्यवस्थाविपरीत ३० साउनमा बसेको काँग्रेस केन्द्रीय समिति बैठकले एउटा निर्वाचन क्षेत्र हुने जिल्लामा एउटा र एकभन्दा बढी निर्वाचन क्षेत्र हुने जिल्लामा फरक–फरक नीति तय गरेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रश्ताव थियो– भदौ २२ गते वडा अधिवेशन गरौं । तर सभापति शेरबहादुर देउवाले ठाडै इनकार गर्दै बाहिर मैले (देउवा) महाधिवेशन गराएको रेकर्ड छैन भन्दै हिड्ने, भित्र यस्तो प्रश्ताव राख्ने ? वडा अधिवेशन निर्धारित मितिमै हुन्छ भनेका थिए देउवाले ।
काँग्रेस विधानमा जिल्ला सभापति बन्न कम्तीमा १० वर्ष निरन्तर नेपाली काँग्रेसको क्रियाशील सदस्य भएको केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट जिल्ला सभापतिको निर्वाचन हुने व्यवस्था उल्लेख छ । तर, केन्द्रीय समिति बैठकले भने विधानविपरीत एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा भने क्षेत्रीय प्रतिनिधि नै जिल्ला सभापतिका लागि उम्मेदवार बन्न पाउने व्यवस्था गर्ने निर्णय गरेको छ । यस्तै एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका हकमा भने महाधिवेशन प्रतिनिधिमध्येबाट नै जिल्ला सभापति चयन हुनेगरी निर्देशिका बनाइएको छ ।
‘एक मात्रै निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय प्रतिनिधि नै जिल्ला सभापतिका उम्मेदवार बन्न पाउँछन्, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा सभापतिको उम्मेदवार बन्न महाधिवेशन प्रतिनिधि हुनैपर्छ,’ कांग्रेसका एक पदाधिकारीले बताए ।
‘एक निर्वाचन क्षेत्र भएका जिल्लामा एउटा नियम र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा अर्को नियम ठीक होइन, दुईथरी व्यवस्था नगरौं, यसलाई अझै सुधार्न सकिन्छ, यसतर्फ ध्यान दिऔं,’ ओखलढुंगाका नेता रामहरि खतिवडाले भने । काँग्रेस विधानमा जिल्ला सभापति पदमा विजयी हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्नेहुन्छ ।
काँग्रेसको विधानमा जिल्ला सभापति बन्न तोकिएको व्यवस्थाविपरीत ३० साउनमा बसेको काँग्रेस केन्द्रीय समिति बैठकले एउटा निर्वाचन क्षेत्र हुने जिल्लामा एउटा र एकभन्दा बढी निर्वाचन क्षेत्र हुने जिल्लामा फरक–फरक नीति तय गरेको छ ।
पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जना उम्मेदवारबीच पुनः मतदान गरी बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछ । तर, पहिलोपटकमा नै दुई जना मात्रै उम्मेदवार भएमा बढी मत ल्याउने व्यक्ति निर्वाचित हुनेछ ।
चुनाव लड्न नपाउँने सभापतिहरुमा
जिल्ला सभापतिमा तेस्रो पटक चुनाव लड्न नपाउनेहरुमा इलामका सभापति हिमालय कर्माचार्य, झापाका सभापति उद्धव थापा, तेह्रथुमका सभापति गोविन्द ढुंगाना, भोजपुरका सभापति नन्दमणि राई, मोरङका सभापति डिकबहादुर लिम्बु, सुनसरीका सभापति राजीव कोइराला, उदयपुरका सभापति विदुर बस्नेत, सप्तरीका सभापति दिनेश यादव, ललितपुरका सभापति मदन अमात्य, नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसी, गोरखाका सभापति हरिबहादुर घले, मनाङका सभापति टेकबहादुर गुरुङ, रुपन्देहीका सभापति अब्दुल रज्जाक, कपिलवस्तुका सभापति सुरेन्द्रराज आचार्य, रोल्पाका सभापति अमरसिंह पुन, सल्यानका सभापति गणेश चन्द, दाङका सभापति कीर्तिबहादुर खड्का, कालिकोटका सभापति हर्षबहादुर बम, जाजरकोटका सभापति दीपकजंग शाह, दैलेखका सभापति कृष्णकुमार बीसी, बर्दियाका सभापति सञ्जय गौतम, बाजुराका सभापति कविराज पण्डित, अछामका सभापति भरतबहादुर स्वाँर, कैलालीका सभापति नरनारायण शाह र डडेल्धुराका सभपति कर्णबहादुर मल्लले तेस्रो पटक चुनाव लड्न पाउँने छैनन् ।


