तरुण खबर
१४ भाद्र २०७८, सोमबार ०९:१४
काठमाडौं । कृष्ण जन्माष्टमीलाई गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती र कहिलेकाही साधारण भाषामा जन्माष्टमी पनि भन्ने गरिन्छ । भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो । थारू समुदायमा महिलाहरूले श्रीकृष्ण जन्माष्टमी पर्वलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । भदौ महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा यो पर्व पर्ने हुँदा थारु भाषामा यसलाई ‘अष्टिम्की’ भन्ने गरिन्छ । आज २०७८, भदौ १४ गते राती ११.५९ बजेदेखि १२.४४ सम्म ४५ मिनेट पुजाको साइत देखिएको छ ।
कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन–कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौँ अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए भनिन्छ ।
भारतको उत्तर प्रदेशमा भने स्वास्थ्य मापदण्ड पालना गर्दै भव्य रुपमा कृष्ण जन्माअष्टमी मनाउँन प्रदेश सरकारले अनुरोध गरेको छ । यसैका लागि रात्रीकालिन कप्र्यू हटाउँने निर्णय गरिसकेको छ ।
कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उनका मुखारविन्दबाट व्यक्त श्रीमद्भागवत गीता हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए । जन्माष्टमीमा पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरेकोमा कोरोना भाइरसको संक्रमण बढ्ने आशंकाका कारण यस वर्ष पुजा–आजामा रोक लगाइएको छ । नेपालभित्र कमै पाइने शिखरको शैलीको कृष्ण मन्दिर उत्कृष्ठ ठहर भएको थियो ।
राजा सिद्धिनरसिंह मल्लले वि.सं. १६८७ मा निर्माण गरेका थिए । एक किम्बदन्ती अनुसार राजाले सपनामा राधा र कृष्णको लीला त्यसै ठाउँमा देखेपछि पाटनको मंगलबजारमा कृष्णको मन्दिर बनाउँने अठोट गरेका थिए । मन्दिरमा महाभारत र रामायणकालका अनेक दृश्यवली कुँदिएका छन् । यो मन्दिरको सामू गरुडको काश्य मूर्ति पनि छ । तर यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण ठूलो मेला नहुने भएको छ । मङ्गलबजारस्थित कृष्ण मन्दिरमा सोमबार भक्तजनलाई पूजाका साथै दर्शन गर्न नदिने भएको छ ।
हरेक वर्ष भाद्र कृष्णाष्टमीका दिन कृष्ण मन्दिरमा दर्शनार्थीको ठूलो मेला लाग्ने भएकाले मुलुकमा दिनानुदिन बढ्दै गइरहेको कोरोना महामारीलाई ध्यानमा राखी सोमबार सर्वसाधारणलाई मन्दिर छिर्न नदिने भएको हो । यो वर्ष पनि गत वर्ष झैँ कोभिड सङ्क्रमण फैलने डरका कारण भक्तजनलाई मन्दिर प्रवेशमा रोक लगाएको छ । कृष्णको दर्शन गर्न नदिने मन्दिरका पूजारी प्रतापधर राजोपाध्यायले जानकारी दिए । भारतको उत्तर प्रदेशमा भने स्वास्थ्य मापदण्ड पालना गर्दै भव्य रुपमा कृष्ण जन्माअष्टमी मनाउँन प्रदेश सरकारले अनुरोध गरेको छ । दुई दिनका लागि रात्रीकालिन कप्mर्यू हटाउँने निर्णय गरिसकेको छ ।
यसै उपलक्ष्यमा काठमाडौंलगायत मुलुकका विभिन्न नगरका विभिन्न धार्मिक सङ्घ-संस्थाहरूद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकालिने चलन छ । भारतमा समेत विभिन्न समुदायका हिन्दू धर्मावलम्बीहरू कृष्णाष्टमी हर्षोल्लासका साथ मनाउने गर्छन् । देवकी तथा वसुदेवका आठौँ सन्तानको रूपमा कृष्णको जन्म भएको थियो । प्राचीन अभिलेखहरूको आधारमा तथा खगोलीय गणनाको आधारमा कृष्णको जन्म जन्माष्टमी १८ जुलाई ३२२८ इसापूर्वमा भएको थियो । उनी १८ फेब्रुअरी ३,१०२ इसापूर्वसम्म धर्तीमा रहेका थिए । कृष्ण मथुराका यादवको भृष्नी कुलका थिए ।
जन्माष्टमीमा पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्छ । नेपालभित्र कमै पाइने शिखरको शैलीको कृष्ण मन्दिर उत्कृष्ठ ठहर भएको थियो । राजा सिद्धिनरसिंह मल्लले वि.सं. १६८७ मा निर्माण गरेका थिए । एक किम्बदन्ती अनुसार राजाले सपनामा राधा र कृष्णको लीला त्यसै ठाउँमा देखेपछि पाटनको मंगलबजारमा कृष्णको मन्दिर बनाउँने अठोट गरेका थिए ।
वर्तमान समयमा मथुरा जिल्ला, उत्तर प्रदेशका यादवहरूको राजधानी रहेको थियो । देवकीको भाइ राजा कंशले आफ्ना बुवा उग्रसेनलाई जेलमा राखी आफूले राज्यसत्ता कब्जा गरेका थिए । एउटा भविष्यवाणीबाट डराएर उनले दुवै देवकी र उनको पतिलाई जेलभित्र कैद गरेर राखेका थिए । भविष्यवाणी अनुसार उसको मृत्यु देवकीको आठौँ सन्तानको हातबाट हुने भन्ने थियो । कंशले सुरूका छ सन्तानलाई मारेपछि देवकीले सातौँ सन्तानलाई गायब पारेकी थिइन् । यथार्थमा देवकीले गोप्यरूपले सो बच्चा रोहिणीलाई दिएकी थिइन्, जो बलराम थिए । देवकी महाभारत कालमा मथुराका राजा उग्रसेनका भाइ देवककी कन्या थिईन् । उनी भगवान श्रीकृष्ण र बलरामकी माता थिइन् । देवकीलाई अदितिको अवतार भनिएको छ । एक भनाईका अनुसार देवकीको पूर्वजन्म पृष्णिका रूपमा भयो । त्यस जन्ममा उन विवाह राजा सुतपससँग भएको थियो ।
जन्मिने बित्तिकै विष्णुले वासुदेवलाई कृष्णलाई नन्द र यसोदा बसोबास गर्ने स्थान गोकुल पु¥याउन लगाए, जहाँ कृष्ण आनन्दले आफ्नो मामा कंशबाट टाढा रही बाँच्न सक्थे । वासुदेवले कृष्णलाई लिएर यमुना नदी तारी सकुशल गोकुल पु¥याए । त्यहाँ सबैजना सुतिरहेकोले वासुदेवले कसैलाई पत्तो नदिइकनै कृष्णलाई त्यहीँ छाडी यसोधाको छोरी लिएर कारावास फर्केर आए । कंशले त्यस अबोध बच्चालाई देवकीको आठौँ सन्तान ठानी ढुङ्गामा फालेका थिए । तर उनी हावामा उडी योगमाया (विष्णुको सहायक) को रूपमा स्थानान्तरित भइन् र कंशलाई उसको मृत्युको बारेमा चेतावनी दिएर गायब भइन् । कृष्ण गोकुलमै आफ्ना दाइ बलरामसँग हुर्केका थिए । पछि उनी मथुरा फर्के र बलरामको सहायताले कंशको संहार गरे भनिन्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ को सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्दै सावधानीका साथ यो कृष्ण जन्मअष्टमी पर्व मनाउनसमेत सबैलाई आग्रह गरेकी छन् । उनले हिन्दु सनातन धर्म मान्नेहरुलाई शुभकामना दिएकी छ । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि जन्मअष्टमीको शुभकामना दिएका छन् ।


