तरुण खबर
१५ भाद्र २०७८, मंगलवार ०८:३८
काठमाडौं । २५ बर्षदेखि स्पोटब्वाइमा काम गर्दै आईरहेका राजु फुयालको प्रस्तुतिमा निर्माण भैरहेको चलचित्र “प्रेमगन्ज“ को एउटै गितमा ३० लाख लगानी भएको छ । यो खर्च सुटिङको खर्च मात्र हो । अडियो र पोष्टको लगानी जोड्दा झन्डै ४० लाख पर्ने सम्भावना छ । कलरको काम इन्डियामा हुने भएकोले यो गितमा मात्रै ४० लाख लगानी पुग्ने देखिएको हो ।
फरेनहाईट क्लबमा तीन दिन छायांकन भएको यो गीतमा नायिका बेनी साहमाल, सन्जोग रसाइलीसँगै अन्य एक हजार जना झुमेका थिए । गीतको कोरियो ग्राफी वाईल्ड रिपर्जले गरेको थियो । दीक्षा थापाको स्वरमा रहेको यो क्लब गीतलाई उ “जितेर गई या हारेर गई“ फेम्ड लेखक पुरुश्वोत्तम ढुङ्गेलले लेखेका हुन् भने किरण भुसालले संगीत भरेका छन् ।
पहिलो लकडाउन पछि सुरु भएको चलचित्रको छायांकन दोश्रो लकडाउन सङै रोकिएको थियो । अहिले लकडाउन केही लुजभएसँगै चलचित्रको छायांकन धमाधम भइरहेको छ । चलचित्रको सम्पूर्ण टिमलाई कोरोना खोपको सुबिधासहित होटेलमा राखिएको छ । चलचित्र युनिट सुरक्षित होस् भनेरै सम्पूर्ण युनिटलाई एकै स्थानमा राखेर काम गरिएको हो ।
परिच्छेद सेनको लेखन तथा निर्देशनमा निर्माण भैरहेको चलचित्रलाई सन्जय लामाले छायांकन गरिरहेका छ्न भने चलचित्रको कार्यकारी भुमिकामा अनन्तमान श्रेष्ठ छन् । “प्रेमगन्ज“चलचित्र चौतारीको ब्यानरमा निर्माण भैरहेको छ ।


