अमेरिकामा ४ करोड १० लाखभन्दा बढी संक्रमित

अमेरिकामा ४ करोड १० लाखभन्दा बढी संक्रमित तरुण खबर १६ भाद्र २०७८, बुधबार ११:३६
अमेरिकामा ४ करोड १० लाखभन्दा बढी संक्रमित

काठमाडौं । विश्वमा कोभिड– १९ को महामारीका कारण कम्तीमा ४५ लाख मानिसले ज्यान गुमाएका छन् । विश्वभरबाट संकलन गरेको सम्बन्धित मुलुकको आधिकारिक तथ्यांकअनुसार बुधबार बिहान ७ बजेसम्ममा कुल ४५ लाख ३२ हजार ४ सय ४५ कोभिड– १९ संक्रमितको मृत्यु भएको छ । कोभिडका कारण जुलाईको सुरुमा सबैभन्दा धेरै दैनिक सात हजार आठ सय कोभिड संक्रमितको मृत्यु भएको थियो ।
गत हप्ता प्रतिदिन औसत एक हजार दुई सय ९० जनाको मृत्यु भएको र संयुक्त राज्य अमेरिका पुनः एकपटक विश्वकै सबैभन्दा बढी मृत्यु हुने मुलुकका रूपमा देखिएको छ । यस वर्षको जनवरीमा अमेरिकामा प्रतिदिन औसत तीन हजार तीन सय ८० जनाको मृत्यु दर्ता गरिएको थियो भने यो संख्या ग्रिष्मऋतुको सुरुसम्ममा घटेर दुई सयमा झरेको थियो ।

अमेरिककामा पछिल्लो २४ घण्टा (३१, अगष्ट) मा १६ लाख ११ हजार ५६ जनाको नमुना परीक्षण गर्दा १ लाख ५४ हजार ८९० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ३०, अगष्टमा ३१ लाख ५९ हजार ३५८ जनाको नमुना परीक्षण गर्दा १ लाख २३ हजार २३६ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (३१, अगष्ट) मा कोरोना भाइरसको संक्रमणबाट १ हजार २३१ जनाको मृत्यु भएको छ । ३०, अगष्टमा ६२० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।

२०७८, भदौ १६ गते बुधबार बिहान ७.०० बजेसम्ममा ४ करोड १ लाख ८ हजार ९८६ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये बुधबार बिहान ७.०० बजेसम्ममा ३ करोड १० लाख ११ हजार ३९१ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार भदौ १६ गते विहान ७.०० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ८४ लाख ३९ हजार ७०३ जना छन् ।

नेपाली समय अनुसार भदौ १६ गते बुधबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले ५८ करोड ४१ लाख ३५ हजार ६८ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब २५ करोड २६ लाख ८५ हजार ७८७ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब २५ करोड २६ लाख ८५ हजार ७८७ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट भदौ १६ गते बुधबार बिहान ७.०० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख ५७ हजार ९०९ जनाको मृत्यु भैसकेको ।

भदौ १६ गते बिहान ७.०० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या २१ करोड ८५ लाख ३ हजार ४८८ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ लाख ३२ हजार ४४५ जना छन् ।