अमेरिकामा कुल संक्रमितमध्ये ६ लाख ६६ हजार ५५९ जनाभन्दा बढीको मृत्यु

अमेरिकामा कुल संक्रमितमध्ये ६ लाख ६६ हजार ५५९ जनाभन्दा बढीको मृत्यु तरुण खबर २२ भाद्र २०७८, मंगलवार १०:२२
अमेरिकामा कुल संक्रमितमध्ये ६ लाख ६६ हजार ५५९ जनाभन्दा बढीको मृत्यु

काठमाडौं । अमेरिककामा पछिल्लो २४ घण्टा (६, सेप्टेम्बर) मा ९ लाख ५३ हजार ४७६ जनाको नमुना परीक्षण गर्दा ३९ हजार ६४४ जना कोरोना भाइरसको संक्रमित भएका छन् । ५, सेप्टेम्बरमा ९ लाख ८ हजार ६३३ जनाको नमुना परीक्षण गर्दा ४४ हजार ८७२ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (६, सेप्टेम्बर) मा कोरोना भाइरसको संक्रमणबाट २३६ जनाको मृत्यु भएको छ । ५, सेप्टेम्बरमा कोारोना भाइरसको संक्रमणबाट ४१७ जनाको मृत्यु भएको थियो ।

२०७८, भदौ २२ गते मंगलबार बिहान ७.०० बजेसम्ममा ४ करोड ८ लाख ६५ हजार ७९४ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये मंगलबार बिहान ७.०० बजेसम्ममा ३ करोड १३ लाख ३५ हजार २७८ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार भदौ २२ गते विहान ७.०० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ८८ लाख ६३ हजार ९५७ जना छन् ।

नेपाली समय अनुसार भदौ २२ गते मंगलबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले ५९ करोड ३३ लाख ७१ हजार २२० जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब २६ करोड १९ लाख २१ हजार ९३९ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब २६ करोड १९ लाख २१ हजार ९३९ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट भदौ २२ गते मंगलबार बिहान ७.०० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख ६६ हजार ५५९ जनाको मृत्यु भैसकेको छ ।

भदौ २२ गते बिहान ७.०० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या २२ करोड १९ लाख ५३ हजार ३७२ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ लाख ८८ हजार २१० जना छन् ।