तरुण खबर
२३ भाद्र २०७८, बुधबार १२:०२
काठमाडौं । महिला अधिकारकर्मी र महिलाको क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिहरुले पुश्ता समानता र महिला समानताको लागि नयाँ अभियान सुरु गर्न आन्दोलनलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने बताएका छन् । बेइजिंग वियोण्ड कमिटिले आज गरेको पेरिस र मेक्सिको फोरमको बारेमा सिकाई आदान प्रदान कार्यक्रममा अधिकारकर्मीहरुले उक्त कुरा बताएका हुन् । भरच्युएल माध्यमबाट भएको छलफल कार्यक्रममा सय भन्दा बढि अधिकारकर्मी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोग, महिला विभाग र महिला आयोगका प्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा बियोण्ड बेजिङ कमिटि नेपालका अध्यक्ष शुसिला श्रेष्ठले पुस्ता समानता र लैगिंक समानता कायम गर्नको लागि बनेका कानुनहरुको कार्यान्वयनमा जोड दिनु पर्ने र त्यसका लागि सचेतना आवस्यक रहेको बताउनु भयो । उहाँले पहिलो पुश्ताका अग्रज महिला नेताहरुबाट धेरै कुरा सिक्न बाँकी रहेको बताए ।
बियोण्ड बेजिङ कमिटि नेपालका पूर्व अध्यक्ष शान्तालक्ष्मी श्रेष्ठले बेइजिंग वियोण्ड कमिटिले देशव्यापी रुपमा अभियान सञ्चालन गरेर सबैलाई एकताबद्ध गरेर जेनेरेसन समानताका लागि काम गर्नु पर्ने अंसको समान अधिकारलाई व्यभारमा कार्यान्वयन गर्न लगाउनु पर्ने बताइन् । राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक लक्ष्मी घिमिरेले समानता र महिला अधिकार स्थापित गर्नको लागि आयोग सधै सहयोगि भूमिकामा रहने बताए । कार्यक्रममा तीन समुहमा बिभाजित भएर स्थानीय तह, प्रदेश र संघिय तहमा के कस्ता कार्यक्रम र अभियान गर्ने भन्ने छलफल गरि निष्कर्श निकालिएको थियो ।


