नेपालको पर्यटनसँग जोड्नै पर्ने विषय हो– योग

नेपालको पर्यटनसँग जोड्नै पर्ने विषय हो– योग कमल नेपाल २५ भाद्र २०७८, शुक्रबार ०९:०५
नेपालको पर्यटनसँग जोड्नै पर्ने विषय हो– योग

यतिबेला विश्व नै कोरोना भाइरस (कोभिड–१९) संक्रमणले अक्रान्त छ । विश्वका ७ अर्ब जनसंख्यामध्ये करिव ४० प्रतिशत जनता कोरोनाबाट प्रभावित भएका छन् । २०७८ भदौ २५ गते शुक्रबारसम्म विश्वमा कोरोना संक्रमणबाट मृयु हुनेमा कुल संक्रमितमध्ये करिब ४६ लाख १९ हजार २६४ जना नागरिक पुगेका छन् । कोरोना भाइरसजस्ता विभिन्न रोग यसअघि पनि आएका थिए, लाखमा होइन कोरोडौं मान्छे मारिएको इतिहास छ । सन् १९१८ मा फैलिएको स्पेनिश फ्लूले पुरै विश्वलाई आतंकित बनाएको थियो । जनवरी १९१८ देखि १९२० सम्ममा स्पेनिश फ्लूले ५ देखि १० करोडसम्म मान्छे मारेको अनुमान गरिएको थियो । केही समयअघि अन्तर्राष्ट्रिय योग दिवश भएकाले मान्छेको जीवनमा योगको महत्व कति छ र योग गर्दा भाइरससँग जुध्ने प्रतिरोधात्मक क्षमता कसरी विकास हुन्छ भन्ने सन्दर्भमा आप्mनो ज्ञान शेयर गर्ने उदेश्यले योगकै विषयमा चर्चा गर्ने कोसिश गरेको छु ।

योगको शाब्दिक अर्थ ः भारतको प्रश्ताव र नेपालको समर्थनमा संयुक्त राष्ट्र संघले केही वर्षअघि २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने सूची सार्वजनिक गरेको थियो । तसर्थ यतिबेला योग अन्तर्राष्ट्रियकरण भैसकेको छ । नेपाले चाहिँ २०३६ साल माघ १ गतेदेखि अर्थात् १४ जनवरीलाई विश्व योग दिवसका रूपमा मनाउने परम्परा सुरु गरिसकेको थियो । धेरैपछि मात्र योगबाट भारतको पहिचान विश्वव्यापी रूपमा फैलिन सक्छ भनेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघमा प्रस्ताव लैजानु भएको हो । यस प्रकरणमा पनि नेपाल चुकेको छ ।

योगलाई नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानद्वारा २०४० सालमा प्रकाशित नेपाली बृहद शब्दकोशको पृष्ठ १,११२ मा चित्तलाई ईश्वरमा लिन गराउनका लागि एकाग्र हुने कार्य भनिएको छ । आपसी हेलमेल र मेलमिलाप पनि योग नै हो । मैले काभ्रेपालाञ्चोक जिल्लाको बेथाञ्चोक ढुंखर्क–३ मा माउण्ट महाभारत होमस्टे नामक कम्पनी सञ्चालन गरेको करिव ६ वर्ष भयो । मेरा ग्राहकमध्ये आधाभन्दा बढी विदेशी नै हुने गरेका थिए । कोभिड–१९ कारण विदेशीहरु आउँन सकेका छैनन् । योगको प्रारम्भ नेपाल–भारतजस्ता मुलुकबाट भए पनि पश्चिमा मुलुकहरुमा अत्याधिक लोकप्रिय हुदै गएको योग उनीहरुले नै विस्तारै जीवन पद्धती बनाउँदै गएका छन् । मोरारजी देसाइ राष्ट्रिय योग संस्थानका निर्देशक डा. ईश्वर वी.बासावरड्डीले योगबाट करोडौं मान्छेले स्वास्थ्य लाभ लिइरहेको बताएका छन् । योग एउटा यस्तो जीवन पद्धति हो, जसलाई आधिकालदेखि मानिसले उपयोग गर्दै आएका थिए, आज पनि गर्दै छन् । तर योग नेपालमा जन्मिएर उत्तरमा चीन र दक्षिणमा भारत हुँदै विश्वभर फैलिएको एउटा ज्ञान–विज्ञान हो भन्ने कुरा हामीले स्थापित गराउन सकेनौं । त्यसको लाभ भारतले आर्थिक, सामाजिक रुपमा उठाइरहेको छ ।

फिनल्याण्डकी टेरेसा पर्यटकका रुपमा काभ्रे जिल्लाको बेथाञ्चोक सात–आठ पटक आएकी छन् । उनी पटक पटक गरेर एक वर्षजति ढुंखर्क बेथानचोकमै बसिन् । पोल्याण्डका नागरिक बेफको जीवन नै योग हो । भारतमा बसेर योग सिकाउने उनी पनि शान्ति खोज्दै ढुंखर्क, बेथाञ्चोक आएका थिए ।

वास्तवमा योगले हाम्रो बदलीदो जीवनशैलीका कारण उत्पन्न हुने विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक रोग समाधान गर्न प्रभावकारी हुन्छ भन्ने प्रमाणित नै गरिदिएको छ । त्यसैले शरीरलाई मनसँग जोड्नु नै योग हो भनिन्छ ।

योगप्रति आजको आकर्षण
र, मेरा ग्राहकमध्ये अधिकांश विदेशीले योग गर्ने ठाउँका बारे पहिले नै सोध्ने गर्छन् । त्यसैले मैले मेरो होमस्टेमा योग गर्ने अगलग्गै हल बनाएको छु । केही वर्षअघि अमेरिकी नागरिक क्याफ्री थोप नेपाल आएका थिए । कुनै बेला हिप्पी संस्कृतिबाट प्रभावित उनी योगबाट आप्mनो जीवन रुपान्तरित भएको बताउँथे । योग सिकाउने शिक्षक बनिसकेका उनलाई नेपालको संस्कृति, परम्परा अति मन पर्छ भन्थे । हरेराम, हरेकृष्ण भजन गाउन सिपालु क्याफ्रि आप्mनो मुलुक फर्कनु पर्दा आँखाबाट सधै झार्छन् ।

त्यस्तै फिनल्याण्डकी टेरेसा पर्यटकका रुपमा काभ्रे जिल्लाको बेथाञ्चोक सात–आठ पटक आएकी छन् । उनी पटक पटक गरेर एक वर्षजति ढुंखर्क बेथानचोकमै बसिन् । पोल्याण्डका नागरिक बेफको जीवन नै योग हो । भारतमा बसेर योग सिकाउने उनी पनि शान्ति खोज्दै ढुंखर्क, बेथाञ्चोक आएका थिए । टर्किस नागरिक माइकल करिब तीन वर्षअघि मेरो माउण्ट महाभारत होमस्टेमा आएका थिए, उनी पनि एक वर्ष बसेका थिए । बस्नेमध्ये अधिकांश आफैं काम गर्न खेतबारीमा जान्थें, आफैंले फलाएको तरकारी टिपेर खादा ठूलै युद्ध जितेको अनुभूति गर्थे । फ्रान्सका इभान मात्र होइन, २५० भन्दा बढी विदेशी योग र शान्ति खोज्दै बेथाञ्चोक आएका थिए । पटक पटक गरी दुई हजारभन्दा बढी विदेशी माउण्ट महाभारतमा बसेका थिए । यहाँको हावा, पानी र जंगलले मनलाई शान्ति दिन्छ भन्थे ।

उनीहरुसँगको कुराकानी र अनुभवले छोटो समयमा म एउटा निश्कर्षमा पुग्न म बाध्य भएको छु । हाम्रो सरकारले लगानीको क्षेत्र पहिचान गर्नै सकेको छैन वा प्रतिफल दिने क्षेत्रमा लगानी गरेकै छैन भन्ने मेरो निश्कर्ष हो । मैले यसअघि पनि नेपालको प्राथमिकताको क्षेत्र भनेकै कृषि र पर्यटन हो भनी विभिन्न उदाहरणसहित लेखेका थिएँ । मैल विभिन्न मुलुकका नारिकको रुची यो आलेखमा उल्लेख गर्नुको अर्थ हामीले हाम्रो ठाउँको महत्व र उपयोगिता अझै बुभ्mन सकेका छैनौं भन्ने हो । लगानीको प्रतिफलका आधारमा क्षेत्र निर्धारण गर्न नसक्नु नेपालका गाउँपालिका, नगरपालिका र सरकारको कमजोरीले हो । तर ती निकायले दीर्घकालिन रुपमा प्रतिफल दिने क्षेत्र निर्धारण गर्न ढिलाई गरे भने अझै मुलुक धेरै बर्ष पछाडी पर्ने निश्चित छ । अहिले समृद्धिको कल्पना गर्ने बेला भएको छैन, यो मेरो व्यक्तिगत विश्लेषण हो ।

बेथाञ्चोकमा आकर्षणको राज
महाभारत जंगलको काखैमा रहेको माउण्ट महाभारत होमस्टेले विदेशी ग्रहकहरुलाई आकर्षित गरेको छ । आकर्षित गर्नुको मुख्या कारण महाभारतको जंगल र हिडेको दुई घण्टामा पुगिने महाभारतको काभ्रे जिल्लाको सबैभन्दा अग्लो चुचुरो नारायणथान र गजराम थुम्का हो, जसको उचाईं क्रमशः ३,०१८ मिटर र ३,०१२ मिटर अर्थात ९ हजार ८९९ फीट र ९ हजार ८७९ फीट छ । नारायणथानबाट दक्षिणमा विहारको पटना र उत्तरमा नेपालका प्रसिद्ध हिमालहरु ८,८४८ मिटरको सगरमाथा, ८,५०१ मिटर अग्लो ल्होत्से पहिलो, ८,४७५ मिटर अग्लो मकालु, ७,८७९ मिटर उचाईंको न्हुप्से, ७,२४६ मिटरको लाङटाङ, ७,१४७ मिटरको गौरीशंकरलगायत अन्नपूर्ण, मनास्लु, लमजुङ, गणेश, रोलवाजिङ, महालंगुर, कुम्भकर्णजस्ता हिमालहरु सजिलै देख्न सकिन्छ । यो नै नारायणथान र गजरामकोे आकर्षण हो । त्यसैले मैले होमस्टेसँग योग, फार्म हाउसलाई जोडेर फार्मस्टेका रुपमा विकसित गर्नु पर्छ भनी लविंग गरिआएको छ्ु । यहाँ आउने विदेशी पर्यटकहरु छ महिना वर्ष दिनसम्म बस्नुको अर्को राज प्रकृति नै हो । वास्तवमा योगले हाम्रो बदलीदो जीवनशैलीका कारण उत्पन्न हुने विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक रोग समाधान गर्न प्रभावकारी हुन्छ भन्ने प्रमाणित नै गरिदिएको छ ।

अहिले विश्व स्वास्थ्य संगठन र विश्वविख्यात अनुसन्धान केन्द्रको रिपोर्टलाई आधार मान्ने हो भने सन् २०३० सम्म विश्वको सबैभन्दा ठूलो समस्या ‘तनाव’ हुने भनिएको छ । योगले त्यो तनाव पनि कम गर्छ ।

संस्कृत शब्दमा योग
त्यसैले शरीरलाई मनसँग जोड्नु नै योग हो भनिन्छ । संस्कृत शब्द युजबाट योग भएको हो । संस्कृतमा युजको अर्थ जोड्नु, मिलाउनु हुन्छ । योग’ र ‘योगा’ बीचमा कुनै भिन्नता छैन । ‘योग’ चाहिँ संस्कृतबाट आएको शब्द हो, जसलाई योग् भनी उच्चारण गरिन्छ, यसमा ‘ग’ को खुट्टा काटिएको हुन्छ । अङ्ग्रेजीमा ‘वाइओजिए’ लेखिएकाले गर्दा उच्चारण गर्दा ‘योगा’ भनिएको हो । वास्तवमा, दुईटैको अर्थ उही हो । हाम्रो सरकारले लगानीको क्षेत्र पहिचान गर्न सकेको छैन वा प्रतिफल दिने क्षेत्रमा लगानी गरेकै छैन भन्ने मेरो निश्कर्ष हो ।

योगमा रोग विरुद्ध लड्ने क्षमता
योगहरुमध्ये हठ योग र अष्टाग योग अत्याधिक प्रचलित छ । जसमा आसन र प्रणायमको व्याख्या गरिएको छ । हठयोग र अष्टाग योगले शरीर र मनलाई शुद्ध बनाएर ध्यानतीर लैजाने काम गर्छ । भागवत गीतामा योग सम्बन्धि बृस्तृतमा चर्चा गरिएको छ । गीतामा १८ योगमध्ये सबैलाई एक एक अध्यायमा व्याख्य गरिनुले मानव शरीरलाई उच्च महत्व दिएको देखिन्छ । योगबारे २१८ वटा उपनिषद् लिखित रुपमा पाइए पनि हजारौं उपनिषद् भएको बताइन्छ ।

तर हामीले अष्टाग योग, ज्ञान योग, कर्म योग, भक्ति योग, सन्यास योग, कर्म सन्यास योगलगायत केही योग मात्र सुनेका छौं, थोरै मात्र प्रयोगमा ल्याएका छौं । मैले यतिबेला योगका बारेमा चर्चा गर्नुलाई किन सान्दर्भिक ठानेको छु भने योगले मान्छेमा रोग विरुद्ध लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ, बुढेसकालमा पनि मान्छेलाई जवानझै स्वस्थ, स्फूर्त बनाउँछ । र, योगका आसनहरुले मांसपेशीलाई दरिलो बनाउनुका साथै मान्छे बारम्बार आइरहने तनाव पनि योगले भगाउँछ । पाचन प्रकृयालाई सक्रिय बनाई भोक जगाउनुको साथै निद्रा लगाउँछ । अर्थात शारीरिक स्वस्थता, शारीरिक सुन्दरता मात्र होइन मन र चेतनाको समुन्त विकास लागि विभिन्न वैज्ञानिक अभ्यास समेटिएको हुन्छ योगमा ।

अहिले विश्व स्वास्थ्य संगठन र विश्वविख्यात अनुसन्धान केन्द्रको रिपोर्टलाई आधार मान्ने हो भने सन् २०३० सम्म विश्वको सबैभन्दा ठूलो समस्या ‘तनाव’ हुने भनिएको छ । योगले त्यो तनाव पनि कम गर्छ र मानसिक रुपमा मान्छेलाई बलवान बनाउँछ । हामीले यदि योगको पाठ्यक्रमको विकास गर्ने हो भने विश्व बजारका लागि योग शिक्षक नेपाल आफैंले उत्पादन गर्न सक्छ । विश्व बजारमा योग शिक्षकले १ लाखदेखि ४–५ लाख रुपैयाँसम्म प्रति महिना कमाउन सक्छन् भन्ने कुरा प्रमाण्ति भैसकेको छ । त्यस कारण पर्यटनसँग जोडेर योगको एउटै प्याकेज बनाउनु पर्छ । हरेक नेपालीको भान्सा त औषधालय छदैछ, जहाँ बेसार, नुन, हरियो खुर्सानी, टिम्मुर, अदुवा, ज्वानुजस्ता गुणकारी बस्तु नेपालीले दैनिक प्रयोगमा ल्याएका हुन्छन् ।
(काभ्रे, बेथाञ्चोका पर्यटन व्यवसायी कमल नेपाल सम्बन्धित विषयमा कलम चलाउँदै आउनु भएको छ ।)