तरुण खबर
२६ भाद्र २०७८, शनिबार ०९:४९
काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन कोरोना भाइरसविरुद्ध करिब ७० करोडभन्दा बढी नागरिकलाई खोप लगाइसकेको छ । भारतमा दैनिक औशतमा ३५ हजारसम्म संक्रमित देखिएका छन् । २०७८ भदौ २६ गते शनिबार बिहान ७ बजेसम्ममा विश्वमा २२ करोड ४६ लाख ४४ हजार ५० जनाभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ भने ४६ लाख ३० हजार ७५९ को मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा ६ लाख ७७ हजार १७ को निधन कोरोना भाइरसकै कारण भएको छ । ३३ करोड १४ लाख ४९ हजार २८१ जनसंख्या रहेको अमेरिकामा कोरोना भाइरसका कुल संक्रमितको संख्या ४ करोड १७ लाख ४१ हजार ६९३ जना छन् । ।
६ करोड ३ लाख ५६ हजार २८ जनसंख्या भएको इटालीमा ४५ लाख ९६ हजार ५५८ जना संक्रमित छन्, कुल संक्रमितमध्ये १ लाख २९ हजार ८२८ जनाको मृत्यु भएको छ । ४ करोड ६७ लाख ७६ हजार ३२३ जनसंख्या भएको स्पेनमा ४९ लाख ७ हजार ४६१ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये ८५ हजार २९० जनाको मृत्यु भएको छ । ६ करोड ५४ लाख ४५ हजार ३०९ जनसंख्या भएको फ्रान्समा ६८ लाख ८७ हजार ७९१ जना कोरोना भाइरसका संक्रमित भएका छन् । कुल संक्रमितमध्ये फ्रान्समा १ लाख १५ हजार ४४२ जनाको मृत्यु भएको छ । त्यस्तै, ६ करोड ८३ लाख ९ हजार ९९६ जनसंख्या भएको बेलायतमा ७१ लाख ६८ हजार ८०६ जना कोरोना भाइरसका संक्रमित छन् । कुल संक्रमितमध्ये १ लाख ३३ हजार ९६९ जनाको मृत्यु भएको छ ।
२०७८ भदौ २६ गते शनिबार बिहान ६ बजेसम्ममा सार्कक मुलुकमध्ये १ अर्ब ३९ करोड ६१ लाख २४ हजार ७८ जनसंख्या भएको भारतमा कोरोना भाइरसको संक्रमितको संख्या ३ करोड ३२ लाख ८७७ जना छन् भने कुल संक्रमितमध्ये ४ लाख ४२ हजार ३५० जनाभन्दा बढीको मृत्यु भएको छ । २२ करोड ५५ लाख ३३ हजार ३७६ जनसंख्या भएको पाकिस्तामा कोरोना भाइरसका कुल संक्रमितको संख्या ११ लाख ९७ हजार ८८७ कुल संक्रमितमध्ये पाकिस्तानमा २६ हजार ५८० जनाको मृत्यु भएको छ । १६ करोड ६४ लाख ६८ हजार ५०३ जनसंख्या भएको बंगलादेशमा कुल संक्रमितको संख्या १५ लाख २४ हजार ८९० जनामा संक्रमण देखिएकोमा कुल संक्रमितमध्ये २६ हजार ७९४ जनाको मृत्यु भएको छ ।
२०७८ भदौ २६ गते शनिबार बिहान ६ बजेसम्ममा सार्कक मुलुकमध्ये १ अर्ब ३९ करोड ६१ लाख २४ हजार ७८ जनसंख्या भएको भारतमा कोरोना भाइरसको संक्रमितको संख्या ३ करोड ३२ लाख ८७७ जना छन् भने कुल संक्रमितमध्ये ४ लाख ४२ हजार ३५० जनाभन्दा बढीको मृत्यु भएको छ ।
त्यस्तै, २ करोड १५ लाख १० हजार ७१२ जनसंख्या भएको श्रीलंकामा कोरोना भाइरसका कुल संक्रमित ४ लाख ८० हजार ४७८ जना छन् । कुल संक्रमितमध्ये श्रीलंकामा १० हजार ९९५ जनाको निधन भएको छ भने ५ लाख ५० हजार ८५० जनसंख्या भएको मालदिप्समा ८२ हजार ५७८ जना कोरोना भाइरसका कुल संक्रमित छन् । मालदिप्समा कोरोना भाइरसको संक्रमणबाट २२७ जनाको मृत्यु भएको छ ।
७ लाख ८० हजार ८१९ जनसंख्या भएको भुटानमा २ हजार ५९६ जना व्यक्तिमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ भने कुल संक्रमितमध्ये ३ जनाको मात्र निधन भएको छ । २ करोड ९७ लाख ५८ हजार ५२८ जनसंख्या भएको नेपालमा ७ लाख ७५ हजार ५४८ व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । कुल संक्रमितमध्ये १० हजार ९२४ जनाको निधन भएको छ । नेपालको कुल संक्रमितमध्ये ७ लाख ३६ हजार ६६६ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या थपिदै गएको छ । दैनिक २० देखि ३० जना संक्रमित निधन हुँदै आएको छ ।
३ करोड ९८ लाख ७६ हजार २८८ जनसंख्या भएको अफगानिस्तानमा २०७८ भदौ २६ गते शनिबार बिहान ६ बजेसम्ममा १ लाख ५३ हजार ९८१ जना कोरोना भाइरसको संक्रमित छन् । कुल संक्रमितमध्ये ७ हजार १६७ जनाको मृत्यु भएको छ ।


