रुक्मशमशेर राणाको निधन

रुक्मशमशेर राणाको निधन तरुण खबर २६ भाद्र २०७८, शनिबार ०९:५६
रुक्मशमशेर राणाको निधन

काठमाडौं । श्री ३ भीमशमशेर जवराका पनाति, सुवर्ण शमशेरका कान्छा छोरा एवं ब्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ । २००५ सालमा खोलिएको नेपाल प्रजातन्त्र काँग्रेसका संस्थाप हुन् सुवर्ण शमशेर राणा । यसअघि २००३ सालमा बीपी कोइरालाको पहलमा खुलेको नेपाल राष्ट्रिय काँग्रेससँग नेपाल प्रजातन्त्र काँग्रेसलाई एक वर्ष नपुग्दै नेपाली काँग्रेस बनाइएको थियो । काठमाडौंको बत्तिसपुतलिस्थित निवासमा उनको शनिबार बिहान निधन भएको हो ।