पालिकाको अधिवेशन असोज ९ गते, जिल्लाको असोज १५ र १८ गते

पालिकाको अधिवेशन असोज ९ गते, जिल्लाको असोज १५ र १८ गते तरुण खबर २६ भाद्र २०७८, शनिबार १०:०६
पालिकाको अधिवेशन असोज ९ गते, जिल्लाको असोज १५ र १८ गते

काठमाडौं । नेपाली काँग्रेसले महाधिवेशन कार्यतालिका परिमार्जन गरेको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा महाधिवेशनसमेत सम्पन्न हुन नसकेपछि काँग्रेसले महाधिवेशन कार्यतालिका संशोधन गरेको हो । काँग्रेस निर्वाचन समितिका अनुसार क्रियाशील सदस्यको विवाद सल्टाउँन नसकेकाले २० जिल्लाको वडा अधिवेशन नै हुन सकेको छैन । बाँकी २० जिल्लाको अधिवेशन अब क्रियाशील सदस्यताको विवाद टुंगो लगाएर एकसाथ असोज ५ गते गर्ने निर्णय भएको छ । कार्यक्रमअनुसार काँग्रेसले वडा अधिवेशन भदौ १८ देखि २१ गतेभित्रै सक्नुपर्ने थियो ।

कांग्रेस महाधिवेशन कार्यतालिका
वडा अधिवेशन – ०७८ भदौ १८ बाट सुरु
गाउँ-नगरपालिका अधिवेशन – ०७८ भदौ २७
प्रदेश सभा क्षेत्रीय अधिवेशन – ०७८ असोज १
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – ०७८ असोज ५
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – ०७८ असोज १०
प्रदेश अधिवेशन – २०७८ कात्तिक १०, ११ र १२
केन्द्रीय महाधिवेशन : २०७८ मंसिर ९, १०, ११, १२ र १३ (काठमाडौंमा)
––––––––––––––––––––––––––––––––––––––––––––––––––
यस्तै पालिकाको अधिवेशन भदौ २३ गते गर्ने भनिएकोमा सबै जिल्लाको एकैचोटी गर्ने निर्णय भएको निर्वाचन समितिले जानकारी दिएको छ । अब पालिकाको अधिवेशन असोज ९ गते हुनेछ भनिएको छ । यस्तै, प्रदेश निर्वाचन असोज १२ गते तथा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज १५ गते गरिनेछ । यसअघि जिल्ला अधिवेशन असोज ५ गते गर्ने तय भएको थियो । यसैगरी एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १८ अधिवेशन गरिने भएको छ । यसअघि असोज १० गते गर्ने कार्यतालिका रहेको थियो ।
तर, प्रदेशको अधिवेशन भने कात्तिक १० देखि १२ सम्म गरिने पुरानो कार्यतालिका यथावत गरिएको छ भने मंसिर ९ देखि १३ सम्म तय भएको महाधिवेशनको मिति पनि तत्काल परिवर्तन गरिएको छ ।