अमेरिकामा कोरोना संक्रमित कुल संख्या ४ करोड २१ लाखभन्दा बढी

अमेरिकामा कोरोना संक्रमित कुल संख्या ४ करोड २१ लाखभन्दा बढी तरुण खबर २९ भाद्र २०७८, मंगलवार ०९:१३
अमेरिकामा कोरोना संक्रमित कुल संख्या ४ करोड २१ लाखभन्दा बढी

काठमाडौं । अमेरिककामा पछिल्लो २४ घण्टा (१३, सेप्टेम्बर) मा २९ लाख ४१ हजार १६८ जनाको नमुना परीक्षण गर्दा ९९ हजार ४०१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । १२, सेप्टेम्बरमा २१ लाख ३५ हजार ९४३ जनाको नमुना परीक्षण गर्दा १ लाख ११ हजार ८०९ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (१३, सेप्टेम्बर) मा कोरोना भाइरसको संक्रमणबाट ७९७ जनाको मृत्यु भएको छ । १२, सेप्टेम्बरमा कोरोना भाइरसको संक्रमणबाट ६६१ जनाको मृत्यु भएको थियो ।

२०७८, भदौ २९ गते सोमबार बिहान ७.०० बजेसम्ममा ४ करोड २१ लाख ९ हजार ३५० जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये मंगलबार बिहान ७.०० बजेसम्ममा ३ करोड २० लाख ३१ हजार ७९३ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार भदौ २९ गते विहान ७.०० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९३ लाख ९७ हजार ७९१ जना छन् ।

नेपाली समय अनुसार भदौ २९ गते मंगलबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले ६० करोड ९१ लाख ४० हजार २० जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब २७ करोड ७६ लाख ९० हजार ७३९ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब २७ करोड ७६ लाख ९० हजार ७३९ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट भदौ २९ गते मंगलबार बिहान ७.०० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख ७९ हजार ७६७ जनाको मृत्यु भैसकेको छ ।

भदौ २९ गते बिहान ७.०० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या २२ करोड ६० लाख ५१ हजार १७० जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ लाख ५१ हजार ७१४ जना छन् ।