भारतले कुल जनसंख्यामध्ये ७५ करोड १० लाखभन्दा बढीलाई खोप लगायो

भारतले कुल जनसंख्यामध्ये ७५ करोड १० लाखभन्दा बढीलाई खोप लगायो तरुण खबर २९ भाद्र २०७८, मंगलवार ०९:१५
भारतले कुल जनसंख्यामध्ये ७५ करोड १० लाखभन्दा बढीलाई खोप लगायो

काठमाडौं । भारत सरकार, केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भायरसविरुद्ध २०७८, भदौ २८ गते सोमबार साँझसम्ममा खोप ७५ करोड १० लाख ४१ हजार ३९१ जना भारतीय नागरिकले लगाइसकेको विश्व स्वास्थ्य संगठन बताएको छ । यस सन्दर्भमा डब्ल्यूएचओले भारत सरकारलाई बधाई एवं शुभकामना दिएको छ । डब्ल्यूएचओ दक्षिणपूर्व एशिया हेर्ने क्षेत्रिय निर्देशक पूनम खेत्रपालले भारतले कोरोना भइरसविरुद्ध पहिलो १० करोड़ खोप लगाउँन ८५ दिन लगाइएको थियो । त्यस्तै, ६५ करोडबाट ७५ करोड़ पुग्न जम्मा १३ दिन मात्र लागेको थियो । ९९ प्रतिशत फ्रन्टलाइनरलाई कोरोना भाइरस विरुद्धको खोप लगाइसकिएको छ । देशभर कोरोना भाइरस विरुद्ध खोप अभियानको शुरुआत १६ जनवरीबाट भएको हो ।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (१३, सेप्टेम्बर) मा १२ लाख ८ हजार २४७ जनाको नमुना परीक्षण गर्दा २४ हजार ४७९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । १२, सेप्टेम्बरमा १६ लाख ८ हजार ८४० जनाको नमुना परीक्षण गर्दा ३१ हजार ३७४ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (१३, सेप्टेम्बर) मा कोरोना भाइरसको संक्रमणबाट ४६८ जनाको निधन भएको छ । १२, सेप्टेम्बरमा कोरोना भाइरसको संक्रमणबाट २१९ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार भदौ २९ गते मंगलबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ३२ लाख ८८ हजार २१ जना छन् । २०७८, भदौ २९ गतेसम्ममा भारतले ५४ करोड ३० लाख १४ हजार ७६ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, भदौ २९ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड २४ लाख ७६ हजार ६४७ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ६७ हजार ९९९ जना छन् । पछिल्लो २४ घण्टा (सोमबार) मा ३९ हजार ९४२ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । २०७८, भदौ २९ गते मंगलबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ४३ हजार ३७५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।