अफगानिस्तानको पञ्जशीर उपत्यकामा तालिवानद्वारा सयौंको हत्या

अफगानिस्तानको पञ्जशीर उपत्यकामा तालिवानद्वारा सयौंको हत्या तरुण खबर २९ भाद्र २०७८, मंगलवार ०९:१७
अफगानिस्तानको पञ्जशीर उपत्यकामा तालिवानद्वारा सयौंको हत्या

काठमाडौं । तालिबान र उसका विपक्षीबिच युद्ध भएको अफगानिस्तानको पन्जशिर उपत्यकामा कम्तीमा २० जना सर्वसाधारणहरू मारिएको बीबीसीको अनलाइनमा समाचार छ । उक्त उपत्यकामा सञ्चारसेवा अवरुद्ध रहेकाले विवरणहरू प्राप्त गर्न गाह्रो भए पनि संयम रहने बताइएको छ । पन्जशिर उपत्यकाको धुलाम्य सडकको एउटा भिडिओ फुटेजमा सैन्य पोसाक लगाएका एक व्यक्तिलाई तालिबान लडाकुहरूले घेरेको देख्न सकिन्छ ।

त्यसपछि गोलीको आवाज सुनिन्छ र उनी जमिनमा ढल्छन् । सैन्य पोसाक उक्त क्षेत्रमा सामान्य रहेकाले ती व्यक्ति लडाकु समूहका सदस्य हुन् वा होइनन् भन्ने कुरा स्पष्ट छैन । पन्जशिरमा कम्तीमा २० जना मारिएको पुष्टि गरेको छ । तीमध्ये एक दुई सन्तानका बाबु अब्दुल सामी पसल चलाउँथे । स्थानीय स्रोतका अनुसार तालिबानले आफ्नो पकड बनाउँदै गर्दा उनी आफू मात्र एक गरीब दोकानदार रहेको र युद्धसँग कुनै साइनो नरहेको बताउँदै त्यहाँबाट नभागी बसेका थिए ।

तर उनलाई तालिबान सत्ताको प्रतिरोध गरिरहेका लडाकुहरूलाई सीमकार्ड बेचेको आरोप लगाउँदै पक्राउ गरिएको थियो । त्यसको केही दिनपछि मृत शरीर उनको घर नजिकै पु¥याएर छाडिएको थियो । उनको मृत शरीर देख्नेहरूका अनुसार उनलाई यातना दिएको सङ्केत देखिएको थियो ।