हाम्रो उद्देश्य अलग ढंगले गोकर्णेश्वरको पहिचान स्थापित गर्ने हो

हाम्रो उद्देश्य अलग ढंगले गोकर्णेश्वरको पहिचान स्थापित गर्ने हो सन्तोष चालिसे २९ भाद्र २०७८, मंगलवार ०९:२७
हाम्रो उद्देश्य अलग ढंगले गोकर्णेश्वरको पहिचान स्थापित गर्ने हो

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा हामी २०७४ जेठमा निर्वाचित भएर आएका हौं । नगरपालिकाको प्रमुख (मेयर) का रूपमा पहिलोपटक कार्यालय जाँदा अहिले ८ नम्बर वडा कार्यालय भएको ठाउँमा गोकर्णेश्वर नगरपालिकाको कार्यालय थियो, त्यहाँ गएर पहिलो निर्णयमा हस्ताक्षर गरेको थिएँ । त्यतिबेला नगरपालिकाको कार्यालय त्यहीँ थियो । अत्यन्तै सानो घर, दुईवटा गाडी राखेपछि भरिने पार्किङ, शाखाहरू विस्तार गर्ने कुनै सम्भावना नै थिएन । त्यसैले हामीले तत्कालै नयाँ कार्यालयमा सर्ने निर्णय ग¥यौं । निर्वाचित भएर आउँदा ५ नम्बर वडा कार्यालयबाहेक हामीसँग कुनै वडाको आप्mनो भवन थिएन । नगरपालिकामा २०–२५ जना बसेर मिटिङ गर्ने हल पनि थिएन, हामी अत्यन्तै गाह्रो अवस्थामा थियौं । त्यसैले अहिले बसेको भाडाको भवनमा तत्कालै सरेका हौं । गोकर्णेश्वर नगरपालिकामा म निर्वाचित भएर आएपछि कम्तीमा दैनिक चार–पाँचवटा कार्यक्रममा पुग्नै पर्ने बाध्यता छ । नगरपालिकामा गुनासो, समस्या लिएर आउनेहरूको ठूलै भीड हुन्छ । ग्रामीण इलाकाको समस्या र सहरको समस्या फरक–फरक छ । एउटै कुराको समानता छ, त्यो हो बेरोजगारी ।

 

गोकर्णेश्वर नगरपालिकाका केही उदाहरणीय प्रयास
नगरपालिकाको बहुउद्देश्यीय भवन, वडाहरूका लागि भवन निर्माण
जोरपाटी चोकमै गोकर्णेश्वर नगरपालिकाको बहुउद्देश्यीय भवन बनाउँदै छौं हामी । करिब २८ करोडको लागतमा बन्ने बहुउद्देश्यीय भवन चार रोपनी क्षेत्रफलमा बन्ने छ । जसको जमिनमुनिका दुई तल्लामा पार्किङ हुने छ भने यो भवन सात तल्ले बनाउने योजना छ । भवन निर्माणका लागि नगरपालिकाले १० करोड रुपैयाँ विनियोजन गरेको छ भने सहरी विकास मन्त्रालयको पनि लगानी रहने छ । अहिले डिजाइन र डीपीआर स्वीकृति गरी निर्माण प्रक्रिया शुरु हुँदैछ । यसैगरी, जोरपाटी चोकमा आकाशे पुल पनि बन्दै छ । नगरपालिकाका कुल नौ वडाहरूमध्ये ५ नम्बर वडाबाहेक कसैको पनि आफ्नो भवन थिएन । हामीले वडाको भवन निर्माणलाई उच्च प्राथमिकतामा राख्दै बाँकी रहेका आठ वडाहरूमध्ये १, २, ३, ४ र ७ नम्बर वडाको भवन बनाइसकेका छौ भने ६, ८ र ९ नम्बर वडाको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् ।

वातावरण शुद्धीकरणका लागि गोकर्णेश्वर नगरपालिकाले सुरु गरेको फोहोर व्यवस्थापन महाअभियानमा पालिकावासीको सक्रिय सहयोग हामीले पाएका छौं ।

अत्यावश्यक कानुन निर्माण र अन्य कार्यहरू
१५ वर्ष जनप्रतिनिधि नभएकाले समस्याहरू चाङ लागेर बसेका थिए, आपूmले चुनेर पठाएका मेयर, उपमेयर र वडाध्यक्ष र सदस्य आएपछि समस्या, गुनासो आउन थाल्यो । त्यो स्वाभाविक पनि हो । त्यसैले जनप्रतिनिधिसँग जनताले धेरै अपेक्षा गरेका छन् । तर उनीहरूले अपेक्षा गरेअनुसारको काम गर्न बजेटको अभाव छ भन्ने कुरा उहाँहरूलाई बुझाउन सकिएको छैन । पहिलो वर्ष शिक्षा कानुन, कृषि कानुन, स्वास्थ्य कानुन, खेलकुदलगायतका अत्यावश्यक कानुन निर्माणमा हामी जुट्यौ । गाउँपालिका वा नगरपालिकाहरूले आप्mना लागि आफैंले बजेट बनाएर पारित गर्ने अधिकार प्राप्त गरेका छन् । जसअनुसार शिक्षा, स्वास्थ, पर्यटन र खेलकुदलाई हामीले प्राथमिकतामा राखेका छौं । शहीद पार्कसँगै रहेको डोजो भवन, २७ रोपनी क्षेत्रफलमा बन्दै गरेको फुटबल ग्राउण्ड, व्याडमिटन हल खेलकुद क्षेत्रमा हामीले गरेका काममध्ये केही उदाहरण मात्र हुन् ।

नगरपालिका क्षेत्रभित्रका पाँचवटा स्वास्थ्य चौकीको स्तरोन्नति गरेका छौं । सिनियर डाक्टरको व्यवस्था मिलाएका छौं भने गोकर्णको अस्पतालमा १५ शैयाको सुविधा उपलब्ध छ । जहाँ ७२ किसिमका औषधि निःशुल्क पाइन्छ । ७० वर्ष पुगेका जेष्ठ नागरिकको उपचार निःशुल्क हुन्छ भने महिलाहरूको निःशुल्क स्वास्थ परीक्षण गर्ने गरिएको छ ।

९० वर्षमाथिका वृद्धवृद्धालाई नगरपालिकाले विशेष भत्ता दिने व्यवस्था मिलाइएको छ । त्यस्तै, गोकर्णेश्वर नगरपालिकाकै सबैभन्दा टाढा र दुर्गम बस्ती ओख्रेनीमा बस सेवा सञ्चालन, नगरपालिका–३ स्थित प्रसिद्ध पर्यटकीयस्थल तारेभीरमा महादेव र बुद्ध भगवानको ठूलो मूर्ति स्थापना गरी पर्यटक आकर्षित गरिने, बृहत् खानेपानी योजना निर्माणका लागि बजेट, उत्तरबाहिनीमा फोहोर पानी प्रशोधन केन्द्र, चाबहिलदेखि दक्षिणढोका र जोरपाटीदेखि सुन्दरीजल बसपार्कसम्म सडक निर्माण गर्न सडक विभागसँग समन्वय र भौतिक योजना मन्त्रालयसँग सम्झौताजस्ता दीर्घकालीन महत्व राख्ने काम हामीले गरेका छौं ।

जोरपाटी चोकमै गोकर्णेश्वर नगरपालिकाको बहुउद्देश्यीय भवन बनाउँदै छौं । चार रोपनी क्षेत्रफलमा करिब २८ करोडको लागतमा बहुउद्देश्यीय भवन बन्ने छ ।

पहिलोे वर्ष नै नगरपालिको विकास भनेकै वडाको विकास हो भन्ने अवधारणाअनुरूप प्रत्येक वडा कार्यालयलाई करिब चार करोडका दरले रकम निकासा गर्ने निर्णय ग¥यौं । सबै वडाले त्यो रकमको सदुपयोग गरेका थिए । स्थानीय सरकारको काम, कर्तव्य र अधिकार संविधानमा तोकिए पनि कतिपय कुरा कानुनबमोजिम हुनेछ भनिएको छ । संविधानबमोजिम संघीय सरकारद्वारा केही कानुन बनाउन अझै बाँकी छ । त्यसैले संविधानमा तोकिएका कतिपय अधिकार कानुनी रूपमा कार्यान्वयनमा आउन बाँकी छन् । उदाहरणका लागि सार्वजनिक खरिद ऐन कतिपय ठाउँमा बाधक बनेको छ, तर पहिलेको तुलनामा धेरै अधिकार पालिकाहरूमा आएको छ । यसअघि पनि निर्वाचित जनप्रतिनिधिको रूपमा काम गरिसकेको हुँदा म सम्मानित जनताको भावना, माग र समस्या म बुभ्दछु । उनीहरूको भावनाको उच्च सम्मान पनि गर्दछु ।

पहिलो वर्ष नै डिजिटल डाटा संकलन गर्ने निर्णय गर्दै कार्यान्वयनमा ल्यायौं । अहिले नगरपालिकासँग नगरभित्र रहेका महिला, पुरुष, बालबालिकासँग सम्बन्धित उमेर, शैक्षिक अवस्था, स्वास्थ्यलगायत विभिन्न प्रकारका तथ्यांक, वृद्धवृद्धाका बारेमा जानकारी, घरधुरी, घरपरिवार, जनसंख्या, उद्योग, शैक्षिक संस्था, कृषकहरूको संख्या, कृषि फर्मलगायत सबै कुरा समेटेर सप्mटवेयर बनाएका छौं । यो काम गर्न दुई वर्ष लागेको थियो । हामीले कृषि अनुदानका लागि वाषर््िाक दुई करोड बजेट छट्याएका छौं भने कौसी खेतीका लागि पनि दुई करोड बजेट विनियोजन गरेका छौं । १, २, ३ र ४ वडामा कृषि अनुदान दिन दुई करोड रुपैयाँको बजेट विनियोजन गरेका छौं । त्यस्तै, यी वडाहरुका कृषकलाई हाते ट्याक्टर वितरण गर्ने कार्यक्रम पनि छ । त्यस्तै, ५, ६, ७, ८ र ९ मा कौसी खेती गर्नुको विकल्प छैन । त्यसैले नगरपालिकाले कौसी खेती प्रोत्साहनका लागि दुई करोड बजेट विनियोजन गरिएको हो । त्यस्तै, अर्को महत्वपूर्ण काम भनेको वातावरण शुद्धीकरणका लागि मेसिन जडान गर्ने काम सकिएको छ । नगरपालिका क्षेत्रमा दैनिक उत्पादन हुने ६ टन फोहोर त्यो मेसिनमा हाल्दा नगर त सफा हुन्छ नै, त्यस क्षेत्रको वातावरणसमेत शुद्धीकरण हुन्छ, वायु शुद्ध हुन्छ । वातावरण शुद्धीकरणका लागि गोकर्णेश्वर नगरपालिकाले सुरु गरेको यो महाअभियानमा पालिकावासीको सक्रिय सहयोग हामीले पाएका छांै ।

पहिलो वर्ष नै १६ करोडको लागतमा सुनको छाना राखेर गोकर्णेश्वरको मन्दिर पुनर्निर्माण गर्ने निर्णय गरियो । मन्दिरकै नामबाट गोकर्णेश्वर नगरपालिका नामाकरण भएको हो । जसरी एउटा व्यक्तिको पहिचानको महत्व छ, उसैगरी आफ्नो ठाउँको पनि महत्व छ । यसर्थ, पहिचान पनि ठूलो कुरा हो भन्दै कार्यपालिकाको बैठकबाट मन्दिर बनाउन आठ करोड दिने निर्णय भयो । बाँकी रकम उठाउन मन्दिरले सप्ताह लगाउने काम सम्पन्न गरिसकेको छ । मन्दिरको पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।

सबैभन्दा महत्वपूर्ण कुरा पहिलो वर्ष आठ करोड राजश्व उठेको थियो, अहिले वार्षिक ५४ करोडभन्दा बढी नै उठ्छ । हामीले जनतालाई कर बढाउने कुरा गरेनौं, करको दायरा बढायौं । त्यसैले जनताले असन्तुष्ट बन्नुपर्ने कुनै काम गरेका छैनौं । गोकर्णेश्वर नगरपालिकाले अहिले विभिन्न क्षेत्रमा लगानी मात्र गरिरहेको छ, प्रतिफल देखिन बाँकी नै छ ।

नगरपालिकाले गरेका केही कामहरु
– नगरपालिकाको बहुउद्देश्यीय भवन
– पाँचवटा वडाको भवन निर्माण, तीन निर्माणाधीन
– पाँचवटा स्वास्थ्य चौकीको स्तरोन्नति
– ९० वर्षमाथिका वृद्धवृद्धालाई नगरपालिकाले विशेष भत्ता
– अत्यावश्यक कानुन निर्माण
– दुर्गम बस्ती ओख्रेनीमा बस सेवा सञ्चालन
– उत्तरबाहिनीमा फोहोर पानी प्रशोधन केन्द्र
– चाबहिलदेखि दक्षिणढोका र जोरपाटीदेखि सुन्दरीजल बसपार्कसम्म सडक निर्माण
– पर्यटकीयस्थल तारेभीरमा महादेव र बुद्ध भगवान ठूलो मूर्ति राख्ने योजना
– डिजिटल डाटा संकलन
– कृषि अनुदान र कौसी खेतीका लागि बजेट विनियोजन
– वातावरण शुद्धीकरणका लागि मेसिन जडान
– गोकर्णेश्वरको मन्दिर पुनर्निर्माण
– १ कक्षादेखि ८ कक्षासम्मका लागि नगरपालिकास्तरीय पुस्तक
– बागमती नदीमा करिब दुई किलोमिटर लामो ताल बनाउने योजना
– सुन्दरीजलमा वाटर पार्क योजना
– नगरपालिको आप्mनै परिवेश समेटेर राष्ट्रिय गीत

दोस्रो वर्ष नगरपालिकाले विषय विज्ञ राखेर स्थानीय विषय समेटेर पाठ्यपुस्तक निकाल्ने काम गरियो । १ कक्षादेखि ८ कक्षासम्मका लागि बनाइएको पुस्तक सामुदायिक विद्यालयमा निःशुल्क र निजी विद्यालयमा सशुल्क वितरण गरियो । हामीले स्थानीय परिवेशलाई समेटेर विद्यालयस्तरको पाठ्यपुस्तक तयार गरिसकेका छौं । सम्भवतः स्थानीय तहमा पाठ्यपुस्तक तयार गर्ने गोकर्णेश्वर नगरपालिका मुलुककै पहिलो नगरपालिका हो । यसैगरी ८, ९ र १० कक्षामा अध्ययनरत विद्यार्थीका लागि निःशुल्क कोचिङ कक्षा सञ्चालन गरिएको थियो ।

त्यस्तै, बागमती नदीमा डुंगा चलाउने गरी करिब दुई किलोमिटरमा ताल बनाउने योजना कार्यान्वयनमा जाँदै छ । नारायणटारदेखि गोकर्ण ड्यामसम्म ताल बनेपछि डुंगा चलाउने योजना छ, त्यसपछि गोकर्णेश्वर नगपालिकाको वडा नम्बर ४ उपत्यकाको आन्तरिक पर्यटन केन्द्र बन्ने छ । बागमती नदीमा बाँध निर्माण गरी आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न डुंगा चलाउन पाँच करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ ।

सुन्दरीजलमा बन्न लागेको वाटर पार्क देशकै हेर्न लायक पार्क बन्ने छ । गोकर्णेश्वर आएका पर्यटकहरूलाई एक साता व्यस्त राख्ने गरी कार्यक्रम बनाउने हाम्रो प्रयास छ । काठमाडौं महानगरकोे कोलाहल वातावरणबाट थाकेकाहरूलाई गोकर्णेश्वर नगरपालिकाको ग्रामीण इलाका र प्राकृतिक भूवनोटतर्र्फ आकर्षित गर्ने हाम्रो प्रयास निरन्तर जारी छ । ग्रामीण इलाकामा पर्यटक आकर्षित गर्ने होटल वा त्यससँग सम्बन्धित उद्योग स्थापनामा हामी जुनसुकै सहयोग गर्न तयार छौं ।

पहिलो वर्ष आठ करोड रुपैयाँ राजश्व उठेको थियो, अहिले वार्षिक ५४ करोडभन्दा बढी नै उठ्छ । हामीले जनतालाई कर बढाउने कुरा गरेनौं, करको दायरा बढायौं ।

जे जति सार्वजनिक जग्गा बाँकी छ, त्यसलाई संरक्षण गर्दै नयाँ ढंगले काम गर्नुपर्ने अवस्था छ । तर ग्रामीण इलाकाको सामाजिक रहन–सहन, संयुक्त पारिवारिक संरचना, धार्मिक परम्परा नेपालकै श्रीसम्पत्ति हुन् । त्यस अर्थमा पनि गोकर्णेश्वर नगरपालिका अत्यधिक धनी छ । गोकर्णेश्वर मन्दिर जो सृष्टिकर्ता ब्रह्मासँग जोडिएको इतिहास यही नगरसँग छ । बागद्वार, उत्तरगयालगायत नगरपालिका क्षेत्रभित्र धार्मिक हिसाबले महत्वपूर्ण दर्जनौं स्थान छन् । यसको महत्व दर्शाउँदै नगरपालिकाको लगानीमा हामीले धार्मिक पुस्तक नै प्रकाशन गरेका छौं । अब कुनै पनि व्यक्ति वा संस्थाले खोज, अनुसन्धान गर्न चाह्यो भने उहाँहरूका लागि नगरपालिकाले आधार बनाइदिएको छ ।

अहिले मुलुकका अन्य स्थान जस्तै हाम्रो नगरपालिकामा पनि बेरोजगारी समस्या प्रमुख चुनौतीका रूपमा देखापरेको छ । उनीहरूलाई स्वरोजगार कसरी बनाउने, अन्य अल्पविकसित, विकासोन्मुख मुलुकहरूको अनुभव हाम्रा लागि पाठ हुन सक्छ, त्यसबारे अध्यायन गर्दैछौं । जनताको आयआर्जन कसरी बढाउने भन्नेमा हाम्रो चिन्तन केन्द्रित छ । मुलुकका अन्य नगरपालिकाहरूको तुलनामा प्रतिव्यक्ति आय कसरी सबैभन्दा बढी बनाउने भन्ने नीतिअनुरूप काम भइरहेको छ । त्यसको परिणाम आउन वा प्रतिफल आउन केही समय त लाग्छ नै ।
(सन्तोष चालिसे गोकर्णेश्वर नगरपालिकाको मेयर हुन् । गोकर्णेश्वर नगरपालिकाद्वारा प्रकाशित गोकर्णेश्वरबाट यो लेख लिइएको हो)