काँग्रेसको वडाको चुनावमा हेलिकोप्टरको प्रयोग

काँग्रेसको वडाको चुनावमा हेलिकोप्टरको प्रयोग तरुण खबर २९ भाद्र २०७८, मंगलवार ०९:३२
काँग्रेसको वडाको चुनावमा हेलिकोप्टरको प्रयोग

काठमाडौं । रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ को काँग्रेसको वडा अधिवेसनमा हेलिकोप्टर प्रयोग भएको छ । हरिराम गिरी र ओमकार अधिकारीले सभापतिमा उम्मेदवारी दिएका थिए । सभापतिका उम्मेवार गिरीले चुनाव जित्ने अबस्था देखिएपछि सभापतिका अर्का उम्मेवार अधिकारीले ९ जना क्रियाशील सदस्यलाई काठमाडौं हेलिकोप्टमा लगेका थिए । सभापतिका उम्मेदवार अधिकारीले जित्ने अबस्था देखेपछि हरिराम गिरीले आप्mनो उम्मेदवारी फिर्ता लिएका थिए । त्यस कारण ओमकार अधिकारी निर्विरोध वडा सभापति बनेका छन् । करिब ४५ वर्षीय अधिकारी पुराना काँग्रेसका नेता हुन् ।

डडेलधुरा जिल्लाको वडा अधिवेशन भएसँगै हालसम्म ५७ जिल्लाको मात्रै सम्पन्न भएको छ । बाँकी २० जिल्लाको अधिवेशन अब क्रियाशील सदस्यताको विवाद टुंगो लगाएर एकसाथ असोज ५ गते गर्ने निर्णय भएको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार काँग्रेसले वडा अधिवेशन भदौ १८ देखि २१ गतेभित्रै सक्नुपर्ने थियो । पालिकाको अधिवेशन असोज ९ गते हुनेछ । यस्तै प्रदेश निर्वाचन असोज १२ गते तथा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज १५ गते गरिनेछ । यसअघि जिल्ला अधिवेशन असोज ५ गते गर्ने तय भएको थियो ।

यसैगरी एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १८ अधिवेशन गरिने भएको छ । यसअघि असोज १० गते गर्ने कार्यतालिका रहेको छ । तर, प्रदेशको अधिवेशन भने कात्तिक १० देखि १२ सम्म गरिने पुरानो कार्यतालिका यथावत गरिएको छ भने मंसिर ९ देखि १३ सम्म तय भएको महाधिवेशनको मिति पनि तत्काल परिवर्तन गरिएको छ ।

यता, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको वडा अधिवेशन अस्वीकार गर्ने निर्णय गरेको छ । डडेल्धुरामा भदौ २५ गते भएको वडा अधिवेशन निष्पक्ष नभएको पौडेल समूहको ठहर छ । काँग्रेसमा क्रियाशील सदस्यता विवादका कारण २० जिल्लामा वडा अधिवेशन समेत अनिश्चित छ । यसले काँग्रेसको १४ओैं महाधिवेशन निष्पक्ष हुनेमा आशंका उब्जिएको पौडेलले बताए ।