गोकर्ण क्षेत्र: सत्ययूगदेखिकै पावन क्षेत्र

गोकर्ण क्षेत्र: सत्ययूगदेखिकै पावन क्षेत्र प्रा.डा.ऋषिराम पोखरेल ३० भाद्र २०७८, बुधबार १०:००
गोकर्ण क्षेत्र: सत्ययूगदेखिकै पावन क्षेत्र

काठमाडौं उपत्यकाको उत्तरपूर्वी क्षेत्रमा पर्ने गोकर्ण क्षेत्रको ऐतिहासिक प्रमाण खोज्दै जाँदा विभिन्न वैदिक साहित्य र पुराणहरूले यो ठाउँलाई सृष्टिको सुरुदेखि नै पवित्र भूमिको रूपमा व्याख्या गरेको पाइन्छ । प्रचलित पूर्वीय पञ्चांग गणनाअनुसार यो सृष्टिको प्रारम्भ दुई अर्ब वर्षअघि भएको मानिन्छ । सिंगो काठमाडौं उपत्यकाको इतिहास पनि निकै लामो छ । स्कन्दपुराण हिमवत्खण्ड अध्याय ८८ अनुसार पशुपति क्षेत्रदेखि माथि गोकर्ण हुँदै सुन्दरीजलसम्मको भू–भाग सत्ययुगदेखिकै पावन भूमिको रूपमा वर्णन भएको पाइन्छ । यो ठाउँको बारेमा सबैभन्दा ठूलो पुराण मानिने स्कन्द पुराणको हिमवत्खण्ड अध्याय ११७ र मानसखण्डमा पनि वर्णन पाइन्छ भने केही प्रसंग बराह पुराणमा पनि उल्लेख छ ।

बाग्मती नदीको उद्गमस्थल शिवपुरी पर्वतको शिरमा रहेको बागद्वारबाट साढे दुई कोश पूर्वतिर सुन्दरीमाईको मन्दिर छ । सुन्दरीमाई भनेको पार्वतीको अर्को नाम हो । यहाँ रहेको सुन्दरीमाईको मन्दिरबारेमा पनि एउटा महत्वपूर्ण पौराणिक प्रसंग पाइन्छ । सृष्टिको क्रममा ब्रह्माजीले सबै राम्रा (सुन्दर) वस्तु र प्राकृतिक सम्पदाहरूको नमुना संकलन गर्दै जाँदा सुन्दरशैल पर्वत बनेछ । त्यो पर्वतको नजिक शैलमतीको छहरामुनि भगवान शंकरजी बस्नुभएछ । र, त्यो शैलमतेश्वरका नामले प्रसिद्ध भएछ । कुनै दिन पार्वती घुम्दै जाँदा त्यो सुन्दरशैलको सुन्दरता र बागमती शिवगंगाको सुन्दरजलसँग नागमति संगम भएको नजिक ककारोमा सुन्दरी देवीका रूपमा पार्वती पनि बस्नुभएछ । सुन्दरी देवी र शिवगंगाको संयुक्त नामले सुन्दरीजल भनिएछ ।

स्कन्दपुराण हिमवत्खण्ड अध्याय ८८ अनुसार पशुपति क्षेत्रदेखि माथि गोकर्ण हुँदै सुन्दरीजलसम्मको भू–भाग सत्ययुगदेखिकै पावन भूमिको रूपमा वर्णन भएको पाइन्छ ।

देव र असुरहरूबीच संग्राम भइरहेको समयमा सुन्दरीमाई मन्दिर नजिकै मुज वनमा (मुज भनेको नेपाली कागज बनाउन प्रयोग हुने कच्चा पदार्थ लोक्ताको कुनै एउटा भेद हो । अहिले पनि सुन्दरीजल क्षेत्रमा लोक्ता पाइन्छ) दधिचि ऋषिको एउटा आश्रम थियो । उक्त संग्राममा इन्द्रलाई असुरहरूले साह्रै दुःख दिएपछि उनी ब्रह्मा, विष्णु र शिवको शरणमा पुगेछन् । त्रिदेवले इन्द्रादि देवताहरूलाई एउटा उपाय सिकाए । बागद्वार र सुन्दरीदेवीको मन्दिरको आसपासमा मुजको वनमा दधिचि ऋषिको आश्रम छ । त्यहाँ गएर उनको हाड मागेर ल्याउन सकेको खण्डमा त्यसको बज्र बनाएर युद्ध गर्दा सजिलै असुरहरूलाई पराजित गर्न सकिन्छ भन्ने सुझाव दिएपछि उनीहरू दधिचि ऋषिको आश्रममा पुगे ।
शान्त सुन्दर वन शीतल स्वच्छ शिवगंगा बाग्मतीको जल र सुन्दरीदेवीको समिपमा पुगेर देवताहरू रोकिए । दधिचिका सामु आफ्नो माग (प्रार्थना) सुनाएर केहीबेर विश्राम गरे । दानवीर दधिचि ऋषिले लोकको हितका लागि एउटा हड्डी मात्रै नभएर पूरै अंगसहित शरीर नै दान गर्न आफू तयार रहेको बताए । उदार मनका दधिचिले प्राणायमद्वारा आफ्नो शरीर त्यागी दिए । उनको सोही हाडबाट विश्वकर्माले बज्र बनाएको र सोही बज्रले नै असुरहरूको बध गरेर लोककल्याणकारी देवशासन सुरु गरेको कुरा हिमवत्खण्डमा उल्लेख छ । यो विषयमा भागवत पुराणमा केही उल्लेख छ भने विस्तृत विश्लेषण हिमवत्खण्डमा पुगेपछि नै पाइन्छ । बराह पुराणमा पनि सुन्दरीदेवीको बारेमा केही उल्लेख भएको पाइएको छ ।

पञ्चमुखे हनुमानको वर्णन
गोकर्णेश्वर महादेवको मन्दिरभन्दा करिब एक किलोमिटरमाथि बागमती नदी दक्षिणतर्फबाट उत्तर बगेको छ । जसलाई उत्तरबाहिनी उत्तरगया भनिन्छ । यहाँ संवत् १७६३ वैशाखमा स्थापित पञ्चमुखी हनुमान छन् । उत्तरबाहिनी बागमतीको देब्रे किनारमा गोकर्णको जंगलसँग जोडिएको यो पाँचमुखे हनुमानको मूर्ति करिब तीन सय वर्ष पुरानो हो । यसलाई पुरातात्विक महत्वपूर्ण सम्पदा मानिन्छ । धेरै नै कलात्मक रहेको यो मूर्ति तथा मन्दिरमा राजपरिवारका सदस्यहरूको समेत ठूलो आस्था थियो । कुनै समय यस उत्तरगया उत्तरबाहिनी कान्तिभैरव परिसरमा भारतको अयोध्याबाट एकजना साधु आएर धार्मिक प्रवचन चलाई सात दिनसम्म हनुमानको पूजा आराधना गरी बसेका थिए । उनले राजा वीरेन्द्रलाई पञ्चमुखे हनुमानको वर्णन गर्दै भनेका थिए– यो पाँचमुखे हनुमानलाई भोकै राख्यौ भने तिमीलाई खानेछ, तिम्रो परिवारको श्री ५ पदवीलाई पनि खानेछ र विस्तारै नेपाललाई नै खाने छ । त्यसैले यसलाई राम्रोसँग पूजा गरी भोजन दिनू ।

कनै दिन पार्वती घुम्दै जाँदा त्यो सुन्दरशैलको सुन्दरता र बागमती शिवगंगाको सुन्दरजलसँग नागमति संगम भएको नजिक ककारोमा सुन्दरी देवीका रूपमा पार्वती पनि बस्नुभएछ । सुन्दरी देवी र शिवगंगाको संयुक्त नामले सुन्दरीजल भनिएछ ।

ती साधु पनि कस्ता भने दिनमा एक समय केवल दूध मात्रै सेवन गर्दथे । उनले खाने दूध दिने गाई पनि कालै हुनुपर्ने र बाच्छो पनि कालै हुनुपर्ने भन्ने थियो । लवाईको कुरा गर्दा उनी शरीरमा एकसरो जुटको दोपटा बेर्ने र जुटकै कछाड लगाउँथे । कसैको व्यक्तित्वले प्रभाव नपार्ने स्वभाव उनको थियो । उनी कसैदेखि नडराउने वा दबाबमा आउँदैनथे । उनले हिन्दी र संस्कृतमा दिएको धार्मिक प्रवचनलाई मैले नेपालीमा व्याख्या गरेर त्यहाँ उपस्थित हजारौं भक्तलाई सुनाउने अवसर पाएको थिएँ । यही प्रसंगमा श्री ५ वीरेन्द्रको पनि त्यहाँ सवारी भएको थियो । केहीबेर भांग्रेबाबाका साथमा बडामहारानी श्री ५ ऐश्वर्य र निजी सचिव चेतबहादुर कुँवर पनि भएकै बेला राजाले कुरा गरेका थिए । योगीको कुरा सुनेपछि राजाले मलाई छुट्टै बोलाएर सचिवका साथ पाँचमुखे हनुमानबारे धेरै कुरा सोधनी भयो । मैले पनि हनुमान धेरै जण्डा छन् भन्दै स्थानीय किसान रगत छादेर मरेकोलगायतका एकाध घटना पनि सुनाएँ ।

श्राद्ध गर्न भनेर राखेको ९२ रोपनी सार्वजनिक जग्गा राजाको नाममा दर्ता भएको रहेछ । २०२१ सालको नापीमा सार्वजनिक जग्गा भनेको, तर ०४२ सालमा दरबारिया चाकडीबाजहरूले राजा खुसी पार्न गोकर्ण राजनिकुञ्जको नाममा उक्त जग्गा दर्ता गराइएको रहेछ । पञ्चमुखी हनुमानको यो शक्ति सुनेपछि राजा वीरेन्द्रले त्यो जग्गा फिर्ता गर्छु भनेका थिए । तर सचिव र दरबारियाहरूले ढिलासुस्ती गरी अल्मल्याएको अवस्थामा दुर्भाग्यवश त्यो जग्गा फिर्ता गर्न नपाउँदै दरबार हत्याकाण्ड भयो । उनीसहित उनको परिवारका पाँचैजना मारिए । उनीपछि राजा भएका ज्ञानेन्द्रलाई पनि सचिवहरूले यो कुरा बिन्ती गर्न सकेनन् । अहिले दरबारको स्वामित्वको राजनिकुञ्ज पनि नेपाल ट्रस्टको अधीनमा छ ।

कुनै समय यस उत्तरगया उत्तरबाहिनी कान्तिभैरव परिसरमा भारतको अयोध्याबाट एकजना साधु आएर धार्मिक प्रवचन चलाई सात दिनसम्म हनुमानको पूजा आराधना गरी बसेका थिए । उनले राजा वीरेन्द्रलाई पञ्चमुखे हनुमानको वर्णन गर्दै भनेका थिए– यो पाँचमुखे हनुमानलाई भोकै राख्यौ भने तिमीलाई खानेछ, तिम्रो परिवारको श्री ५ पदवीलाई पनि खानेछ र विस्तारै नेपाललाई नै खाने छ । त्यसैले यसलाई राम्रोसँग पूजा गरी भोजन दिनू ।

नेपाल ट्रस्टबाट साविकको हनुमान मन्दिर र गुफाहरूले चर्चिएको आठ रोपनी सार्वजनिक जग्गामा चाहिँ जनस्तरबाट पूर्ववडाध्यक्ष एवं उत्तरगया कान्तिभैरव मन्दिर क्षेत्र व्यवस्थापन समिति अध्यक्ष भैरवबहादुर श्रेष्ठको तत्परतामा करिब पाँच लाख खर्च गरेर पाँचमुखे हनुमानको मन्दिरको पुनर्निर्माण भएको छ । त्यही ठाउँमा तपस्वीहरूको तपस्या गर्ने साधुहरू सर्वश्री षडानन्द ब्रह्मचारी, वासुकी ब्रह्मचार्य, शिवपुरीबाबा, गलेश्वरबाबा, योगमाया, माताजी, कुवेरपुरी, प्रेमनारायण, महानन्द आदि साधुहरूले साधना गरेको गुफाहरूको पनि यस पंक्तिकारकै विशेष पहलमा नेपाल सरकार पुरातत्व विभागबाट महानिर्देशक सुशीलकुमार कोइराला एवं त्यसपछि आएका महानिर्देशक भेषनारायण दाहालको उदारतापूर्ण सहयोगस्वरूप करिब डेढ करोडको सहयोगमा कान्तिभैरव मन्दिरसहित दुवै गुफाहरूको पुनर्निर्माण गरिएको छ ।

पंक्तिकारकै पहलमा स्थानीय समितिअन्तर्गत २०६५ सालमा स्थापित भई जिशिका काठमाडौंको विधिपूर्वक स्वीकृति लिएर कान्तिभैरव गुरुगुल विद्यालयको छात्रावास, भान्साघर, कक्षाकोठासमेत निर्माण भएको छ । यसमा जिशिका, नगरपालिकालगायत धेरै जनताको सहयोग रहेको छ । र, यो विद्यालय काठमाडौ उपत्यकाकै एक मात्र जनसमुदायको सहयोगमा चलेको गुरुकुल विद्यालय हो । छत्रावासहरू, आश्रमहरू पनि बनाइएको छ ।

पञ्चमुखी हनुमानको यो शक्ति सुनेपछि राजा वीरेन्द्रले त्यो जग्गा फिर्ता गर्छु भनेका थिए । तर सचिव र दरबारियाहरूले ढिलासुस्ती गरी अल्मल्याएको अवस्थामा दुर्भाग्यवश त्यो जग्गा फिर्ता गर्न नपाउँदै दरबार हत्याकाण्ड भयो । उनीसहित उनको परिवारका पाँचैजना मारिए ।

सम्भवतः बुद्धिष्टहरू श्रीकृष्णलाई मञ्जुश्रीको नामले चिन्ने गर्दछन् । किनभने श्रीकृष्णपछि उनैले बुद्ध अवतार लिएको कुरा प्रायः सबै धर्मशास्त्रमा उल्लेख गरिएको छ । नवम् अवतार प्रभु बुद्धरूप धारणम् भनी शंकराचार्यले स्तुति गरेको दशावतार भजन अद्यापि नेपाली र भारतीय समाजमा प्रचलित रहिआएको छ । चोभारको चक्रतीर्थको इतिहासबारे त धेरै जानकार नै छन् । तर, गोकर्ण क्षेत्रमा त्यतिबेला श्वेतकेतु नामका राजाले राज्य गर्दथे । श्रीकृष्णका पुत्र प्रद्युम्नलाई देवर्सी नारदको सल्लाहअनुसार आफ्नी छोरी प्रभावती (चन्द्रावती पनि भनिन्छ) दिने वचन दिएका थिए । तर, त्यहाँ एक राक्षस महेन्द्र दमनले श्वेतकेतुकी पुत्रीलाई अपहरण गरेर लैजाँदै थियो । त्यहीबेलामा श्रीकृष्ण प्रद्युम्नसहित त्यहाँ गएर त्यो राक्षसलाई मारेर गल्छी काटी पानीको निकास खोलेको कुरा पनि स्कन्दपुराण हिमवत्खण्डको १७३ अध्यायको श्लोक १५ मा उल्लेख छ ।

सुन्दरीमाई र शैलश्वर
श्रीशैल र सुन्दरशैल भन्ने दुईवटा डाँडाको बीचबाट बागमती नदी बहन्छ । त्यही श्रीशैलको पाखामा सुन्दरीमाईको मन्दिर छ । केही तल स्यालमती र अलिमाथि बागमती र नागमति नामका तीन नदीहरू बहने गर्दछन् । यसको पनि पौराणिक कहानी स्कन्दपुराण अध्याय ८६ मा उल्लेख छ । यसको कहानी सृष्टिको सुरुदेखिकै रहेको विभिन्न पुराणहरूमा उल्लेख छ ।

सृष्टिको सुरुमै एकपटक महादेव मत्र्यलोकको भ्रमणका लागि आएका थिए । सोही क्रममा अहिले शैलेश्वरको छहरा रहेको ठाउँमा कञ्चन पानीसहितको छहरा देखेर महादेव त्यहीँ बस्न थाले भन्ने पौराणिक कहानी पाइन्छ । त्यसको केही समयपछि पार्वती पनि घुम्दाघुम्दै सोही ठाउँमा आइन् । आउँदा महादेवलाई पनि त्यहीँ देखेर पार्वतीले पनि त्यहाँ बागमती नागमति संगमनेर ओडारमा सुन्दरीदेवी बनेर बस्ने निर्णय गरिन् । यसरी शैलेश्वर र सुन्दरीदेवीको ठाउँमा ब्रह्माले सृष्टिको समयमा जगेडा सामान जति सबै सोही श्रीशैल र सुन्दरशैलको आसपासमै राखेको भन्ने स्कन्द पुराणमा उल्लेख भएको पाइन्छ ।
(बेदमा विद्यावारिधि (पीएचडी) गर्नु भएका प्रा.डा.ऋषिराम पोखरेलको बसोबास गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर १ को सुन्दरीजलमा छ ।)