अमेरिकामा कोरोना संक्रमणबाट ३ करोड २१ लाखभन्दा बढीले मुक्ति पाए

अमेरिकामा कोरोना संक्रमणबाट ३ करोड २१ लाखभन्दा बढीले मुक्ति पाए तरुण खबर ३० भाद्र २०७८, बुधबार १०:०८
अमेरिकामा कोरोना संक्रमणबाट ३ करोड २१ लाखभन्दा बढीले मुक्ति पाए

काठमाडौं । अमेरिककामा पछिल्लो २४ घण्टा (१४, सेप्टेम्बर) मा २० लाख ४९ हजार ४४७ जनाको नमुना परीक्षण गर्दा १ लाख ४१ हजार ८११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । १३, सेप्टेम्बरमा २९ लाख ४१ हजार १६८ जनाको नमुना परीक्षण गर्दा १ लाख ९ हजार ३६९ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (१४, सेप्टेम्बर) मा कोरोना भाइरसको संक्रमणबाट एक हजार ९३१ जनाको मृत्यु भएको छ । १३, सेप्टेम्बरमा कोरोना भाइरसको संक्रमणबाट ८४३ जनाको मृत्यु भएको थियो ।

२०७८, भदौ ३० गते बुधबार बिहान ७.०० बजेसम्ममा ४ करोड २२ लाख ८७ हजार ९१५ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये बुधबार बिहान ७.०० बजेसम्ममा ३ करोड २१ लाख ७६ हजार ७९ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार भदौ २९ गते विहान ७.०० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९४ लाख २९ हजार ५ सय जना छन् ।

नेपाली समय अनुसार भदौ ३० गते बुधबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले ६१ करोड ११ लाख ८९ हजार ४६७ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब २७ करोड ९७ लाख ४० हजार १८६ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब २७ करोड ९७ लाख ४० हजार १८६ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट भदौ ३० गते बुधबार बिहान ७.०० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख ८२ हजार ३३८ जनाको मृत्यु भैसकेको छ ।

भदौ ३० गते बिहान ७.०० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या २२ करोड ६६ लाख १० हजार ७७७ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ लाख ६१ हजार ४४१ जना छन् ।