कोरोना भाइरस विरुद्धको खोपले जोखिम कम गर्ने बैज्ञानिकहरुको दावी

कोरोना भाइरस विरुद्धको खोपले जोखिम कम गर्ने बैज्ञानिकहरुको दावी तरुण खबर ३० भाद्र २०७८, बुधबार १०:०९
कोरोना भाइरस विरुद्धको खोपले जोखिम कम गर्ने बैज्ञानिकहरुको दावी

काठमाडौं । भारतमा कोरोना भइरसको संक्रमण घट्नुमा खोप नै प्रमुख कारण भएको तथ्य खुलेको छ । २०७८, भदौ २८ गते अस्ती सोमबार साँझसम्ममा ७५ करोड १० लाख ४१ हजार ३९१ जना भारतीय नागरिकले खोप लगाइसकेका छन् । १ अर्ब ३९ करोड ६१ लाख २४ हजार ७८ जनसंख्या रहेको भारतमा कुल जनसंख्याको आधाभन्दा बढीले खोप लगाइसकेका छन् । कोरोना भाइरसको अनुसन्धान गरिरहेका बैज्ञानिकहरुका अनुसार सबै नागरिक संक्रमित भइसकेको हुनु पर्छ वा कोरोना भाइरसविरुद्धको खोप लगाएको छ भने जोखिम अत्याधिक कम हुन्छ ।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (१४, सेप्टेम्बर) मा १४ लाख ३० हजार ८९१ जनाको नमुना परीक्षण गर्दा २७ हजार ४९१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । १३, सेप्टेम्बरमा १२ लाख ८ हजार २४७ जनाको नमुना परीक्षण गर्दा २४ हजार ४७९ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (१४, सेप्टेम्बर) मा कोरोना भाइरसको संक्रमणबाट २८१ जनाको निधन भएको छ । १३, सेप्टेम्बरमा कोरोना भाइरसको संक्रमणबाट ३४० जना निधन भएको थियो ।

नेपाली समय अनुसार भदौ ३० गते बुधबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ३३ लाख १५ हजार ४५० जना छन् । २०७८, भदौ ३० गतेसम्ममा भारतले ५४ करोड ४४ लाख ४४ हजार ९६७ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, भदौ ३० गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड २५ लाख १४ हजार ४१८ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ५७ हजार ५०५ जना छन् ।

पछिल्लो २४ घण्टा (मंगलबार) मा ३७ हजार ७७१ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । २०७८, भदौ ३० गते बुधबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ४३ हजार ५२७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।