अभिभावकलाई नसोधी कपाल काटेकोमा १० लाख डलर क्षतिपूर्ति माग

अभिभावकलाई नसोधी कपाल काटेकोमा १० लाख डलर क्षतिपूर्ति माग तरुण खबर २ आश्विन २०७८, शनिबार १०:२०
अभिभावकलाई नसोधी कपाल काटेकोमा १० लाख डलर क्षतिपूर्ति माग

काठमाडौं । संसारमा अनौठ–अनौठा घटना घटिरहेका हुन्छन् । कोरोनाभाइरस महामारीका बेला इन्टरनेटमा बालबालिकालाई उत्साहित गरेर गरिने उत्पीडनका घटनामा व्यापक वृद्धि भएको सम्बन्धित क्षेत्रमा काम गर्ने विभिन्न देशका संस्थाले गरेको अनुसन्धानले देखाएको छ । युक्रेनको गैरसरकारी संस्था चाइल्ड रेस्क्यु सर्भिसेसले गरेको अनुसन्धानले कोभिड सङ्कटका बेला ६ देखि १७ वर्षका प्रत्येक चारमध्ये एकलाई शरीरबारे अन्तरङ्ग प्रश्न सोधिएको वा शरीरका गोप्य अङ्गहरू देखिने तस्बिर खिच्न भनिएको खुलासा गरेको थियो । कोरोनाभाइरसको पहिलो लहर शुरु भए लगत्तै यस्तो दृष्य देखिएको हो ।

यसै गरी संयुक्त राज्य अमेरिकामा विद्यालय गएकी आफ्नी छोरीको कपाल बिनाअनुमति काटिदिएको भन्दै एक व्यक्तिले १० लाख डलर क्षतिपूर्ति दाबी गरेका छन् । उनले विद्यालय सञ्चालन गर्ने स्थानीय प्रशासन र दुई कर्मचारीलाई मुद्दा हालेका छन् । जिमी होफ्मेयरले मिश्रित वर्णकी आफ्नी छोरीको संवैधानिक अधिकार हनन भएको दाबी गरेका छन् । उनले छोरीलाई मिशिगनस्थित उक्त विद्यालयबाट निकालेका छन् । स्थानीय शैक्षिक प्रशासनले गत जुलाई महिनामा एउटा अनुसन्धान गर्दै उक्त विद्यालयकी एक शिक्षिकाले विद्यालयको नीति उल्लङ्घन गरेको तर उनले साम्प्रदायिक पूर्वाग्रहका कारण त्यसो नगरेको निष्कर्ष निकालेको थियो । ती शिक्षिकालाई नसिहत दिइएको थियो तर उनलाई उक्त विद्यालयमा काम गर्न रोकिएको थिएन ।

के भएको थियो ?
होफ्मेयरले असोसिएटिड प्रेसलाई बताएअनुसार गत एप्रिलमा उनकी छोरी जर्नी घर फर्किँदा उनको टाउकोको एउटा भागमा अधिकांश केश काटिएको थियो । उनले विद्यालयको बसमा छोरीका एक सहपाठीले जर्नीको घुम्रिएको लामो केश काट्न कैँची चलाएको बताए । बिग्रिएको केश मिलाउन उनलाई हजामका लगिएको भए पनि दुई दिनपछि जर्नी विद्यालयबाट फर्किँदा अर्को भागको केश पनि काटिएको थियो । जर्नीका बुवाले त्यस्तो काम अर्को विद्यार्थीले गरेको ठानेका थिए। तर छोरीले भने त्यसो शिक्षिकाले गरेको बताइन् । उनले एपीलाई बताएअनुसार ती शिक्षिकाले दुवैतिरको केश बराबर बनाइदिन त्यसो गरेकी थिइन् ।

मुद्दामा के छ ?
पश्चिम मिशिगनस्थित एउटा सङ्घीय अदालतमा दायर मुद्दामा माउन्ट प्लीजन्ट पब्लिक स्कूल्स र दुई शिक्षक प्रतिवादी बनाइएको छ । उक्त मुद्दामा ती बालिकाको संवैधानिक अधिकार हनन भएको तथा रङ्गभेद, जातीय त्रास, मनोवैज्ञानिक अस्थिरताका लागि नियतवश व्यवहार र आक्रमण गरिएको आरोप लगाइएको छ । शैक्षिक प्रशासनले “आफ्ना कर्मचारीहरूलाई राम्रोसँग तालिम, अनुगमन, निर्देशन, अनुशासनमा राख्न असफल“ भएको आरोप पनि छ । ती आरोपबारे कुनै औपचारिक उत्तर आएको छैन र विद्यालय प्रशासनले कुनै सार्वजनिक प्रतिक्रिया जनाएको छैन ।