इतिहास बदल्ने सुन्ताखानको अभिलेख नै हाम्रो गौरब हो

इतिहास बदल्ने सुन्ताखानको अभिलेख नै हाम्रो गौरब हो राजेन्द्रकुमार भण्डारी २ आश्विन २०७८, शनिबार १०:४६
इतिहास बदल्ने सुन्ताखानको अभिलेख नै हाम्रो गौरब हो

मैले चौतीस वर्षअघि र पछि पनि जननिर्वाचित प्रतिनिधिका रूपमा काम गर्ने मौका पाएको छु । पहिलेको बालुवा गाविस नै अहिले गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ३ भएको छ । यो वडामा पर्ने तारेभीर काठमाडौं उपत्यकाको सबैभन्दा अग्लो बस्ती हो भन्ने बुझिन्छ । तारेभीर गोकर्णेश्वर नगरपालिकाको प्रसिद्ध पर्यटकीयस्थल हो । विशेषगरी तामाङ, भण्डारी, बिष्ट, नेवार र नगरकोटीहरूको बसोबास रहेको सो क्षेत्र पछिल्लो समय व्यवस्थित पर्यटकीय क्षेत्रको रूपमा विकास हुँदै गएको छ ।

वनदेवी मन्दिर, जलदेवीको मन्दिर, साविक बालुवा गाविस–२ मा रहेको भगवती मन्दिर, शिवपुरी गणेश, वटुक भैरव, पञ्चकन्या, विष्णु पाञ्चायन, मन्दिर, थापागाउँको गणेश मन्दिर, टोखा गणेश, तारेभीरको महादेव, बतासेडाँडा नजिकको स्थानमा नारायण र गणेशका मूर्तिहरू छन्, नारायणको मन्दिर सञ्चालनाका लागि गुठीमा ४ रोपनी २ आना जग्गा राखिएको छ । कुइँकेल र गौतमहरूलाई नरदेवीका भट्टहरूले दिएको जग्गामा मन्दिर बनाइएको थियो । तर अहिले मन्दिरको भग्नावशेष समेत छैन । चारवटा मूर्तिहरू मात्र ठडिएर बसेका छन्, यो वर्ष मन्दिर बनाउने योजना छ ।

अहिले हामीले शहीदपार्कदेखि तारेभीरसम्मको लागि साइक्लिङ र हाइकिङका लागि मार्ग बनाउने काम गरिरहेका छौं । राष्ट्रिय निकुञ्जभन्दा बाहिर तीन किलोमिटरको जिपलाइन तयार हुँदैछ । यसका साथै बच्चाहरूका लागि र वृद्धवृद्धाहरूका लागि समेत पार्कहरू बनाउने काममा नगरपालिकाले बजेट छुट्याइसकेको छ ।

त्यस्तै, कृष्ण मन्दिर, ढाडदेवी मन्दिर, भण्डारीहरूको कुलदेवता, मलागिरी, संसारीमाई देवीको मन्दिर, स्थानापति वनदेवी, साविक गाम्चामा रहेको प्यागोडा शैलीमा बनेको नाट्येश्वरीको मन्दिर, साविक बालुवा–९ मा रहेको बागमती र चन्द्रमती, सूर्यमतीको संगम त्रिवेणीमा चन्द्रमती नदीको आप्mनै महत्व छ । हात्तीपाइले गणेशलगायत हाम्रो वडामा २८ वटा मठमन्दिर छन् । महांकल मन्दिर बनाइएको ठाउँमा राजविहार थियो भनिन्छ । अंशुबर्माका पालामा लेखिएको शिलालेख नै हाम्रो पुँजी हो । अंशुबर्माले बनाएको श्रीराजविहार सुन्ताखानमै थियो भन्ने कुरा प्रमाणित भएको छ । मठमन्दिर धेरै भएकाले केही मन्दिरको निर्माण सम्पन्न भएको छ भने केही बन्ने क्रममा छ ।

यस्तै, ज्याङ छ्युब छ्योर्तेन सार्वजनिक गुम्बाले पनि आन्तरिक पर्यटन प्रवद्र्धनमा योगदान दिएको छ । २०३५ सालमा बनेको यो गुम्बा साविक बालुवा गाविस–४ मा पर्छ । वैशाख पूर्णिमा र ल्होसारमा यहाँको गुम्बामा मेला लाग्छ ।

म निर्वाचित भएर आउनु अगाडि पक्की सडक नै थिएन भन्दा पनि हुन्छ । वडाध्यक्षमा म जितेर आएपछि प्रायः सडक पिच भएका छन्, कतै कतै सडक नबिग्रियोस् भनेर ढलान पनि गरिएको छ । माइती नेपाल चोकदेखि वडा कार्यालयसम्मको १.८ किलोमिटर सडक पिच भइसकेको छ । गोकर्णदेखि तारभीर पुग्ने ८.९ किलोमिटर सडक पच्चीस प्रतिशत मात्र बाँकी छ । राजकुलोको संरक्षण गर्दै सडक बनिरहेको छ । केही काम बाँकी छन्, तर ती काम पनि सम्झौता प्रक्रियामा गइसकेका छन् । अधिकांश मानिस कृषिमा निर्भर थिए, अब कृषियोग्य जमिनमा घरहरू बन्न थालेका छन् । त्यसैले नयाँ पुस्तामा बेरोजगारीको समस्या बढ्दै गएको छ, दैनिक पाँच सातजना जागिरको खोजिमा आइरहन्छन् । हाम्रो क्षेत्रमा दुईवटा सामुदायिक वन छन् । गुठ सल्लाघारी सामुदायिक वन र गाम्चा सामुदायिक वन । यो वन समुदायले नै संरक्षण गरिरहेको छ ।

सुन्ताखान र तारेभीर गोकर्णेश्वर नगरपालिकाको प्रसिद्ध पर्यटकीयस्थल हो । अंशुबर्माका पालामा लेखिएको शिलालेख नै हाम्रो पूँजी हो ।

अहिले सो क्षेत्रमा हामीहरूले व्यवस्थित होमस्टेको तयारीका लागि हरेक घरका एकजनालाई कास्कीको ल्वाङघलेमा लगेर होमस्टे सञ्चालन गर्ने तरिकासमेत सिकाएर ल्याएका छौं । त्यो गाउँका कुल १४० जनालाई यसरी होमस्टेसम्बन्धी तालिम दिइएको छ । सो गाउँको मूल विशेषता भनेको घरेलु मदिरा हो, हामीले दक्षिण कोरियाबाट ल्याएर छ्यांग बेचिरहेका छौं भने हाम्रो उत्पादनलाई किन स्वीकृति नदिने भन्ने मेरो प्रश्न नेपाल सरकारलाई छ । नगरपालिकाले अहिले होमस्टे तयार पार्न केही सहुलियत पनि दिएको छ । नगरपालिकाको नीतिअनुसार होमस्टे बनाउने घरमा टिभी, शौचालय आदि नगरपालिकाले नै दिने व्यवस्था मिलाइएको छ । होमस्टे संञ्चालनका लागि प्रोत्साहित गरिरहेका छौं । सो प्रयोजनका लागि नगरपालिकाले प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय कार्यान्वयनमा ल्याएको छ ।

यसका लागि तीन वर्ष भयो नगरपालिका र वडाले बजेट दिएको । सोही ठाउँमा हामीले पाँच वर्ष भयो तारेभीर महोत्सव मनाउन थालेको । त्यसैले आन्तरिक पर्यटनका लागि ३ नम्बर वडाको तारेभीर पनि निकै महत्वपूर्ण स्थान हो । अहिले हामीले शहीदपार्कदेखि तारेभीरसम्मको लागि साइक्लिङ र हाइकिङका लागि मार्ग बनाउने काम गरिरहेका छौं । राष्ट्रिय निकुञ्जभन्दा बाहिर तीन किलोमिटरको जिपलाइन तयार हुँदैछ । यसका साथै बच्चाहरूका लागि र वृद्धवृद्धाहरूका लागि समेत पार्कहरू बनाउने काममा नगरपालिकाले बजेट छुट्याइसकेको छ । केही समयमै यो काम पूरा हुन्छ । अनि बालक र वृद्धहरूका लगि आप्mनै गाउँठाउँमा टहल्ने र बिहान–बेलुका एक्सरसाइज गर्ने अवसर पाउने छन् ।
(राजेन्द्रबहादुर भण्डारी गोकर्णेश्वर नगरपालिका–३ का अध्यक्ष हुन् । उनको यो लेख गोकर्णेश्वर नगरपालिकाद्वारा प्रकाशित गोकर्णेश्वरबाट लिइएको हो ।)