लौहपुरुष गणेशमान सिंहको स्मृति विज्ञप्तिबाटै मनाइयो ?

लौहपुरुष गणेशमान सिंहको स्मृति विज्ञप्तिबाटै मनाइयो ? तरुण खबर ३ आश्विन २०७८, आईतवार ११:२५
लौहपुरुष गणेशमान सिंहको स्मृति विज्ञप्तिबाटै मनाइयो ?

काठमाडौं । नेपाली काँग्रेसले लौहपुरुष गणेशमान सिंहलाई विज्ञप्तिमार्पmत सम्मान गरेको छ । गणेशमान सिंहको जन्म १९७२ कार्तिक २४, काठमाडौँ, यट्खा टोलमा भएको हो भने ०५४ असोज २ उहाँको निधन भएको थियो । २०१५ सालको निर्वाचनमा काठमाडौं १ नम्बर क्षेत्रबाट १० हजार ९८६ मत ल्याउँनु भएको थियो । आपूmले हिन्दी सिनेमा हेरेका कारण जेलबाट भाग्न सिकेको कुरा गणेशमान सिंह बाणिज्यमन्त्री भएको बेला ललितपुरको पाटनढोकास्थित अशोक सिनेमा हल उद्घाटन गर्दा २००८ साल असोज ५ गते भन्नु भएको हो । २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले बीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गर्नु भएको थियो । संर्घषका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुर्नबहाली लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी हुनुहुन्थ्यो । र, सबैभन्दा ठूला र्समर्थकका रूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा उहाँ क्रियाशिल रहनु भयो ।

पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहनु भएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि ८ वर्ष निरन्तर काराबास भोग्नु भएको थियो । त्यसपछि पुनः प्रबासमा राजनीतिक सङ्गठन विस्तार गरी २०३३ सालमा बीपीसँगै राष्ट्रिय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती ब्यबस्थाका बिरूध्द सक्रिय रहनु भयो ।

तत्कालीन पञ्चहरूबाट बीपीसँगै मृत्युदण्डको माग गरिएका गणेशमानले २०३६ सालको बिद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन आरम्भ गरेका थिए ।

गणेशमान, सुब्बा ज्ञानमान सिंह र सुभद्रा कुमारीका जेष्ठ सुपुत्र थिए। गणेशमान सिंह नाम राखिएको भए पनि परिवारले पुलपुल्याएर उनलाई ’हीराकाजी’ भन्ने गर्थ्यो । गणेशमान सिंहको स्मृतिमा नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले विज्ञप्ति प्रकाशित गरी नेपाली काँग्रेसका संस्थापक, २००७ सालको जनक्रान्तिका योद्धा, जनक्रान्तिपछि गठित राणा काँग्रेस संयुक्त सरकारका उद्योग तथा वाणिज्य मन्त्री, वी.पी.कोइरालाको प्रथम जननिर्वाचित सरकारका निर्माण तथा यातायात मन्त्री एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर सर्वमान्य नेता तथा लौह पुरुष गणेशमान सिंहको २४औं स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु भनेका छन् । नेपाली काँग्रेसले अंगीकार गरेको आदर्श, सिद्धान्त, मूल्य, मान्यतालाई शीरोपर गरी उहाँले लोकतन्त्रका लागि जीवनभर गर्नुभएको त्याग, तपस्या र कठिन संघर्ष तथा निःस्वार्थभावले लोकतन्त्रको रक्षार्थ गर्नुभएको खबरदारीले नेपाली काँग्रेसका सबै तहका नेता एवम् कार्यकर्ताहरुलाई सधैभरि प्रेरित गरिरहने विश्वास मैले लिएको छु भनेका छन् ।

२०४६ सालको संयुक्त जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहले लोकतन्त्र प्राप्तिका लागि गर्नुभएको त्याग, तपस्या र कठोर संघर्षले सो आन्दोलनका सहयात्री दलका नेता तथा कार्यकर्ताहरुलाई पनि लोकतन्त्रप्रति संवेदनशील रहदै यसको संरक्षण र संबर्धनमा लाग्न उत्प्रेरित गर्ने मेरो विश्वास छ । जनअधिकार प्राप्ति र संरक्षणका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नुभएका श्रद्धेय नेता सिंहको योगदानको स्मरणले २०६२÷६३ मा भएको शान्तिपूर्ण जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै नेपाली समाजलाई सुख र समृद्धिको मार्गमा लैजान सबै राजनीतिक दलका नेताहरुलाई प्रेरणा प्राप्त होस् भन्ने कामना गर्दछु ।