विश्वमा कुल संक्रमितको संख्या २३ करोड २ लाख ७४ हजारभन्दा बढी

विश्वमा कुल संक्रमितको संख्या २३ करोड २ लाख ७४ हजारभन्दा बढी तरुण खबर ६ आश्विन २०७८, बुधबार ०८:३९
विश्वमा कुल संक्रमितको संख्या २३ करोड २ लाख ७४ हजारभन्दा बढी

काठमाडौं । अमेरिककामा पछिल्लो २४ घण्टा (२१, सेप्टेम्बर) मा २३ लाख ६९ हजार २९८ जनाको नमुना परीक्षण गर्दा १ लाख १८ हजार ८४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २०, सेप्टेम्बरमा २६ लाख ८४ हजार ७८३ जनाको नमुना परीक्षण गर्दा ९१ हजार ९९४ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (२१, सेप्टेम्बर) मा कोरोना भाइरसको संक्रमणबाट एक हजार ८९३ जनाको मृत्यु भएको छ । २०, सेप्टेम्बरमा कोरोना भाइरसको संक्रमणबाट ८३८ जनाको मृत्यु भएको थियो ।

२०७८, असोज ६ गते बुधबार बिहान ७.०० बजेसम्ममा ४ करोड ३२ लाख ३९ हजार ६७७ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये बुधबार बिहान ७.०० बजेसम्ममा ३ करोड २८ लाख २९ हजार २८२ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार असोज ६ गते विहान ७.०० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९७ लाख १३ हजार ५५८ जना छन् ।

नेपाली समय अनुसार असोज ६ गते बुधबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले ६२ करोड ४८ लाख ८१ हजार १३२ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब २९ करोड ३४ लाख ३१ हजार ८५१ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब २९ करोड ३४ लाख ३१ हजार ८५१ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट असोज ६ गते बुधबार बिहान ७.०० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख ९६ हजार ८३८ जनाको मृत्यु भैसकेको छ ।

असोज ६ गते बिहान ७.०० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या २३ करोड २ लाख ७४ हजार ७१९ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ लाख २१ हजार ५७१ जना छन् ।