भारतले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई लगाउँन मिल्ने खोप उत्पादन गर्ने

भारतले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई लगाउँन मिल्ने खोप उत्पादन गर्ने तरुण खबर ६ आश्विन २०७८, बुधबार ०८:४०
भारतले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई लगाउँन मिल्ने खोप उत्पादन गर्ने

काठमाडौं । भारतले १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई लगाउँने कोरोना भाइरस विरुद्धको खोप उत्पादन गर्ने भएको छ । बालबच्चाले लगाउँने खोपको तीन चरणको परीक्षण सकिएको औषधि महानियन्त्रक (डीसीजीआई) ले दिएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । इन्ट्रानेजल नाम दिइएको खोपको उत्पादन अक्टोबरदेखि शुरु हुने बताइएको छ । उत्पादन शुरु भएको दुईपछि प्रति महिना १० डोज खोप उत्पादन हुने बताइएको छ ।

त्यस्तै, भारतले अक्टोबर महिनाबाट कोभिड विरुद्धका खोप अन्य देशमा निर्यात गर्न प्रकृया फेरि शुरु गर्ने त्यहाँका स्वास्थ्यमन्त्रीले बताएको भारतीय सञ्चार माध्यमले बताएका छन् । देशभित्रै कोरोना भाइरसको महामारी व्यापक फैलिएपछि भारतले गत एप्रिल महिनामा खोप निर्यात रोकेको थियो । विश्वकै सबभन्दा ठूलो खोप निर्मातामध्ये पर्ने भारतले कोभिड खोप निकासीमा रोक लगाएपछि छिमेकी नेपाल लगायत विश्वभरि नै खासगरि विकासोन्मुख देशहरूलाई असर परेको थियो ।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२१, सेप्टेम्बर) मा १४ लाख १३ हजार ९५१ जनाको नमुना परीक्षण गर्दा २७ हजार २४२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २०, सेप्टेम्बरमा १२ लाख ८१ हजार ५९८ जनाको नमुना परीक्षण गर्दा २४ हजार ९२५ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (२१, सेप्टेम्बर) मा कोरोना भा्यरसको संक्रमणबाट ३८३ जनाको निधन भएको छ ।२०, सेप्टेम्बरमा कोरोना भाइरसको संक्रमणबाट २५१ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार असोज ६ गते बुधबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ३५ लाख २९ हजार ९८६ जना छन् । २०७८, असोज ६ गतेसम्ममा भारतले ५५ करोड ५० लाख ३५ हजार ७१७ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, असोज ५ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड २७ लाख ७५ हजार २८२ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ८ हजार ९०५ जना छन् । पछिल्लो २४ घण्टा (मंगलबार) मा ३३ हजार २२३ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । २०७८, असोज ६ गते बुधबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ४५ हजार ७९९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।