पहिरोले पक्की घर पुर्दा तीन दिदिबहिनीको मृत्यु

पहिरोले पक्की घर पुर्दा तीन दिदिबहिनीको मृत्यु तरुण खबर ६ आश्विन २०७८, बुधबार ०८:५७
पहिरोले पक्की घर पुर्दा तीन दिदिबहिनीको मृत्यु

गुल्मी । पहिरोले गुल्मीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। रेसुंगा नगरपालिका वडा नम्बर ८ तम्घास थुम्का लाइनका तिलक परियारको घर पहिरोले पुरिएको हो।

पहिरोले घर पुरिँदा तिलककी तीन छोरीको मृत्यु भएको छ। माथिबाट आएको पहिरोले एक तले पक्की घर पुरिएपछि बीचको कोठामा सुतेका तीन बहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

तिलक, उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तिलककी २१ वर्षकी छोरी भावना परियार, १४ वर्षकी गंगा परियार र जमुना परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। गंगा-जमुना जुम्ल्याहा हुन्।

स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा तीन जनाकै शव बिहान साढे ४ बजे निकाली गुल्मी अस्पताल तम्घास पठाइएको प्रहरीले जनाएको छ ।