केवल तिमी भित्रैको साथमा आए कुन्साङ र सिम्रन म्युजिक भिडियोमा

केवल तिमी भित्रैको साथमा आए कुन्साङ र सिम्रन म्युजिक भिडियोमा तरुण खबर ७ आश्विन २०७८, बिहीबार ०९:२७
केवल तिमी भित्रैको साथमा आए कुन्साङ र सिम्रन म्युजिक भिडियोमा

काठमाडौं । गायक देब्स राई र गायिका कल्पना प्राङ्ग्देन राई आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो केवल तिमी भित्रैको साथमा आएका छन् । युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतमा शब्द पदम साधना कुलुङको रहेको छ । चन्द्र श्रेष्ठले संगीतवद्द गरेको यस गीतलाई दिक्षित पौडेलले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा भिडियोमा युवा पुस्ता माझ लोकप्रिय मोडल कुन्साङ बोम्जन र टिकटक स्टार सिम्रन पन्त फिचर्ड छन् । मनि के राईको कोरियोग्राफी रहेको यस भिडियोलाई विनोद विनिरजरा राईले छायांकन र सम्पादन गरेका हुन् । चक्र पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो ।

४ वर्ष अघि स्थापित स्मुल सिङ्गिङ ओपन ग्रुपको स्थापना दिवसको अवसर पारेर भर्चुअल रुपमा एक कार्यक्रम आयोजना गरि बरिष्ठ गायक उदय सोताङ र गायिका मनीला सोताङमार्फत भिडियो सार्वजनिक गरिएको हो । भिडियो ‘एसएसओजी अपिÞmसिएल’ युट्युव च्यानलबाट भिडियो सार्वजनिक भएको हो ।