काँग्रेसको अधिवेशन कार्यतालिका फेरी परिवर्तन हुनसक्ने

काँग्रेसको अधिवेशन कार्यतालिका फेरी परिवर्तन हुनसक्ने तरुण खबर ७ आश्विन २०७८, बिहीबार ०९:३८
काँग्रेसको अधिवेशन कार्यतालिका फेरी परिवर्तन हुनसक्ने

काठमाडौं । काँग्रेसको १४औं महाधिवेशनको तालिका फेरि परिवर्तन हुने भएको छ । नेपाली काँग्रेसको पदाधिकारी बैठक १३ जिल्लामा बाँकी रहेको वडा अधिवेशन सकिएपछि मात्र जिल्ला, क्षेत्र र पालिकाको अधिवेशन गर्नु पर्ने एकथरी नेताहरुले प्रश्ताव राखेका छन् । पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक अनिर्णीत बनेको छ । बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक अनिर्णीत बनेको हो ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले वडा अधिवेशन सकिएका ६४ जिल्लामा निर्धारित कार्यतालिकाअनुसार महाधिवेशनको प्रक्रिया अगाडि बढाउने निर्णय भएको जानकारी दिए । बाँकी १३ जिल्लाको विषयमा भने क्रियाशील सदस्यताको टुंगो लागेपछि मात्र के गर्ने (?) भन्ने टुंगो लगाउने सहमति भएको बताएको छ ।

अधिकांश जिल्लाको वडा तहको अधिवेशन सम्पन्न भएर वडा तहको अधिवेशन सम्पन्न भएको छ । त्यहाँ कार्यतालिकाअनुसार ९ असोजमै पालिका तहको अधिवेशन हुन सक्ने नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।